अभ्यास खेलमा नामिबियासँग नेपाल पराजित

अष्ट्रेलिया, २७ पुस । न्यूजिल्याण्डमा भइरहेको क्रिकेट विश्वकपको छनोट प्रतियोगिताको पहिलो आधिकारीक अभ्यास खेलमा नामिबियाले नेपाललाई ४ रनले पराजित गरेको छ ।

क्राइस्टचर्चमा टस जितेर पहिले ब्याटिङ् गरेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउदै २३१ रन बनायो । प्रत्युत्तरमा नेपालले ९ विकेटमा २२७ रन मात्रै बनाउन सफल भयो ।

अघिल्लोक्रमका ब्याट्सम्यानहरुले राम्रो खेल्न नसकेपछि दबावमा परेको नेपालका लागि विनोद भण्डारी र बसन्त रेग्मीले उत्कृष्ट प्रदर्शन गर्दै आशा जगाएका थिए ।

भण्डारीले ६० बलमा ६५ रन बनाए भने रेग्मीले २६ बलमा ३९ रन बटुले तर दुबै जना खेलको अन्त्यसम्म टिक्न नसकेपछि जितको नजिक पुगेर पनि नेपाल असफल भएको थियो ।

यी दुई खेलाडी बाहेक सागर पुनले २१, शरद भेषवाकरले २०, अनिल मण्डलले १५, पृथु बास्कोटाले १३ र शक्ति गौचनले अविजित १० रन बनाएका थिए ।

यस अधि, नेपालका युवा बलर सोमपाल कामीले शुरुमै ३ विकेट झार्दै नेपालका लागि राम्रो शुरुवात प्रदान गरे पनि अन्य बलरहरुले त्यसलाई जारी राख्न सकेनन् ।

३० ओभरमा ३ विकेट गुमाएको नामिबियाका लागि स्टेफन बार्डले ७३ रन बनाउदै खेललाई आफ्नो पक्षमा राखेका थिए। बार्डले ६७ बल खेल्दै ९ चौका र २ छक्कासहित सो रन जोडेका थिए ।

निकोलस स्कल्जले ७९ रन बनाउदै नामिबियालाइ राम्रो लक्ष्यमा अगाडि बढाएका थिए । कामीले अन्तिम ओभरमा एक विकेट थप्दै खेलमा ४ विकेट हासिल गरे भने बसन्त रेग्मीले २ विकेट लिए । जितेन्द्र मुखिया, सागर पुन र पृथु बास्कोटाले एक-एक विकेट लिए ।

नेपालले शनिबार केन्यासँग दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

२७ पुष २०७०, शनिबार ०५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..