मैले नेपाली कांग्रेस नै किन रोंजे ? :: रामेश्वर शाह

म रामेश्वर शाह । जन्म—वि.सं. २०२२ साल । सिराहा जिल्ला लहान नगरपालिका वडा नं ७ को स्थायी वासिन्दा हुँ । बित्त व्यवस्थापनमा तथा लेखा विशेषज्ञको रुपमा २५ बर्ष लामों कार्य अनुभव । नेपाल, भारत, यमन, मलेशिया, सिङगापुर लगायत युएई मा रहेको बहुराष्ट्रिय कम्पनीमा खाडी तथा संबद्धक्षेत्रको क्षेत्रिय निर्देशकको कार्यभार । केटिएम ग्रुप नेपालको संस्थापक तथा प्रमुख कार्यकारी ।

एनआरएन इन्भेष्टमेन्ट कम्पनीको प्रवर्धक तथा निर्देशक । युरोप तथा खाडीका मुलुकहरुमा व्यबसाय संचालन । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको पुर्व कोषाध्यक्ष (सन् २००९—२०११), निवर्तमान उपाध्यक्ष (सन् २०११-२०१३) रहनुका साथै हाल संघको संरक्षक रहेको छु । एक दशक लामो एनआरएन अभियानमा मात्र होइन गैरआवासीय नेपाली संघको स्थापना अगावैपनि मैले प्रवासमा रहेर देश र देशवासीको हितमा दत्तचित्त भएर झण्डै १५ वर्षदेखि लगातार काम गरिरहेको छु । गैरआवासीय नेपाली समेतले देखेको सम्मृद्ध नेपालको सपना साकार गर्न आउने दिनमा पनि मेरो सबै कर्म देशकै हितमा केन्द्रित रहने विश्वास व्यक्त गर्न चाहन्छु ।

आदरणीय पत्रकारमित्रहरु,
आज म तपाईहरुसमक्ष अलिक भिन्न विषय र प्रसंगमा साक्षात्कार हुन गैरहेको छु । निकै लामो चिन्तन र मननपछि म आजबाट औपचारिक रुपमै नेपाली प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा मानिएको नेपाली कांग्रेस पार्टीमा आवद्ध भएको घोषणा गर्न गैरहेको छु । हुनत म मेरो जीवनको विद्यार्थी कालमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघसँगै आवद्ध थिए । तर मेरो व्यवसायिक जीवनका क्रममा म लामो समय यो पार्टीसँग विछोडिन पुगे । तर आज देश संक्रमणको एउटा संगीन घडीमा गुज्रेका समयमा हामी जस्ता भिन्न क्षेत्रमा रहेर देश र समाजप्रति चिन्ता गर्नेहरुले पनि एउटा ठोस निर्णय लिनु जरुरी ठाने ।

जब यही देशले मलाई एउटा सक्षम नागरिक बनायो भने मैले पनि सही समयमा देशलाई सक्ने सहयोग गर्नु जरुरी सम्झेको छु । र नेपाली प्रजातान्त्रिक आन्दोलनको धरोहर, नेपाली नागरिकको स्वतन्त्रताका लागि लड्ने नेपाली कांग्रेस नै एक मात्र उपयुक्त पार्टीको रुपमा लिएको छु । स्थापनाकालदेखि नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि निरन्तर संघर्षरत नेपाली कांग्रेस आजको नेपालमा देखिएका सबै समस्याहरुको दिगो निकास दिनसक्ने एकमात्र प्रजातान्त्रिक शक्तिका रुपमा रहेको छ । देश र विदेशमा रहेका सबै नेपालीले सबै वाद र विचारसँग निकट रहनेहरुले देशको सत्ता सञ्चालन गरेको देखे । तर कांग्रेस एउटा त्यस्तो पार्टी रहेको सिद्ध भएको छ कि, यसले बाहेक अब यो देशलाई अरु दलले निकास दिन नसक्ने प्रष्ट भैसकेको छ ।

राणाशाहीका अन्त्यका लागि स्वतन्त्रताको बिगुल फुक्ने नेपाली कांग्रेसले पहिलो पटक नेपाली जनतामा चेतनाको दियो सल्काएको थियो । चाहे २००७ सालको क्रान्तीको कुरा गरौं, २०३६ सालको जनमत संग्रह या २०४६ सालको जनआन्दोलनको नेतृत्वको कुरा वा २०६२/२०६३ सालको गणतान्त्रिक आन्दोलनको शंखघोष, यो सबै नेपाली कांग्रेसको कुशल नेतृत्वमै सम्पन्न भएको कुरा सारा दुनीयाँलाई थाहा छ ।

देशलाई प्रजातान्त्रिक बाटोमा हिँडाउन पटक पटक आन्दोलनको सफल नेतृत्व गरेको कांग्रेसले नै अब यो देशको भाग्य र भविष्य निर्धारण गर्न सक्छ र देशलाई आर्थिक विकासमा लम्काउँदै एउटा सम्मृद्ध राष्ट्र बनाउन सक्छ । हामी जस्ता विदेशमा रहेर देशका लागि सोच्ने गैरआवासीय नेपालीहरुले पनि अब एउटा ठोस निर्णय गर्ने समय आइसकेको छ । आज मुलुक संविधानसभाको निर्वाचनमा होमिएको छ । यो निर्वाचन सामान्य संसदीय आवधिक निर्वाचन होइन । यो निर्वाचनले देशको सुदूर भविष्यसम्मको रेखा कोर्ने छ । देशको संविधान बनाउने जस्तो महत्वपूर्ण यज्ञमा सामेल हुनु हरेक नेपालीको दायित्व, कर्तव्य र जिम्मेवारी पनि हो ।

यस अवसरमा म नेपाली कांग्रेसका संस्थापक तथा देशलाई दिशाबोध गर्ने समादरणीय व्यक्तित्वहरु प्रातःस्मरणीय वीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, रामनारायण मिश्र, महेन्द्रनारायण निधिलाई स्मरण गर्दै उहाँहरुले अवलम्बन गरेको बाटोबाटै देशको समस्याहरुको निकास र विकास सम्भव छ भन्ने निष्कर्षमा पुगेको छु । वीपीले प्रतिपादन गरेको र कांग्रेसले लिएको प्रजातान्त्रिक समाजवादको बाटोबाटै समग्र देश र जनताको विकास सम्भव छ ।

दशक लामो सशस्त्र हिंसाबाट जर्जर भएको मुलुकलाई आर्थिक सम्मृद्धिको बाटोमा लम्काउन पनि नेपाली कांग्रेसले लिएको नीतिहरुलाई कार्यान्वयनमा लैजान विदेशमा रहेका हामी जस्ता एनआरएनहरुले पनि सघाउनु म जरुरी देख्दछु । गैरआवासीय नेपालीहरुले विदेशी भूमिमा रहेर मनभरी नेपाली माया साँचेर देखेको र पालेको सपना भनेको पनि सम्मृद्ध नेपाल निर्माण नै हो । विदेशमा रहेर पसिनाको एक एक बुँद संगालेर देशमा पठाएको त्यही रेमिट्यान्सले आज मुलुकको अर्थतन्त्र धानिएको छ । देशलाई दिगो विकासको बाटोमा डोहोर्याउने एउटा सवल र सक्षम पार्टीका रुपमा समेत नेपाली कांग्रेसलाई लिनुपर्ने प्रष्ट देखिएको छ ।

विदेशमा रहेका नेपालीलाई मुलुकको विकासमा जोड्न सक्ने नीति र नेतृत्व पनि कांग्रेसमै भएकोमा म विश्वस्त भएको छु । यो सबै गर्नका लागि तथा गरिवी र बेरोजगारीले निम्त्याएको बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न, आर्थिक समुन्नतिको धरोहर प्रत्यक्ष वैदेशिक लगानीलाई भित्र्याउन, आर्थिक कूटनीति र लगानी मैत्री वातावरणको निर्माण गर्नु जरुरी छ । वैदेशिक रोजगारबाट आर्जित सीप, ज्ञान र पूँजिको सही परिचालन गर्न एवं सामूहिक लगानीको अवधारणामार्फत् मात्र समृद्ध राष्ट्रको सपना पूरा हुने भएकाले पनि म आज यस घडीमा नेपाली कांग्रेस पार्टीमा सगौरव प्रवेश गर्ने निर्णयमा पुगेको छु । यस क्षेत्रमा मैले प्राप्त गरेको अनुभव र सीपलाई आगामी दिनमा पार्टीले आवश्यक ठाउँमा सही सदुपयोग गर्नेछ भन्ने विश्वास पनि मैले लिएको छु ।

२३ कार्तिक २०७०, शनिबार ०२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..