नेपालको चुनाव : हात्ती आयो, हात्ती आयो फुस्सा :: राम लामा

नेपालको राजनितिमा पन्चायतीकालदेखी नै पुरानै अनुहारका नेताहरूको ढलिमली हुँदै आएको थियो । देशमा बहुदल आउने हल्लाले सर्वसाधारणमा पनि कौतुहलता ल्यायो । उमङ्ग ल्यायो । हुनपनी बहुदल आएरै छाड्यो । जसले केही नयाँ अनुहारका नेताहरु ल्यायो । तर जनताका दु:ख, पिरलोले कांचुली फेर्न त कुरै जाओस, बिसको उन्नाईस पनि हुन सकेन । पहिलाका नेताहरू दौरा सुरुवालमा सिंहदरवार छिर्थे भने पछिका नेताहरू धोती कुर्तामा ठांटिएर जानुलाई आफ्नो मौलिकतामा घमन्ड गर्न थाले । पहिलाका नेताहरु थाहा लेखिएको थोत्रो स्कुटर चढेर जाने जस्ता पनि थिए भने पछिका सर्वहाराका प्रतिनिधि पनि बिलासी गाडीमा हुंईकिदै सिंहदरवारमा रवाफ देखाउन पछि परेनन । हजुर, फरक पाईयो त केवल यस्ता कुराहरुमा मात्र । हुन त बहुदलले राम्रा कुरा पनि छिट्पुट नल्याएको चाँही होईनन । राजाले आफ्ना आसे-पासेलाई मात्र टिका लगाएर सरकारमा ल्य्स्सुने पद्दती भन्दा फरक तरिकाले समानुपातिकमा बिभिन्न जनजाति र पेशाकर्मीहरूले पनि संसद भवनको कुर्सीमा बस्न पाउंदा आफूलाई भाग्यमानी ठान्ने अवसर बहुदलवादीले नदिएका भन्न मिल्दैन । तर त्यो पनि आफू भाग्यमानी ठानी आनन्दको निन्द्रा संसद भावनाको महंगो कुर्सीमा पूरा गर्नु बाहेक अरु केही हुन नसकेको कुरा सर्वबिदितै छ । संसारकै महापुरुश ठान्ने माओका चेला भनि घमन्ड गर्ने राजनितिक मुकुन्डोधारी १७ हजार निर्दोश नेपालीको हत्या गरि सोझा जनताका नवालाकहरूको हातमा बन्दुक थम्याएर आफू कमान्डर बनि विश्वमै चर्चा हुनेगरी आतंक मच्चाए, वर्ग शत्रु भनि सफाया गरे । उक्त क्रममा मिठो सपना देखाएर, लालच दिएर ललाई फकाई ल्याएका जनजातीका तथा दलितका छोराछोरीहरूलाई युद्धमा हुम्याउंदा ज्यान गुमाएका बीरहरुका आफन्तहरुका आँखा ओभाई नसक्दै लाश माथी कुल्चिदैं सत्ताको लागि सिंहदरवार दौडेको कुरा सर्वबिदितै छ । उनीहरुबाट पनि आफ्नो आर्थिक अवस्था सुधार्ने जोहो बाहेक देशको लागि सिनको भांच्ने काम पनि नभएको कुराले गर्दा जुन जोगी आएपनी कानै चिरेका भन्ने उखान बिशयसंगत नै हुनपुग्यो । ताक परे तिवारी नत्र गोतामे भने झैं बन्दुकको नालबाट सत्ता कब्जा गर्न नसकेपछी लडाकुलाई अलपत्र पारी ठुला भनाउंदा मात्र सरकारमा गई पानीमुनी ओभानो बन्न खोज्दा चुनावमा कसले भोट देला र ? माओवादीका युद्धमा गुमाएका आफ्ना छोरा-छोरीका अभिभावकले भोट दिन जान खोजे पनि आंशुले बाटो छेक्छ । आपसी बिवादमा परेका बिपक्षी खुलेरै बिरोध गरिरहेका छन् । वर्ग शत्रु भनि छ्वाप्-छ्वाप शरीर काटेर टुक्रा-टुक्रा पारेका मरेका सन्तानका आफन्तले त भोट माग्न घर दैलोमा जांदा के गर्लान भन्ने साधारण अनुमान त आफै पनि लगाउन सक्नु पर्ने हो । सुकेको खरमा आगो सल्काउन जति सजिलो थियो, चुनावमा बुथ हडप्न पनि त्यत्तिकै सहज ठान्नु युद्धकारीहरुका लागि स्वभाबिकै होला । देश बचाउन पालेर राखेका सुरक्षाकर्मीहरू आफ्नै ब्यारेक ध्वस्त हुंदा चुप लागेर टुलु-टुलु हेरेर बसेका थिए भने अब मत पेटिकाको सुरक्षामा चासो राख्ने हिम्मत कहाँबाट निकाल्लान र ? मार्नेहरूले मारे, मर्नेहरू मरे । डरपोकहरू हारे, साहसीहरुले जिते । यी त भए युद्धका कुरा । खांटी कुरो गर्दा, नेताका लागि पदमात्रै ठुलो हुंदोरहेछ । देश त जनताले नै बनाउनुपर्दोरहेछ । हामीले भोट दिएर न नेताको भाग्य खोलिदिएका रहेछौं, अहिलेसम्म । जनताको कुरा बोल्न चाहने र सक्ने खालका प्रतिनिधीबाट सहि प्रतिनिधी सभा (संबिधान-सभा)बन्न सक्दछ । पैसाले भोट किनेर, मत्पटिका कब्जा गरेर वा अन्य अनैतिक धांधली गरेर सरकरामा आउने पद्दती नै नेपाल्को दुर्भाग्य बन्दै गएको कुरा सबैले स्विकार्नै पर्दछ । पन्चायतकालका मन्डलेहरूको दवदवा होस् वा झापा कान्ड मच्चाएका पार्टी होस्, जहाज अपहरणकारी अन्य पार्टीहरू जोसुकै पनि सत्तामा रहंदा कुर्सीको माया बाहेक जनताको लागि रत्तिभर पनि चिन्ता नगरेकै कारणले माओवादी आतंककारी भएर पनि सरकारमा बस्न जनताले स्विकारेका थिए भन्दा फरक नपर्ला । पञ्चहरूदेखी माओवादी सम्मका सबै नेताहरूका नाडी जनताले छामी सकेका छन् । सबै नेताहरूले आफ्नो हविगत देखाईसकेका छन् । अब हुने भनिएको चुनावका नयाँ अनुहारहरुले पनि नेपाल्को ब्यूरोक्रेसीलाई उथल-पुथल पार्ने काम सानो खाले चुनौती हो भनि नजर अन्दाज नलगाए हुन्छ । हुन त चुनाव हुने कुरामा नाई आकाश छर्लङ्ग छैन । र पनि, जनताका लागि केही नयाँ योजनाहरू आउने छैनन् । त्यसैले चुनाव नेपाली जनताका लागि हात्ती आउन लागेको मात्र हो । कथमकदाचित चुनाव भै हाल्यो भने पनि हात्ती आयो – हात्ती आयो फुस्सा हुने कुरामा दुई मत छैन ।
अस्तु !

१२ आश्विन २०७०, शनिबार ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..