सुशील कोइरालाले गर्दा हुने दुई महान् कार्य :: देवप्रकाश त्रिपाठी

एउटै व्यक्ति सर्वगुणसम्पन्न हुन्थे भने धर्तीमा ‘यति धेरै’ मानिसको जन्मलाई अभिशाप मान्न सकिन्थ्यो। हरेक मानिसमा निहित विशिष्ट गुण, क्षमता तथा स्वभावले मानव सृष्टिको सुन्दरता बढाएको छ र एक–अर्काबीच समन्वय र परस्पर सहयोगको अनिवार्यतालाई अनिवार्य पनि गरेको छ। त्यसैले एउटै व्यक्तिमा सर्वगुणको अपेक्षा गरिँदैन र व्यक्तिमा भएका एक या दुई गुणलाई समाज र देशले उपयोग गर्ने गर्दछ। यसर्थ नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, जसलाई सम्भावित प्रधानमन्त्रीका रूपमा समेत लिन थालिएको छ, उहाँमा विद्यमान सकारात्मक गुणहरूको उपयोग यो देशले गर्न पाउने अवसर पाउनै लागेका बेला कोइरालाका गुण–दोषहरूको सामान्य चर्चा यहाँ गर्न लागिएको छ।
कुनै समय सुशील कोइरालालाई गिरिजाप्रसाद कोइरालाको छायाका रूपमा बुझ्ने गरिन्थ्यो। कतिपय राजनीतिक सन्दर्भमा सुशील कोइरालाले गिरिजाप्रसादलाई समेत काबुमा लिनुहुन्थ्यो भन्ने सूचना या जानकारी नपाउनेहरूका लागि सुशील कोइराला वास्तवमा गिरिजाप्रसादको छायाजस्तो देखिन्थे र देखिनु स्वाभाविक पनि थियो। ०६३ को राजनीतिक परिवर्तनपश्चात् गिरिजाप्रसाद कोइरालाले बीपीको मार्गदर्शनमा समेत धक्का पुर्यायउने व्यवहार प्रस्तुत गर्न थाल्नुभएपछि मात्र गिरिजाप्रसादसँग सुशील कोइरालाको विमति या असहमति रहेको तथ्य सार्वजनिक हुन पुगेको हो। त्यसबेला एमाओवादीसमक्ष आत्मसमर्पणकारी भूमिका निर्वाह गरिएको र कतिपय पात्र र प्रवृत्ति काङ्गे्रस एवम् प्रजातन्त्रकै प्रतिकूल देखिएकोले सुशील कोइरालाले गिरिजाप्रसादसँग असहमति जनाउनुभएको थियो। गिरिजाप्रसाद प्रधानमन्त्री रहँदा उहाँको प्रिय गृहमन्त्रीकै राजीनामा माग गरेर सुशील कोइरालाले आफ्नो असन्तुष्टि जाहेर गरेको तथ्य अहिले पनि धेरैको स्मरणमा हुनुपर्दछ। त्यसअघि पनि गिरिजाप्रसादको घरैभित्र बसेर उहाँसँग विमति जनाउन खोज्ने र सक्ने एकै व्यक्ति सुशील कोइराला हुनुहुन्थ्यो। तर, मानिसले सुशीललाई गिरिजाप्रसादसँग अलग्याएर कहिल्यै हेरेनन्, किनकि सुशीलले गिरिजालाई असफल या बर्बाद गर्ने या गिरिजाप्रसादलाई ‘ओभरटेक’ गर्ने सोच कहिल्यै राख्नुभएन। फलस्वरूप गिरिजाप्रसादको उत्तराधिकारी बन्ने अवसर उहाँलाई प्राप्त भएको मानिन्छ।
सुशील कोइरालाको सन्दर्भमा सबभन्दा रोचक पक्ष के हो भने गिरिजाप्रसादसँग गहिरो र लामो सम्पर्क–सम्बन्धमा रहे पनि उहाँमा गिरिजाका नकारात्मक गुणहरू सरेनन्। गिरिजाप्रसाद कोइरालाले देश, प्रजातन्त्र र पार्टीलाई कति योगदान दिए वा बर्बाद गरे त्यसको मूल्याङ्कन इतिहासले गर्दै गर्ला। आफ्नो भूमिका, चरित्र र व्यवहारले गिरिजाप्रसादलाई एउटा बेग्लै स्थान दिएकै छ। उहाँको भूमिकालाई काङ्गे्रसजन र समस्त प्रजातन्त्रपे्रमी समुदायले बिर्सन नसक्दासम्म प्रश्न उठाइरहने सम्भावना देखिन्छ। गिरिजाप्रसाद एक नामुद ‘पावर हङ्गर’ हुनुहुन्थ्यो र आफ्ना मन्त्रीहरूलाई नगद सङ्ग्रहका लागि उहाँ सधैँ प्रोत्साहन गरिरहनुहुन्थ्यो भन्ने तथ्य पनि अब पर्दाभित्र रहेन। ०४७ देखि ०६७ सम्मको बीस वर्षमा गिरिजाप्रसादले प्रकट गर्नुभएका ‘छटपटी’को समग्र समीक्षा गर्दा उहाँ ‘पावर’ र द्रव्यका निम्ति सधैँ तड्पिरहनुहुन्थ्यो भन्ने प्रमाण भेटिन्छ। तर, सुशील कोइरालामा द्रव्यमोह त कहिल्यै देख्दै देखिएन, ‘पावरक्रेजी’ नेता भन्न मिल्ने स्थिति पनि रहेन। चाहेका भए ०४८ देखि यता रोजेको मन्त्रालयको ‘मालिक’ भएर सुशील कोइरालाको अधिकांश समय बित्न सक्थ्यो। सुशील मन्त्री बन्न इच्छुक रहनुभएन, जीवनको उत्तरार्धमा उहाँले प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्ने आकाङ्क्षा बडो शालीन र सूक्ष्म ढङ्गले प्रस्तुत गर्नुभएको छ। तर, सत्ताको सर्वेसर्वा बन्न गिरिजाप्रसाद र अरू कतिपयले झैं जुनसुकै हथकण्डा पनि अपनाउने सोच कोइरालाले बनाउनुभएको छैन। पावरमा पुग्न र टिकिरहन जुनसुकै साधन अवलम्बन गर्न पनि पछि नपर्ने प्रवृत्ति काङ्गे्रसमा अहिले पनि जीवित भएकोले सुशील कोइराला प्रधानमन्त्री बन्न शतप्रतिशत सफल हुनुहोला या नहोला अझै केही समय प्रतीक्षा गर्नुपर्ने छ। कोइराला प्रधानमन्त्री बन्नुभएमा मुलुकको शासन–प्रशासन केही स्वच्छ हुने अनुमान र आशाचाहिँ गर्न सकिन्छ। किनभने सुशील कोइराला सत्तामा पुग्न र टिकिरहन जस्तोसुकै साधन पनि अवलम्बन गर्ने चरित्रका नेता हुनुहुन्न। निजी जीवन सुखद तुल्याउने आकाङ्क्षाबाट उहाँ पूर्णतः मुक्त हुनुहुन्छ। अविवाहित भएका कारण परिवार र सन्तानको भविष्यलाई लिएर चिन्ता गर्नुपर्ने अवस्थामा पनि कोइराला हुनुहुन्न। सुशील कोइराला पार्टीलाई परिवार मान्नुहुन्छ भन्ने विश्वास कार्यकर्तापङ्क्तिमा छ, उहाँ सिद्धान्तनिष्ट, वैचारिक रूपले प्रतिबद्ध, इमानदार र आदर्शवादी नेता भएको विश्वास काङ्गे्रस पार्टीभित्रको ठूलो कित्तालाई छ। साधारण जीवनशैली र भ्रष्टाचारमुक्त सोच–व्यवहारले उहाँलाई स्वच्छ छविका इमानदार नेताको दर्जा दिएको छ, जनतामा सुशील कोइराला यही रूपमा सुपरिचित हुनुहुन्छ। तर, यसप्रकार कैयन दुर्लभ गुणहरू हुँदाहुँदै पनि कोइरालाका केही कमजोर पक्षहरू स्पष्ट देखिन्छन्। पहिलो कमजोरी उहाँ आफूकहाँ निरन्तर धाइरहने, वरिपरि घुमिरहने या आफ्नोवरिपरि देखापरिरहने व्यक्तिलाई मात्र ‘आफ्नो’ ठान्नुहुन्छ र विश्वासका निम्ति योग्य मान्नुहुन्छ। सुमेरु पर्वत घुम्ने क्षमता नभएका, घुमी–घुमी या बसी–बसी खाने आदत भएका र जनतालाई खुसी तुल्याउन सक्ने योग्यता–क्षमता नभएका मानिस मात्र दिनहुँ आफ्नो प्ररिक्रमा गर्न आउन सक्छन् या आउने गर्छन् भन्ने हेक्का सुशील कोइरालाले राख्न सक्नुभएजस्तो लाग्दैन। त्यसैले धेरैजसो ‘सी गे्रड’का मानिसले महाराजगन्जमा गुँड लगाएका छन्। आफ्नै व्यक्तित्व र क्षमता भएका केवल चारजना नेता तथा अन्य केहीको मात्र उपस्थिति उहाँको बासस्थानमा देख्न पाइन्छ। दोस्रो, उहाँ धेरै कमलाई मात्र विश्वास गर्नुहुन्छ, त्यसैले उहाँको दायरा पनि साँघुरो देखिन्छ, एउटा शीर्ष नेतामा अपरिहार्य ठानिने उदारताको कमी र फराकिलो दायराको अभाव सुशील कोइरालाकहाँ छर्लङ्गै देख्न सकिन्छ। तेस्रो, कोइरालामा गतिशीलता ९म्थ्ल्ब्ःक्ष्क्ः० को अभाव छ, त्यसैले साहसिक ९द्यइीम्० निर्णय लिन उहाँ हिचकिचाउनुहुन्छ। चौथो, सुशील कोइराला सिद्धान्तनिष्ट भए पनि उहाँमा कार्यमुखी ९ब्अतष्यल इचष्भलतभम० क्षमता दुर्बल देखिन्छ। नेता जतिसुकै आदर्शवादी, इमानदार र क्षमतावान भए पनि उसमा कार्यपरिणामुखी क्षमता भएन भने त्यस्ता नेता जनताका निम्ति ‘कागका अघिल्तिर पाकेको बेल′जस्ता प्रतीत हुनेछन् भन्ने तथ्यबारे उहाँ आफैँ स्पष्ट र सचेत रहन आवश्यक छ। यस्ता कतिपय कमजोरीका बाबजुद सुशील कोइराला एक त्यागी, देशभक्त, जनता, प्रजातन्त्र र पार्टीप्रति समर्पित इमानदार नेताका रूपमा स्थापित हुनुहुन्छ। त्यसैले उहाँबाट केही दूरगामी महत्त्वका ऐतिहासिक निर्णयहरू लिइने अपेक्षा राखिएको छ।
काङ्गे्रस त्याग, बलिदान र बलिदानले भरिपूर्ण पार्टी भएको तथ्य उहाँ उल्लेख गरिरहनुपर्ने छैन। आज पनि यस पार्टीमा दशकौँ जेल या प्रवासको जीवन बिताउन बाध्य पारिएका, प्रजातन्त्रका खातिर आफू र आफ्ना परिवारको जीवन भविष्य बर्बाद पारेका हजारौँ सङ्घर्षशील नेता–कार्यकर्ताको कमी छैन। तर, दुःखद् तथ्य– त्यागी र सङ्घर्षशीलहरू सधैँ बाँचिरहँदैनन्, भविष्यमा काङ्गे्रस पार्टी ‘ज्वाइन’ गर्नेहरू कसैले निरङ्कुशताका विरुद्ध लड्ने मौका पाउन सक्छन् भन्ने होइन र त्याग एवम् सङ्घर्षले मात्र देश बन्ने पनि होइन। टाढा हेर्नुपर्दैन, अबको चार दशकभित्रै कहिल्यै जेल नदेखेका, यातना नभोगेका, आप्रवासमा जान बाध्य नपारिएका र भूमिगत जीवन बिताउनु नपरेका तर राजनीतिक कर्ममा रुचि भएका मानिसहरूको मात्र पार्टीमा बोलवाला भइसक्नेछ। त्यस्तो अवस्थामा पनि प्रजातन्त्र र काङ्गे्रस पार्टी बाँचिरहने र देशको निर्णायक भूमिकामा क्रियाशील रहने अवस्थाको लागि सुशील कोइरालाले आजै ऐतिहासिक थिति बसाउन आवश्यक छ। त्यसका निम्ति उहाँले गर्नैपर्ने पहिलो कार्य कुनै एक व्यक्तिलाई एउटै पदीय जिम्मेवारीमा एकपटक वा बढीमा दुईपटक मात्र मौका दिने वैधानिक व्यवस्था हो। अमेरिकाजस्तो शक्तिशाली मुलुकको प्रमुख बन्ने र बनिरहने आकाङ्क्षा हरेक अमेरिकी नागरिकमा छ भने त्यसलाई अस्वाभाविक या अनुपयुक्त मान्नुपर्दैन। एकपटक राष्ट्रपति बन्न सफल व्यक्तिले नमरेसम्म राष्ट्रपति पदमा रहिरहन केसम्म गर्न सक्छन् भन्ने अनुमान करिब सवा दुई सय वर्षअघि नै नगरिएको भए आज अमेरिका एउटा प्रजातान्त्रिक मुलुकको सजीव दृष्टान्त बन्न सम्भव थियो–थिएन, त्यो अध्ययन– अनुसन्धानको विषय हुनसक्छ। अमेरिकी संविधानले राष्ट्रपतिमा एक व्यक्ति बढीमा दुई कार्यकाल मात्र रहनसक्ने व्यवस्था गरेकोले त्यहाँ क्षमतावान, इमानदार, योग्य र राष्ट्रप्रति समर्पित व्यक्तिहरूले राष्ट्रसेवाको मौका छोटो प्रतीक्षामै प्राप्त गर्ने स्थिति बन्यो र नयाँ पुस्तामाथि छेकबार पनि लागेन। जसका कारण अमेरिकाले सधँै नयाँ–नयाँ गतिशील र क्षमतावान व्यक्तिलाई देशको नेता बनाउने अवसर पाइरहेको छ। एकपटक कुनै व्यक्ति कुनै पदमा पुगेपछि मृत्युले अंगालो नहालेसम्म पदमुक्त नहुने र नयाँ अनुहारले मौका पाउन अघिल्लो व्यक्तिको मृत्यु हुनैपर्ने परम्परा प्रजातन्त्रसम्मत होइन। त्यस्तो परम्परा या त राजतन्त्रले धानिरहेको हुन्छ या सर्वहाराका नाममा स्थापित कम्युनिस्ट पार्टीहरूको सत्ताले। नयाँ पुस्ताको बाटो छेक्ने अवस्था–व्यवस्था र सोच प्रजातन्त्रअनुरूप–अनुकूल हुनसक्दैन। तर, विडम्बना नै भन्नुपर्ला, नेपालको सबभन्दा पुरानो एक मात्र पार्टी नेपाली काङ्गे्रसले नै त्यस्तो परम्परा र प्रवृत्तिलाई प्रोत्साहन गरिरहेको छ। सुशील कोइरालाजस्ता त्यागी र समर्पित नेताले पनि त्यसप्रकारको गैरप्रजातान्त्रिक परम्पराको मूलोच्छेदन गर्न सक्नुभएन भने अर्को कोबाट त्यति महान् कार्य सम्पादन हुनसक्ला, लामो प्रतीक्षा गर्नुपर्ने हुनसक्छ। विभिन्न कारणवश सकारात्मक परिणामका लागि निरपेक्ष भूमिका निर्वाह गर्नसक्ने अवस्था र हैसियतमा सुशील कोइराल मात्र देखिनुभएकोले संसदीय दलको नेता, प्रमुख विपक्षी नेता, प्रधानमन्त्री, पार्टी सभापति, सभामुख र राष्ट्रपतिजस्ता सर्वोच्च पदीय जिम्मेवारीमा एउटै व्यक्ति दोहोरिरहने परम्परा अन्त्य गर्ने वैधानिक व्यवस्था गर्न उहाँको अग्रसरता प्रभावी हुने देखिन्छ। यस्तो योगदान दिन सक्नुभयो भने सुशील कोइरालाबाट देशलाई ठूलो योगदान पुर्यारएको ठहरिनेछ र उहाँको नाम इतिहासले कहिल्यै बिर्सन नसक्ने विश्वास गर्न सकिन्छ। एउटाको मृत्युपछि मात्र अर्कोले मौका पाउने ‘राजतन्त्रात्मक’ परम्परा कायम रहिरह्यो भने नेपाली जनताले साँचो अर्थको प्रजातन्त्र उपभोगको अवसरबाट अनिश्चित कालसम्म वञ्चित रहनुपर्ने हुन्छ। कुनै पनि उच्च जिम्मेवारीमा दुई कार्यकाल भनियो भने नेपालको सन्दर्भमा त्यो व्यावहारिक नहुनसक्छ। छ/आठ महिनामै प्रधानमन्त्री बदलिरहने देशमा ‘दुई कार्यकाल′ भनियो भने एउटै व्यक्तिले स्रोह्रौँपटकसम्म मौका खोजिरहने या पाइरहने सम्भावना रहने हुँदा कार्यकालको सट्टा ‘अवसर या मौका’ शब्द प्रयोग गर्नु वाञ्छनीय हुनेछ। सुशील कोइरालाले गर्नुपर्ने र चाहेमा गर्नसक्ने अर्को महान् कार्य भनेको एक व्यक्ति एक पदको सिद्धान्तलाई वैधानिक र राजनीतिक तवरमा कार्यान्वयन गर्ने हो। काङ्गे्रसको विधानमा र भावी संविधानमा समेत यस्तो सिद्धान्तलाई स्थान दिइयो भने त्यसले पार्टी, प्रजातन्त्र, देश र विशेषगरी नयाँ पुस्तालाई ठूलो योगदान दिएको मान्न सकिन्छ।
सुशील कोइराला आफैँमा सुशील, इमानदार, स्वच्छ छविको हुनु एउटा सुखद् पाटो भए पनि आफ्नो चरित्र र छविअनुरूप देशको छवि निर्माण गर्नु एउटा चुनौतीपूर्ण कार्य हुनसक्छ। कोइरालाले संविधान निर्माण र राष्ट्रिय समृद्धिको अवरुद्ध द्वार खोल्नेजस्ता महान् कार्यलाई गति दिने प्रतिबद्धता साँच्चै राख्नुभएको विश्वास जनस्तरमा समेत विस्तार गर्न पनि उहाँले उल्लिखित दुई कार्य सम्पन्न गर्ने तत्परता लिनु उपयुक्त हुनेछ। काङ्गे्रसका नेता र ठकुरीलाई सुझाव दिनु भनेको आफैँलाई सिध्याउनु हो भन्ने ‘कहावत’बारे जानकारी हुँदाहुँदै पनि सुशील कोइरालाज्यूलाई सुझाव दिने घृष्टता गरियो। जय नेपाल।

१७ पुष २०७०, बुधबार २३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..