वान डे विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर

अस्ट्रेलिया, ५ माघ । लगातार तेस्रो खेलमा पनि पराजय भोगेपछि वान डे विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।
एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा नेपाल आफ्नो तेस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको छ । यो हारपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
टस हारेर पहिलो व्याटिङ निम्तो पाएको नेपालले एकसय ५० रन मात्रै बनायो । नेपालका तीन बाहेक सबै व्याट्सम्यान दोहोरो अंक बनाउनबाट चुक्दा नेपालले हङकङलाई झिनो लक्ष्य दिएको हो । नेपालले हङकङलाई दिएको १५१ रनको लक्ष्य हङकङले बिना कुनै विकेटको क्षतिमा ३३.२ ओभरमा पूरा गरेको छ । हङकङका ओपनरद्वय इरफान अहमद र वाक्स वारकटले महत्वपूर्ण साझेदारी गरेका थिए ।
हङकङका लागि इरफान अहमद र वाकस बर्कतले अविजित ८६ र ५६ रन बनाए । खराब प्रदर्शन गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउनुअघि अर्धशतक नजिक पुगेका बसन्त रेग्मी ४९ ओभर ३ बल खेल्दे क्रममा क्याच आउट भए । आपतका सहयोगी रुपमा परिचीत बसन्तले नेपाली पालीलाई संहालेपनि अरु खेलाडीको साथ नपाएपछि टोलीकोस्कोर एक सय पचास रनमा सिमित बन्न् पुगेको थियो ।

नेपालको पारी सम्हाल्ने प्रयासमा लागेका कप्तान पारस खड्का २७ औं ओभरमा २९ रन बनाएर क्याच आउट भए । ४८ बल खेलेका बलर सोमपाल कामीले पनि २६ रन जोड्न सके ।
क्रिजमा आएका ज्ञानेन्द्र मल्ल पनि शून्य रनमै आउट भएपछि नेपालल लगातार ओरालो लागेको थियो ।
शक्ति गौचन र विनोद भण्डारीले समान ८/८ रन बनाउँदा सरद भेसवाकर ४ रनमा आउट भए। अभिनास कर्ण र अनिल मण्डलले ३/३ रन बटुले। ज्ञानेन्द्रले खातै नखोल्दा पृथु १ रनमा आउट भएका थिए।

नेपालले वान डे छनोटका सबै खेलमा हार हार बेहोरेको छ । पहिलो खेल यूएई र दोस्रो खेल स्कटल्याण्डसँग हारेको नेपालको विश्वकप छनौट हुने वा वान डे मान्यता पाउने सम्भावना लगभग समाप्त भएको छ । समूह चरणबाट नेपाल सुपर सिक्सेस चरणमा नपुगे पनि अब प्लेफका खेल खेल्न पाउने छ। समूहमा अन्तिम चौंथो र पाँचौं स्थानमा रहने चार टिमबीच अर्को चरणको खेल हुनेछ।

५ माघ २०७०, आईतवार २०:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..