अन्तरराष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको डिसीमा हुने

अमेरिका । एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले अमेरिकाको वाशिंगटन डिसीमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । अगामी जुलाईमा डिसी मेट्रोमा हुने ए.एन.ए.को ३२ औं सम्मेलनका अवसर पारेर गरिने सम्मेलनमा नेपाली साहित्यका प्रतिनिधि व्यक्तित्वको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ । तीनदिने सम्मेलनमा कार्यपत्रप्रस्तुत, कविता बाचन तथा अन्तरक्रिया लगायतका कार्यक्रम रहने छन । यसैगरि बैठकमा प्रतिष्ठानले हालै मात्र बैधानिकता प्राप्त गरेको जानकारी गराउदै वर्तमान कार्यसमितिलाई नै आगामी कार्यकालका लागि निरन्तरता दिने निर्णय पनि गरेको छ । बैठकले हालै न्युयोर्कमा सम्पन्न अन्तरराष्ट्रिय कविता प्रतियोगितामा पुरस्कृत कबिहरू नेपालमा नै रहेकाले यथासिघ्र काठमाडौँमा कार्यक्रम गरि पुरस्कार समर्पण गर्ने निर्णय पनि गरेको छ । प्रतियोगितामा पदम गौतम , हरिमाया भेटवाल, ईश्वरमणि अधिकारीले क्रमश: प्रथम, दितीय र तृतीय भै एक हजार, तीनसय र दुईसय डलर नगद पुरस्कार प्राप्त गरेका थिए ।  बैठकमा प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठ, उपाध्यक्ष विनोद रोका, महासचिव हेमन्त श्रेष्ठ तथा सदस्यहरू गोविन्दसिंह रावत, गोबर्धन पूजा, बिटु केसी ,कृष्णमुरारी ढुंगेल, निलम कार्की निहारिका लगायतको सहभागिता रहेको थियो ।

३० भाद्र २०७०, आईतवार २३:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..