राजन मुकारुङको ‘दमिनी भीर’लाई २०६९ सालको मदन पुरस्कार

काठमाडौ, ५ असोज । मदन पुरस्कार गुठीले २०६९ सालको मदन पुरस्कार राजन मुकारुङको उपन्यास ‘दमिनी भीर’लाई प्रदान गर्ने भएको छ । शनिबार काठमाडौमा सम्पन्न मदन पुरस्कार गुठीको बार्षिक साधारण सभाले २०६९ सालको मदन पुरस्कार राजन मुकारुङको ‘दमिनी भीर’लाई प्रदान गर्ने निर्णय गरेको हो । गूठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिमान्तीकृत नेपाली जनजीवनको जीवन्त चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पुर्‍याए वापत दमिनी भीर’ शीर्षकको उपन्याका लागि राजन मुकारुङलाई प्रदान गर्ने निर्णय गरियो ।’ आफ्नो कृति ‘दमिनी भीर’पुरस्कृत भएकोमा मुकारुङले खुसी व्यक्त गर्दै पुरस्कार आफूले भन्दा पनि दमिनी भीरमा उठाएको मुद्दा र पात्रहरुले पाएको प्रतिक्रिया दिएका छन् । यसै गरि २०६९ सालको जगदम्बा श्री पुरस्कार गीतकार एवं कवि रत्नशम्शेर थापालाई प्रदान गर्ने निर्णय भएको छ । थापाले नेपाली गीत र कविता लेखनमा निरन्तर नेपाली भाषाको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेवापत् थापालाई सम्मानित गर्न लागिएको गूठीले जनाएको छ । दुबै पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।

५ आश्विन २०७०, शनिबार १८:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..