वैचारिक प्रतिस्पर्धाको अवसान:: देवप्रकाश त्रिपाठी

मानिसले आफ्नो जीवनशैली र सोचमा ल्याएको परिवर्तनलाई नै संसार परिवर्तन भएको मान्ने हो भने साँच्चै संसार बदलिएको छ र बदलिने क्रम जारी छ। प्राचीनकालमा कौटिल्य, अरिस्टोटल, कन्फ्युसियस र प्लेटोजस्ता विचारकहरूद्वारा निसृत दर्शनबाट निर्देशित या परिचालित मानव समुदाय जिनज्याक रुसो, कान्ट, फायरबाख, मार्क्स र गान्धीलगायतका विचार–दर्शन र आदर्शबाट अभिप्रेरित हुँदै एक्काइसौं शताब्दीको प्रारम्भिक चौथाइ बिताउने क्रममा छ। दोस्रो विश्वयुद्धपछि विश्व राजनीतिमा देखापरेको स्थिरता, भौतिक एवम् वैज्ञानिक विकास र सोचमा आएको परिवर्तनले मानिसलाई पुराना स्थापित विचार आदर्शबाट विस्थापित गराउँदै लगेको छ। विश्वभरि मानिसको चाहना भौतिक सुखसुविधा केन्द्रित बनेको छ। त्यसैलेे नयाँ विश्व आदर्श होइन अर्थबाट प्रेरित र सञ्चालित बनेको छ भनेर स्पष्ट बुझ्नुपर्दछ। जब धन बोल्न थाल्छ तब अन्य सबै पक्ष गौण र मौन रहन्छ भन्ने उक्तिको चरितार्थ आधुनिक विश्वका ‘सभ्य’ मानवले गरिरहेका छन्। अर्थतन्त्र प्रमुख हो भन्ने तथ्यलाई आत्मसात् गर्दै पश्चिमा मुलुकहरू धेरैअधिदेखि नै त्यसको साधनामा लागेका हुन्। तर, पछिल्लो चार दशकयता ल्याटिन अमेरिकी, अफ्रिकी र एसियाली मुलुकमा समेत अर्थ प्रधान चेतनाको विकास भएको छ। साम्यवादी समाजवादमा विश्वास राख्ने चाइना र भियतनामले समेत पुँजीको विकासलाई प्राथमिकताका साथ मह140व दिने राष्ट्रिय अर्थनीति अवलम्बन गरेपछि समग्र विश्व ‘अर्थतन्त्र’बाट निर्देशित हुने स्थिति सुदृढ बनेको हो। तर, जुन मुलुकमा शान्ति र राजनीतिक स्थिरता छ, जहाँका जनता सुशिक्षित एवम् सभ्य छन् र जुन राज्य आफ्ना नागरिकहरूको हितप्रति संवेदनशील हुँदै स्रोत परिचालन गरी जनताको जीवनस्तर माथि उठाउन प्रतिबद्ध छ त्यहाँ समृद्धि र सुखको उच्चतम नमुना देख्न पाइएको छ। अशिक्षा, गरिबी, दुर्बल चेतनास्तर र राजनीतिक स्थिरताको अभाव भएका मुलुकको व्यथाचाहिँ बेग्लै छ। सञ्चारको विकासका कारण त्यस्ता मुलुकका जनतामा पनि सुख र समृद्धि भनेको के हो भन्ने कुराको जानकारी भइसकेको छ। नेपाल, भुटान, नाइजेरिया या पपुवान्युगिनी जहाँसुकैका जनता हुन् तिनलाई समृद्ध एवम् सुखद जीवनशैलीबारे राम्रो जानकारी छ र आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउने चाहना हरेक विपन्न मुलुकका नागरिकमा पनि देखिन्छ। राजनीतिक अस्थिरता, दूरदर्शी एवम् इमानदार हुन नसकेका राजनीतिकर्मी तथा भ्रष्ट प्रशासनका कारण एक्काइशौं शताब्दीमा पनि मध्ययुगीन जीवन बाँच्न विवश मानिसमा आफ्नै राज्य र देशप्रतिको आस्था विनाश हुँदैछ। त्यस्ता मुलुकहरूमध्ये एउटा नेपाल पनि हो, जहाँका मानिस ‘धनचिन्तन’को उत्कर्षमा पुगेका छन्। पैसाका लागि जेसुकै गर्ने, जस्तोसुकै साधन अपनाएर भए पनि पैसा बनाउन चाहने, पैसाबिनाको जीवन व्यर्थ ठान्ने र हरेक अवसरलाई पैसासँग साट्न खोज्ने नेपाली नागरिक चेतनाले समग्र नेपाली समाजलाई विकृत र भ्रष्ट तुल्याउने खतरा बढाएको छ। संविधानसभा निर्वाचन (२०७०) का क्रममा चुनावी मैदानमा जे–जस्ता दृश्य देखिए त्यसले नेपाली राजनीतिकर्मीहरूको सक्कली तस्बिर मात्र उजागर गरिरहेको छैन, हामी नजताको प्रवृत्ति पनि सतहमा ल्याइदिएको छ। २०५६ सालको संसदीय निर्वाचनमा पाँच लाख रुपैयाँ खर्च गरेर चुनाव जित्ने उम्मेदवारले अहिले कम्तीमा पाँच करोड खर्च गर्नुपर्ने या गरेको स्थिति छ। गाउँगाउँसम्म बाटो पुगेको छ– त्यसकारण किनिएको नभए चोरीकै भए पनि मोटरसाइकलले डाँडाकाँडा ढाकेको छ। मोटरसाइकल खरिद गर्न सक्ने हैसियतका सबैमा मोटरसाइकल पाल्नसक्ने क्षमता देखिन्न र चोरीका ‘बाइक’ चढ्नेहरूमा त झन् त्यस्तो क्षमता हुने कुरै पनि रहेन। जन्मेपछि निश्चित समयमा जवानीको अवसर सबैलाई प्राप्त हुनु स्वाभाविक भए पनि कैयन नेपाली युवाले जवानीको जोस र उमङ्ग मोटरबाइकको कालो धुँवामा उडाएको अस्वाभाविक यथार्थ हामी भोग्दै छौँ। मोटरबाइकलाई इन्धन र बाइकमा साथीसहित चढ्नेलाई स्वादिष्ट भोजन तथा मदिरापानसमेतको व्यवस्था यतिबेला उम्मेदवारले गर्नु परिरहेको छ। महिना दिनसम्म त्यस्ता ‘मसलदार युवा’हरूको लालनपालनमा मात्र उम्मेदवारले लाखौँ–करोडौँ खर्च गर्नुपरेको छ। जसले बढी इन्धन, दैनिक भत्ता र गरिष्ट भोजन दिनसक्छ अधिकांश ‘आजका युवा’ त्यही पार्टीतिर आकर्षित हुन्छन्–भएका छन्। गान्धी, लिङ्कन, लेनिन, मार्क्स या माओलाई त यो ‘युवा शक्तिले’ चिन्ने कुरै भएन, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री, गंगालाल, पृथ्वीनारायण, जंगबहादुर, बीपी, पुष्पलाल आदि कसैलाई पनि आजका युवाले चिन्दा रहेनछन् र चिने पनि सरोकार राख्दा रहेनछन्। आजका युवाको पहिलो चाहना धन, दोस्रो चाहना धन, तेस्रो चाहना धन र चौथो चाहानाचाहिँ त्यही धनको आडमा मस्तीबाहेक अरू केही नभएको तिक्त यथार्थ चुनावी मैदानमा धेरै राम्रोसँग देख्न पाइन्छ। लाखौँ नेपाली युवा मरुभूमिलाई हरियो बनाउन परायाभूमिमा रगत र पसिना बगाउँदै छन्, त्यो एउटा यथार्थ हो। एकथरी युवाचाहिँ भबकथ ्कयलभथ (बिनाश्रमको धन) का पछाडि यसरी कुदिरहेका छन् जसरी एउटा हरिणका पछाडि चितुवा कुदेको दृश्य टेलिभिजन च्यानलहरूमा देख्न पाइन्छ। युवाशक्तिले आफ्नो आदर्श, सिद्धान्त, लक्ष्य र गन्तव्य नै धनलाई मात्र बनाउँदा उत्पन्न हुने सबै प्रकारका विकृति निर्वाचन मैदानमा पनि देखिएको छ। अहिले चुनावलाई दशैँसरी मनाइरहेकाहरूले चुनावपछि कसरी जीवन निर्वाह गर्लान् एउटा बेग्लै चिन्ता र प्रश्न गर्नुपर्ने अवस्था पैदा भएको छ।
जनसाधारणले राजनीतिकर्मीहरूमाथि आस्था र विश्वास राख्न छोडेको अर्को रोचक दृश्य पनि चुनावी मैदानमा देखियो–देखिँदै छ। जो–जसले निर्वाचनमा जिते पनि अर्को चुनावयता तिनको मुख दोहोर्या–एर देख्न नपाइने निष्कर्षमा जनता पुगेका रहेछन्। त्यसैले कुनै समय उधारो आश्वासनमा चल्ने राजनीति अहिले चल्न छोडेछ। विद्यालयलाई छाना, पिउने पानीको पाइप, निर्माणका लागि सिमेन्टजस्ता सामग्री तत्काल उपलब्ध गराइदिन सक्ने व्यक्तिका प्रति जनताको आकर्षण बढ्न थालेछ। काङ्गे्रस, कम्युनिस्ट या अरू कसैको नीति, विचार बुझेर मतदान गर्नेहरूको सङ्ख्या घट्दा ‘हाताहाती व्यापार’ले चुनावी बजार तातेको छ। बीस–पचास मत आफ्ना पछाडि हुनेले त हाकाहाकी मोलमोलाई गर्दारहेछन्। कसले जित्दा के हुन्छ र कस्तो संविधान बन्दा मुलुक कता पुग्छ भन्ने विषयमा जनसाधारण जानकार नहुनु एउटा पक्ष, जानकारी पाउने चासो पनि धेरै कममा मात्र देखिन्छ। जनसाधारणको सोचमा आएको यस्तो परिवर्तनले चुनाव खर्च अतुलनीय ढङ्गले बढाएको छ– विचार दर्शनको राजनीतिमा गम्भीर क्षति पुर्यानएको छ।
कारणबस मतदातामध्येका धेरैले मूल्य, मान्यता र विचार–दर्शनको राजनीति परित्याग गरे या अपनाउँदै अपनाएनन्, त्यसका अनेक कारण होलान् र मतदाताको सोचमा नकारात्मक प्रवृत्तिको बढोत्तरी हुनुमा राजनीतिकर्मी तथा बौद्धिक समुदाय पनि दोषी रहेको निष्कर्ष निस्कने आधारहरू छन्। यसपटकको निर्वाचनमा आफ्नै पार्टीका कार्यकर्ता र समर्थकहरूको परिचालनको निम्तिसमेत उम्मेदवारले विशेष कोषको व्यवस्था गर्नुपर्योन–परिरहेको छ। प्रजातन्त्र स्थापनाको निम्ति भोकै हिँड्न सक्ने या हिँडेका कार्यकर्ताहरू अब कसैलाई जिताउन या हराउनका निम्ति भोकभोकै हिँड्न तयार हुन छोडेछन्। समर्थक एवम् शुभेच्छुकहरूको भोट पाउन पनि रकमको आवश्यक पर्ने र कार्यकर्ता परिचालन पनि रकमबिना हुँदैनहुने जुन स्थिति निर्वाचन मैदानमा देखिएको छ यसले नेपालबाट विचार–दर्शन र आदर्शको राजनीति विस्थापित गर्दै लगेको पुष्टि गर्दछ। पैसा खोज्ने जनप्रवृत्तिले राजनीतिक नेतृत्वलाई थप भ्रष्टाचारी बन्न पे्ररित गर्ने या देशको राजनीति अन्ततः गुण्डा, तस्कर, व्यापारी र नवधनाढ्यको हातमा पुग्ने स्थिति बनाउने निश्चित छ।
आदर्शवादी राजनीतिबाट सिङ्गो विश्व नै मुक्त हुँदै गइरहेको सन्दर्भमा नेपाललाई मात्र त्यसबाट अलग राख्न नसकिएला र अलग राख्न प्रत्यत्न गर्नुपर्ने कारण पनि देखिन्न। राजनीतिलाई वस्तुपरक, यथार्थपरक र कार्यपरिणामुखी तुल्याउने हो भने यसको आदर्शवादी प्रवृत्तिमा बन्ध्याकरणको अपरिहार्यता छ। तर, आदर्शवादी राजनीतिलाई विस्थापित गर्नुको अर्थ अराजकतावाद र आत्मकेन्द्रित एवम् नगदकेन्द्रित राजनीतिलाई प्रोत्साहन दिनु अवश्य होइन। तर, हामीकहाँ आदर्शवादी राजनीति विस्थापित हुँदै गर्दा त्यसको ठाउँ एजेण्डा (मुद्दा) मुखी राजनीतिले लिनुपर्नेमा नगदमुखी प्रवृत्तिले लिँदै छ। जनप्रतिनिधि चयनजस्तो पवित्र कार्यमा समेत नगद व्यवहारको प्रभाव बलियो देखिएको विद्यमान परिपे्रक्ष्यमा संविधान निर्माण गर्न सक्ने क्षमता र सामर्थ्य भएका कति इमानदार व्यक्तिहरू संविधानसभामा पुग्न सक्लान् भन्ने चिन्ता पैदा भएको छ। योग्यता, क्षमता र इमानदारी नभई धनबलको आडमा चुनाव जित्ने र जिताउने दुवै प्रवृत्ति देशघातक छ, तर राजनीतिमा घातीहरूकै बाहुल्य भएपछि कसको के लाग्दो रहेछ र?

२८ कार्तिक २०७०, बिहीबार ०२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..