यामसाजन, सविता र अमृताको कीर्तिमान

काठमाडौं – नेपाल प्रहरी क्लबका यामसाजन सुनारले पुरुषको १ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ३९औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा उनले १ सय मिटर दौडको हिट चरणमा १० दशमलव ५६ सेकेन्डको टाइमिङमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय रेकर्ड कायम गरे । उनले रामकृष्ण चौधरीको रेकर्ड तोडेका हुन् । रामकृष्ण चौधरीले काठमाडौंमा १९९८ मा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा १० दशमलव ७१ सेकेन्डको टाइमिङ निकाल्दै रेकर्ड राखेका थिए ।
फाइनलमा भने यामले हिटको भन्दा कम १० दशमलव ५ सेकेन्ड समयमा दौड पूरा गर्दै पहिलो भए । मध्यमाञ्चलका आशिष चौधरी दोस्रो र नेपाली सेनाका मीनबहादुर चौधरी तेस्रो भए ।
यसैगरी, महिला ४ सय मिटर दौड (हर्डल्स) र महिलाको डिस्कस थ्रोमा पनि नयाँ किर्तिमान बनेको छ ।
महिलाको ४ सय मिटर बाधा दौड (हर्डल्स) मा एपीएफकी सविता चौधरीले कीर्तिमान रचिन् । सविताले १ मिनेट ०७.७ सेकेन्डको समय निकाल्दै आफंैले सुदूरपश्चिमाञ्चलको धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा बनाएको १ मिनेट ०८.८ सेकेन्डको समयमा सुधार गरिन् । प्रहरीकी मनमति विष्ट (१ मि ०८.२ से) दोस्रो र सेनाकी दुर्गा देवकोटा (१ मि ०९.२ से) तेस्रो बने ।
महिलाकै डिस्कस थ्रोमा सेनाकी अमृता महतोले ३४.३७ मिटर टाढा फाल्दै कीर्तिमान बनाइन् । यसअघि, ३२.२९ मिटरको कीर्तिमान प्रहरीकी हिरण चौधरीको नाममा थियो । हिरणले सो कीर्तिमान २०१२ को सेप्टेम्बरमा काठमाडौंमै भएको छनोट प्रतियोगितामा बनाएकी थिइन् । हिरण भने ३२.१७ मिटर फाल्दै दोस्रो स्थानमा सीमित भइन् भने २७.३१ मिटरसाथ अन्जु डगौरा तेस्रो बनिन् ।
पुरुषको डिस्कसमा सेनाका राजेन्द्र बस्नेत (३४.९४ मिटर) पहिलो, सेनाकै धीरेन्द्रजंग शाह (२८.९६ मिटर) दोस्रो तथा मध्यपश्चिमाञ्चलका खेमराज शाही (२७.८२ मिटर) तेस्रो भए ।
पुरुषको ४ सय मिटर बाधा दौडमा सेनाका पदम कार्की (५८.१ सेकेन्ड) ले स्वर्ण, सेनाकै योगेन्द्र लामा (५९.४ सेकेन्ड) ले रजत तथा प्रहरीका रामपृत चौधरी (५९.६ सेकेन्ड) ले कांस्य हात पारे ।
महिलाको १ सय मिटर दौडमा एपीएफ क्लबकी दिलमाया कार्की पहिलो भइन् । निर्धारित दूरी सकाउन दिलमायाले १२.८ सेकेन्ड खर्चिन । सेनाकी कृष्णा चौधरी (१२.९ सेकेन्ड) दोस्रो र पश्चिमाञ्चलकी विमला चौधरी (१३.५ सेकेन्ड) तेस्रो भए ।
दशरथ रंगशालामा भएको पुरुषको १ हजार ५ सय मिटर दौडमा सेनाका हरिकुमार रिमाल ४ मिनेट ०८.०० सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहे । एपीएफका गोपी चन्द पार्की (४ मिनेट ०९.२ सेकेन्ड) दोस्रो र एपीएफकै लक्ष्मण मल्ल (४ मिनेट ११.६ सेकेन्ड) तेस्रो स्थानमा रहे ।
त्यसै स्पर्धाको महिलामा ५ मिनेट ०१.४ सेकेन्डमा दूरी तय गर्दै सेनाकी लक्ष्मी पाण्डे पहिलो भइन् । एपीएफकी बिन्द्रा श्रेष्ठ (५ मिनेट ०६.९ सेकेन्ड) दोस्रो र एपीएफकै गीता खत्री (५ मि १४.५ से) तेस्रो भए ।
महिलाको हाइजम्पमा प्रहरीकी केशरी चौधरीले शीर्ष स्थान कब्जा गरिन् । केशरीले १.५० मिटर उचाइ नाघिन् । एपीएफकी शिला चौधरी र सेनाकी प्रभा चौधरी क्रमशः दोस्रो र तेस्रो भए ।
सो स्पर्धाको पुरुषमा सेनाका सूर्य खत्रीले १.९० मिटर नाघ्दै पहिलो स्थान हात पारे । एपीएफका बालकृष्ण चौधरी (१.७५ मिटर) दोस्रो र सुदूरपश्चिमाञ्चलका नरेश चौधरी (१.६५ मिटर) तेस्रो भए ।
महिलाको म्याराथनमा मध्यपश्चिमाञ्चलकी पुष्पा भण्डारी पहिलो भइन् । निर्धारित दूरी तय गर्न पुष्पाले ३ घन्टा ३१ मिनेट २६ सेकेन्ड समय लगाइन् । मध्यमाञ्चलकी नारायणदेवी सिंह (३ घन्टा ३२ मिनेट ५४ सेकेन्ड) दोस्रो तथा एपीएफकी सोनुजया राई (३ घन्टा ३८ मिनेट ५३ सेकेन्ड) तेस्रो स्थानमा रहे ।
पुरुषको सोही स्पर्धामा सेनाका उत्तम खत्रीले बाजी मारे । उत्तमले २ घन्टा २८ मिनेट ५७ सेकेन्डमा दौड सिध्याए । सेनाकै कृष्ण बस्नेत २ घन्टा २९ मिनेट १९ सेकेन्डका साथ दोस्रो भए भने एपीएफका खेमबहादुर खत्रीले २ घन्टा ३७ मिनेट २८ सेकेन्डका साथ तेस्रो स्थानमा चित्त बुझाए ।

५ माघ २०७०, आईतवार ०९:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..