बाबु–छोरा चौथो पटक उपाधिका लागि भिड्दै

काठमाडौं, ३ माघ । बाबु हीराबहादुर थापा र छोरा अमृत थापा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत आठौं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको सेमिफाइनलमा हीराले टककुमार तिलिजालाई ७–११, ११–७, ११–४ र ११–८ ले पराजित गर्दै छोरा अमृतसँग फाइनल भेट पक्का गरेका हुन् । अर्को सेमिफाइनलमा अमृतले सुदीपबहादुर सिंहलाई ११–९, ८–११, १०–१२, ११–९ र ११–८ को सेटमा हराएका थिए ।
बाबु–छोरा चौथो पटक उपाधिका लागि भिड्न लागेका हुन् । अघिल्ला तीनओटै फाइनलमा अमृतले बाजी मारेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को तŒवावधानमा नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा हीराकी छोरी कृष्णा फाइनलमा पुगेकी छन् । पहिलो सेमिफाइनलमा कृष्णाले स्वस्थानी श्रेष्ठलाई सीधा सेटमा ११–५, ११–५ र ११–५ ले हराइन् । उपाधिका लागि कृष्णाले विपना ब्लोन र मन्जिला आले मगरबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछिन् । यू–१७ जुनियर ब्वाइज सिंगल्समा आकाश सुनवार र दीपक थापाले फाइनल यात्रा तय गरे । आकाशले अमिर ब्लोनलाई ११–५, ११–६, ३–११ र १३–११ तथा दीपकले मीनबहादुर घर्ती मगरलाई ९–११, ११–७, ११–८ र ११–४ ले पाखा लगाए ।
सोही स्पर्धाको गल्र्समा स्वस्थानी श्रेष्ठले मन्जिला आले मगरलाई ११–८, ११–६ र ११–८ ले हराउँदै विपना ब्लोनसँग फाइनल भेट पक्का गरिन् ।
पुरुष टिम इभेन्टमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ३–० ले पन्छ्याउँदै फाइनलमा स्थान बनायो । पश्चिमाञ्चलले मध्यमाञ्चल र नेपाली सेनाबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार टिम इभेन्ट र महिला सिंगल्सको फाइनल हुने आयोजकले जनाएको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

३ माघ २०७०, शुक्रबार ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..