अमेरिकामा सिर्जना उत्सवमा गज़लको चर्चा

गोवद्र्धन पूजा, बोस्टन, अमेरिका । बोस्टनका नेपाली साहित्यकारहरूको नियमित मासिक साहित्यिक शृंखला “सिर्जना उत्सव” को छैठौ सस्करण आइतबार सम्पन्न भएको छ। हरेक अंग्रेजी महिनाको अन्तिम आइतबार आयोजना हुने उक्त कार्यक्रममा यस पटक विभिन्न कवि कवयित्रीहरूले कविता, गीत र गज़ल प्रस्तुत गरे । हरि थापाको गज़लबाट शुरु भएको कार्यक्रममा महेश्वर पन्त, धनबहादुर लिम्बु, सन लिम्बु, नवराज राईलगायतले गज़ल प्रस्तुत गरे भने दिनेश राजभण्डारी, ममता कर्माचार्य, दीपा राई पुन , अनु शाह, एल बि ऐरलगायतले कविता बाचन गरे । कार्यक्रममा गोवर्धन पूजाले गज़ल वाचन गर्दै गज़लको सामान्य संरचना सम्बन्धि जानकारी गराए भने रुक्मिणी कार्कीले सांगीतिक कोशेली प्रस्तुत गरिनर महेश्वर पन्तले कार्यक्रमको उपादेयता माथि प्रकाश पारे भने बिमल नेपाल, आशुलक्ष्मी राजभण्डारी, ज्ञानप्रकाश शर्मा, दीपा राई पुनलगायतले आआफ्नो विचार व्यक्त गरे । कार्यक्रम साहित्यप्रेमी ओमप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

१५ आश्विन २०७०, मंगलवार ०८:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..