तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको पृष्ठभूमि :: होमनाथ सुबेदी (सस्थापक अध्यक्ष, अनेसास केन्द्र)

सन् १९८० देखि सन १९९० सम्म अमेरिकाली नेपाली कवि वा साहित्यकारहरु व्यक्तिगत रुपमा लेखिरहेका थिए । १९९०को भानुजयन्तीको दिन लिसिल्भनिया स्टेटपार्कको आउटिङ्गले स्वतस्फुर्त रुपमा भानुजयन्तीको रुप लिएको समयबाट अमेरिकामा प्रतिवर्ष भानुजयन्ती मनाउन थालिएको हो यद्यपि यो औपचारिक थिएन तर पनि यसले साहित्यकारको समूहलाई संस्थागत रुपमा सक्रिय बनाउने काम गर्यो । होमनाथ सुवेदीको नेतृत्वमा भएको नेपाली भाषा समितिले सन १९९१ मा ‘एएनएस’ वाशिङ्गटन डीसीको “Twentyfive Years of ANS” नामको डकुमेन्टरी नेपाली भाषामा तयार गर्यो । त्यो बीचमा यो सँस्थाका सँस्थापक अध्यक्ष होमनाथ सुवेदीसित यो संस्था स्थापना कार्यको लागि संवाद र काम गर्ने यी व्यक्तिहरु थिएः समालोचक शिवप्रसाद सत्याल ‘पीठ’, श्रीअच्युत श्रेष्ठ, श्री लव गाउंले, श्री माधवलाल शर्मा, श्री पुरुषोत्तम सुवेदी, श्रीमती कल्पना सुवेदी, श्री बासु सत्याल, श्री धनमान थापा, डा.विष्णु पौड्याल, डा. अमर गिरी, श्री रिषिनाथ सुवेदी, डा.हरिहरप्रसाद भट्टराई, डा. कल्पना सत्याल, श्री राम मालाकार, श्री भाष्कर गिरी, श्री डिगबहादुर तामाङ्ग, श्रीमती नन्दादेवी सुवेदी, श्री प्रकास सुवेदी, श्री राजु श्रेष्ठ र श्री पुरु घिमिरे । अनेसासको स्थापनाको समाचार सन्. १९९० को दशैको विजयाताका काठमाडौमा हल्ला भो र छापियो पनि । जनवरी ११, १९९१ को दिन अच्युत श्रेष्ठको निवासस्थानमा यसको विधान परिषदको गठन भयो । यस बेलासम्म काम गर्ने यी सँस्थापक सदस्यको सँख्या २० जनाबाट संस्थापक विधान परिषदमा श्री होमनाथ सुवेदी, डा.विष्णु पौड्याल, डा. अमर गिरी, डा.हरिहर भट्टराई, श्री शिवप्रसाद सत्याल ‘पीठ’, श्री राम मालाकार, श्री अच्युत श्रेष्ठ, श्री भाष्कर गिरी, श्री डिगबहादुर तामाङ्ग, श्री लव गांउले, श्री पुरु घिमिरे रहेको रहेको विधान परिषदको गठन भयो । गभर्नमेन्ट आँफ डिष्ट्रिक्ट आँफ कोलम्बियाले जून २२, १९९३मा अनेसासलाई दर्ता गर्यो । त्यसको लगत्तै पछि सेप्टेम्बर २२, १९९३ मा अमेरिकाको आयकर विभागबाट (इन्टर्नल रेभेन्यु सर्विस्)बाट “Federal Tax Exemption” प्रदान गर््यो । फरवरी ३, १९९४ मा “D.C. Department of Finance & Revenue” बाट (Sale Tax) न लाग्ने गरी State Tax Exemption स्वीकृत भयो । १९९३ मा अन्तर्दृष्टि INSIGHT प्रकाशन, १९९४ मा एएनए कन्भेन्सनमा “साहित्यिक उपमहाद्वीप” को संचालन र फस्ट नेसनल कन्वंसन अफ नेपालीस इन अमेरिकामा अन्तर्राष्ट्रीय साहित्य सम्मेलन, त्यसै बर्ष युनिभर्शिती अफ मेर्ल्यांडको अदिटोरियममा होमनाथ सुबेदीद्वारा लिखित “अन्तर्दृष्टि” नाटक प्रदशन गरेर मोति जयन्ति तथा अनुअल बैठक र १९९६ मा सेकेन्ड नेसनल कन्भेन्सनमा अन्तर्राष्ट्रीय नेपाली साहित्य सम्मेलन गरेर अनेसासले पहिले नै बलियो जगको प्रदर्सन गरिसकेको थियो।

आप्रवासबाट नेपाली भाषा साहित्यको सेवामा समर्पित यो अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यसको विधानले विश्वभरका नेपालीलाई सदस्य बनाउन र च्याप्टर खोल्न ढोका खोलेको छ । ऐले सम्म ७५भन्दा बढी च्याप्टरले विश्वमा काम गरिरहेका छन् भने प्रत्येक आजीवन सदस्यले यसको साधारण सभामा डीसीमा आउन पाउने प्रावधान राखेको छ । यसको अभ्यास विभिन्न कोणबाट भैरहेको छ । यसै कारण अनेसासले गरेका अन्तर्राष्ट्रिय सम्मेलनका विविध प्रकार छन् । तीमध्ये होटल र वाशिङ्गटन डीसी बाहिर भएका स्थलगत यस्ता सम्मेलनको छुट्टै महत्व छ । ती कन्भेशनमध्ये पहिलो २००९ मा न्युयोर्कमा भएको थियो, २०११मा दोश्रो लन्डन कन्फेन्स भयो र तेश्रो फेरि ऐले वाशिङ्गटन डीसीमा यो हुन गइरहेको छ । यीमध्ये पहिलोको कन्भेनर भारती गौतम, दोश्रोको जया लक्ष्मी राई, र ऐले तेस्रो कन्भेसनकी कन्भेनर पनि कवयित्री सीता पाण्डे रहनुभएको छ । यो यौटा उल्लेखनीय संयोग पनि हो डायस्पोरामा भएका यी तिनै कन्भेन्सनका कन्भेनर कवयित्री महिला साहित्यकार नै रहनु भएको छ । पहिलो र दोस्रो जस्तै तेस्रो यो सम्मेलन पनि उल्लेखनीय हुनेछ :

3rd International Nepali Literary Convention: 30th November- 1st December 2013, Washington DC, USA
Diaspora Fair of Nepali Languages, Literature & Culture
विशेष साधारण सभा वा अर्धवार्षिक साधारण सभा बाहेक अनेसासका ऐलेसम्म २३ वटा वार्षिक सभा भए तीमध्येमा १९९७ मा बोस्टनमा, २०११मा कोलोराडोमा, २०१२मा फ्लोरिडामा, २०१३मा न्युयोर्कमा गरिएका थिए भने अरु सबै वार्षिक सभाहरु वाशिङ्गटन डीसीमा नै भएका हुन् । डीसीनै यसको प्यारेन्ट अर्गनाइजेशन भएकोले डीसीमा बढी हुनु अस्वाभाविक हैन । विधानले पनि कम्तिमा सालको यौटा साधारण सभा डी सी मा हुनुपर्ने प्रावधान राखेको छ। ऐलेसम्म यसमा १२ जना अध्यक्ष भए तीमध्ये डीसीबाट ५ जना र डीसीबाहिरबाट ७ जना अध्यक्ष भए । अनेसासको बारेमा जिज्ञाषा राख्ने अध्येताको लागि inls.org मा गई अध्ययन गर्नु, अन्तर्दृष्टिको अध्ययन, ‘अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन’, ‘अनेक डायस्पोराका कविता’, ‘अनेक डास्पोरामा देवकोटा’, स्मारिका प्रथम अन्तर्राष्ट्रिय सम्मेल २००९, लन्डन कन्फेरेन्सको वाङ्मय २००११, तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको स्मारिका र यो भेवसाइटका पनि अरु आइकानहरु र अन्य डायस्पोराका प्रकाशन हेर्न उपयुक्त हुन्छ । अनेसासको विधिविधान र हाइन्डबुकलाई अनेसासको वेभसाइटको बटममा गएर अवलोकन गर्न सकिन्छ । यो कन्फेरेन्स अनेसासको सक्रियतामा भए पनि खास गरी डायस्पोरामा भएका नेपाली र नेपालका भाषा , साहित्य र सँस्कृतिप्रेमी व्यक्ति वा सँस्था सबैको साझा हो । आफ्नो ठानेर आम नेपालीले यसमा अधिकार जमाएर काम गर्न प्रोत्साहन गर्नु यसको महत्वपूर्ण पक्ष हो । यो पृष्ठभूमिमा अनेक डायस्पोरामा एकताको लागि यो सम्मेलन अग्रसर छ ।

६ कार्तिक २०७०, बुधबार ०५:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..