खल्लो दशैं :: विद्या सापकोटा

खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो ऊ, विस्मृतीको घुम्टो ओढेर ।

चाडबाडको माहौल, घरघरमा रौनक छाइरहेको थियो ।शहर गएका, विदेशिएका आफन्तहरु पनि धमाधम गाँउ भित्रिरहेका थिए । तर ऊ हराइरहन्थ्यो त्यही बगरे ढुङ्गा गन्न मै । पश्चिमको चिसो सिरेटोले हान्दा उसलाइ विगतले झन्झन् झस्काऊँथ्यो तर पनि उसलाइ त्यो बगर, त्यो खोला अनि आफु अडिइरहेको बढेमाको ढुङ्गासँग खुव प्यार थियो, अनौठो लगाव ।

उसकी पनि एउटी छोरी थिइ, नवमी कै दिन जन्मेकी, भवानी । बा बा हाम्रोमा नी, खसी काट्ने अनि नयाँ लुगा लगाउने । झुम्कै झुम्का भएको रातो घाँगर लगाएर ऊ गाऊँको फन्को लगाउथी । भानुविर अर्थात् ऊ अनी उसकी अर्धाङगिनी त्यही छोरीको खुसीमा चुलुम्म डुबिदिन्थे । कति मिठो र सम्मोही थियो त्यो पल, त्यो सन्तुष्टि ।

समयक चलायमान छ, भोगाइहरु एउटै रहँदैनन् । हेर्दाहेर्दै भवानी ठूली भइ, उसका सपना ठूला भए । जन्मेदेखीका हरेका विजयादशमीका बाबुको नाम राखेस्, ठूलो नाम कमाएस् भन्दै पाएका आर्शिवादले पनि उसलाइ मजबुत बनाऊँदै लग्यो सँगै परपर पु-याऊँदै लग्यो । अनि ऊ निस्किइ सपनाको खोजिमा । भानुविर दम्पतिले निधारभरी रातो अक्षता र शिरमा पहेला जमरा लगाइदिए । भारी मन, रुनपनि नसकेर पठाए भवानीलाइ त्यो सामरी खोला तारेर ।

दिन विते, हप्ता, महिना र बर्षहुँदै बर्षौ बर्ष विते । सपनाको महल सिगार्न, बाबुको नाम राख्न गएकी ऊ कहिल्यै फर्किन । एकदिन जरुर आऊँछे भन्ने धिमा आशामा भानुविरका जोइपोई बुढा हुदै गए, भक्कानिदै अनि फेरी सम्हालिदै रहे । त्यो खोला त्यसरी नै बगिरह्रो । हरेक वर्खे भेलले त्यो फाँटलाई निलिरह्रो । भानुविरका आखामा बादल भर्दै गयो । हरेक बर्षो दशै झन् भारी पर्दै जान्थ्यो अनि गुट्मुटिदै रुन्थे धित मरुन्जेल । हुँदा हुँदै दुइजना एक अर्कासँग बोल्न छाडेका थिए । एक अर्काको आखामा हेर्न पनि सक्दैनथे अथक वेदनाले ।

फेरी आयो त्यो दिन, आकाश छलङ्ग खुलेको थियो । झलमल्ल घाम लागेको थियो । खेतको डिलभरी अम्वाका बोटहरु लटरम्म थिए । भुई काफलहरु पाकिरहेका थिए । बच्चाहरु पिङमा रमाइरहेका थिए । आइमाईहरु पछिल्ला दिनहरुमा रमाइलो गर्नपर्छ भनेर बस्तुभाउको घासको जोहोमा लागिरहेका थिए त कोही भान्छामा व्यस्त थिए । ठूलाहरु जुवातास र गफगाफमा मग्न थिए । धेरै पछि घर फर्केकाहरु अनुभव साट्नमै निमग्न थिए तर भानुविर दम्पति दलानमा भोक्राइरहेका थिए नुन खाएको कुखुरा झैं , त्यो उमंगित माहौलभन्दा धेरै पर ।

दिक्कलाग्दा भानुविर सधै खोला छेउको त्यही ढुङ्गामा विताऊँथ्यो । छुट्टै शान्ति मिल्थ्यो उसलाइ त्यहाँ बसेर चिहाऊँदा । त्यो भेलले निलिरहने बगर र आफ्नो अबस्था उस्तै लाग्थ्यो उजाड तर शान्त । बुढी विछ्यौनामा पल्टेर सुकसुकाउन थालेपछी केही थाहा नपाए झैं बत्तिन्थ्यो ऊ, खोलाको तिरैतिर, हराएकी छोरीको झिनो प्रतिक्षामा ।

ए सुन्नुन न …………एउटा नारी स्वर बोलाऊँदैथ्यो ।

हँ बा……कसलाइ खोजेकी ? झस्कंदै भानुविर चिच्याए ।

हजुर म शहरबाट आएकी, केही दिनको लागि एता कतै बस्न पाइन्छकी भनेर ।

ए हुन्छ नि, हिड घर जाम् ।

बुढाबुढीले मुखामुख गरे, आशाको झिनो तार अझै बाँकि थियो त्यसैले फिस्स हाँसे पनि । बुढीले सुम्सुम्याऊँदै भित्र लगिन् । विरामी रहिछे त्यो केटी । बुढाबुढीले खुब मन लगाएर उपचार गरे । बुढा थरीथरीका जडिबुटी खोजेर ल्याउथे बुढी एकछिन नछाडी उसैको ख्याल गरेर बस्थिन् । धेरैदिन पछि उसले आखा खोलि । तृप्तिको श्वास फेर्दै दुवैले एकैसाथ सोधे नानी तिमिलाइ कस्तो छ ? कहाँबाट आएकी ? को हौं तिमि ?

हेर्नुस न गाँउ घुम्छु भनेर आएको बाटो बिराएर यहाँ आइपुगे । हजुरहरुलाइ सारै दुख दिए हैं ? कृतज्ञतापूर्वक ऊ निहुरिइ ।

हैन बा, त्यसो नभन तिमि हाम्री छोरी जस्तै हौं । बाबुआमालाइ छोराछोरी स्याहार्दा कहिल्यै दुख हुदैन ।

हजुर मेरो नाम दूर्गा ।

दूर्गा …… ? ठूला आँखाले बुढाबुढीले एक अर्कालाइ हेरे ।

एक्लै आएकी की ? घरमा को को छन् नी ?

मेरो भन्नु नै, मै हूँ अरु कोही छैनन् । दशै विदामा सबै आफ्ना घर गए म यता आएकी । आखाभरी आशु बनाऊँदै उ बोली ।

बुढीले टाउको सम्सुम्याउदै सोधी हाम्रो पनि त कोही छैन, तिमी हाम्री छोरी बनेर बस्छौं त ?

बुढा मन अमिलो बनाऊँदै उता फर्के । बुढी जवाफ नै नकुरेर भान्छातिर दगुरी । बुढी गइपछि बुढाले सबै बेलिबिस्तार लगाउदै भने सक्छौ भने बसिदेऊ तर म कर गर्दिन ।

कृतज्ञ थिइ ऊ, कहिल्लै नपाएको माया पाएकी थिइ । उसलाइ जानैपर्ने पनि त केही थिएन । उ बसिदिइ । बुढाबुढीलाइ ऊ बा आमा भन्थि ।बुढाबुढीले विस्तारै भवानिलाइ बिर्सदै गए । पुरानो घाउमा खाटा बस्दै गयो । उनिहरु फेरी रमाउन सिके । दर्गा नै भवानी हो, आफ्ना कोही हराएकै छैनन् भन्ने सोच्न थाले । समय गइरह्यो । त्यो खोलो जहाँको तही बगिरह्यो बगिरह्यो ।

पछिल्ला दिनहरुमा दूर्गा किन किन डराएजस्तो, केही हराए झैं , केही भुले झै गर्न थालेकी थिइ । दिनदिनै दुब्लाउदै गइरहेकी थिई । अरुका छोराछोरी जस्तै उ पनि माया गर्थि आमाबालाई , मेलापात जान्थि । सुखदुखमा सामेल हुन्थि । तर फुकिढल भैसकेकी थिई । बुढाबुढी छोरीको हालत देखेर भित्रभित्र भक्कानिन्थे । आफूले उसलाइ यहाँ राखेर ठिक गरेनौं कि भनेर भन्दै छटपटाउथे । केही भन्न भने सक्दैनथे । बुढाबुढीले उसैलाइ सर्वस्व ठान्न थालिसकेका थिए । समय धुमिरहन्छ फेरी त्यही मौसम, त्यही चाड र त्यही दिन आयो । त्यही दशैंको टिकाको दिन । जुनदिन उनिहरुले आफ्नो भविष्य ठम्याउन, सपनाको रुपान्तरण गर्न भनेर आफ्नो ढुकढुकी छुटाएर पठाएका थिए । ठूलो मान्छे बनेर आऊ भन्दै भवानीलाइ खोला पारीसम्म पु- याइदिएका थिए । सम्झनाका धुमिल बिम्ब अझै बाँकी थियो । घरघरमा, बस्तिबस्तिमा सौहार्दता, उल्लास र उमङ्ग बोकेर दशैं फेरी आएको थियो ।

भानुविरको परिवार पनि टिका लगाउन बसे । नानु भन के आर्शिवाद दिऊ ? ममता छचल्काएर टाउकोमा हात राख्दै उनिहरुले सोधे । दूर्गा रुन पो थाली । हजरहरु साँच्चै मलाइ माया गर्नुहुन्छ र आर्शिवाद दिनुहुन्छ भने मलाइ यहाँबाट पठाइदिनुस् । यहाँ म रमाउन सकिन । म त्यही गल्लिमा र्फकन चाहन्छु । त्यही सुकुम्वासी झुपडीका बच्चाहरु पढाउन चाहन्छु । बिन्ति नाई नभन्नुस्, म हजुरहरुको यस मायाको लायक बन्न सकिन । बाबुआमाको काखभरि ऊ पोखिइ अघाउन्जेलसम्म । बुढाबुढी कालोनिलो भए । तेरो खुसी नै हाम्रो हो वा तलाई मन लागेको गर सम्हालिदै भानुबिर कुनातिर फर्किए । भोलिपल्ट विहानै एकमुठो पहेलो जमरा, निधारभरी रातो अक्षता ,शिरभरी आर्शिवाद दिदैं सगुनको दही आफ्नो हातले पियाएर खोला पारिसम्म पु-याउन गए त्यो लाचार जोडी । झोलामा खाजा राखिदिएकोछु , खाएस् हैं आफ्नो ख्याल राखेस्……………. बोल्दाबोल्दै बन्द भए ओठहरु । फेरी बल्झियो उही विगत…..उही सान्नता……उही सुसाहट ।

कल्याणपुर -७, नुवाकोट
हालः शंकरदेव क्याम्पस (काठमाडौं)

२० आश्विन २०७०, आईतवार १३:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..