प्रजातान्त्रिक समाजवाद; सान्दर्भिकताको बहस :: विपुल पोख्रेल

एक दुई बर्ष यता बिश्लेषकहरु, लेखकहरु र राजनीतिक नेताहरुले बीपीको नाम थुप्रै पटक उच्चारण गरेका छन् । लेखकहरुले उनका थुप्रै उद्दरणहरुको आधारमा आफ्ना लेखहरु लेखेका छन् । साउन ६ गते र भदौ २४ गते मात्र उनलाई सम्झने प्रचलनबाट माथी उठेर आबश्यक सन्दर्भहरुमा बीपीलाई स्मरण गर्न खोजेको पाइन्छ । मुलुक संकटमा रहेका समयमा उनको यती धेरै चर्चा हुनु भनेको बीपीलाई ‘संकटमोचनको सूत्र’का रुपमा सर्बस्वीकृती प्रदान गर्नु हो । ३१ बर्ष पछी बल्ल उनको व्यक्तित्व र क्षमताको मुल्यांकन हुन थालेको छ । एमाओवादीको हेटौडा माहाधिबेशनमा त्यस पार्टीका बरिष्ठ नेताले ‘बुद्ध, पृथ्वीनारायण शाह र बीपी मात्र नेपालका सही नेता’ हुन सकेको चर्चा गरेको सन्दर्भ पनि यहाँनेर जोड्न सकिन्छ । प्रचण्डले ‘बीपीको राष्ट्रियताको मान्यतासंग आफू सहमत भएको’ भनेको सन्दर्भ होस् या कमल थापाहरुले बीपीको चर्चा गर्दै हिडेको अबस्था होस्, अथवा एमालेका युवा पुस्ताका नेताहरुले ‘बीपीका पुस्तकहरु पढेर नेपाली समाजको सही बिश्लषण गर्नुपर्ने’ प्रस्ताव आफ्नो बृत्तमा राखेको परिस्थीति नै किन नहोस्, यी सबै कुराहरुले वीपी सर्वस्वीकृत नेताको हैसीयतमा रहेको प्रष्ट हुन्छ ।
राष्ट्रियता र प्रजातन्त्रका सम्बन्धमा बीपी बिचारसंग असहमत कोही छैन भन्न सकिने परिस्थीति अब बनिसकेको छ । यद्यपी बीपीका मतहरुलाई आफु अनुकुल व्याख्या पनि गरिदैछ । तर सारभूत रुपमा नेपालका सन्दर्भमा राष्ट्रियता र प्रजातन्त्रको मोडेलका बारेमा बीपीका मान्यतासंग सबैको सहमति नै देखिदै गएको छ । यो बीपी बिचारको बिस्तार र प्रभावको एउटा चरण हो । यो कालखण्डमा बीपी साउन ६ र भदौ २४ का वरिपरिका दिनहरुमा मात्र गरिने चर्चामा सिमित रहन सकेनन् । बीपीको आत्मबृतान्त र जेलजर्नल प्रकाशनमा आएपछी ‘बीपीलाई बल्ल प्रष्टसंग बुझियो’ भन्दै बीपीको बिरोध गर्नेहरुले पश्चाताप गरेको पनि सुनीएको हो । त्यसकारण बीपी बिचारलाई व्यापक बनाउदै उनको योगदान र चिन्तनको प्रचारप्रसार अझै हुन भने आबश्यक छ । बीपी कोइरालाको अर्को पक्ष भनेको प्रजातान्त्रीक समाजबादको नेपाली मोडेलको व्याख्या हो । उनी समकालिन बिश्व समाजवादी आन्दोलनका एकजना स्थापित समाजवादी चिन्तक हुन् । नेपाली समाजको रेशा रेशा केलाएर यो समाजको रुपान्तरणका लागि कस्तो नीति तथा कार्यक्रम आबश्यक हुन्छ भन्ने कुरामा बीपी स्पष्ट देखिन्छन् । उनीसंग नेपाल रुपान्तरण गर्ने एउटा सपना थियो, तर समय थिएन । तर, अहिले समय छ, तर उनका उनुयायीहरुले सपना देख्न सकेनन् । बीपीले देखेको सपनालाई सम्पूर्ण रुपमा आत्मसात् गर्न सकेनन् । आत्मसात् गर्न नसक्नु मात्र होइन्, आफ्नो कमजोरी लुकाउनका लागि बदलिदो परिवेश र बिश्व भूमण्डलीकरणका कारण बीपीको समाजवादमा परिमार्जनको आबश्यकता रहेको बताउने गरेका छन् । यो तर्क ठिक हो अथवा बीपीका अनुयायीहरुको असक्षमता ढाक्ने अस्त्र मात्र हो भन्ने कुराको पनि विवेचना हुन आबश्यक भएको छ । बिपीको स्मृती दिवस् मनाइरहदा यो बीषयमा चर्चा गर्नु स्वाभाविक हुनेछ । प्रजातान्त्रीक समाजवाद बाहेक बीपीका अन्य आयामहरु सर्वस्वीकृत हुँदै समाजमा बलियोसंग स्थापित भैसकेका छन् । तर यो बिषयलाई किन विवादित बनाइदै छ भन्ने बिषयमा केही चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
विवादित बनाउनुका दुई कारणहरु बीपी सामन्तबादका कट्टर बिरोधी थिए । उनले सामन्तबादसंग मुकाबिला गरेर समाजबादी आन्दोलनको एउटा चरण पार गर्न चाहन्थे । ०१७ सालमा उनलाई अपदस्त गर्दा राजाले सामन्तहरुको साथ पाएका थिए । तर, अहिले उनका अनुयायीहरुले सामन्तबादसंग मुकाविला गर्ने शाहस देखाइरहेका छैनन् । यो आँटबीना समाजवादको अभियान प्रभावकारी हुन सक्दैन । यस्तो आँट नगर्नेहरुले समाजवादलाई नै दोष दिने गरेका छन् ।
उदारबादका नाममा खुला बजारलाई स्वागत गर्ने क्रममा राज्यका आधारभूत दायत्विहरु के के हुनुपर्दछ र ती दायीत्वलाई कसरी बहन गर्नुपर्दछ भन्ने कुरामा स्पष्ट हुननसक्नेहरुले समाजवादलाई अव्यावहारिक भन्ने गरेका छन् । उनिहरुले भूमण्डलीकरणमा आधारित अर्थतन्त्र र ग्रामिण अर्थतन्त्रबीच समन्वय कायम गर्ने क्षमता पनि देखाउन सक्दैनन् ।
अघिल्लो बर्ष बीपी जयन्तीका अबसरमा एउटा टेलीभिजनमा अन्तरबार्ता दिदै कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका कोइराला परिवारका एकजना सदस्यले ‘बीपीको समाजवादमा ‘इन्क्ल्युसिब’ थप्नु पर्ने’ तर्क गर्दैथिए । यस्तो अपुरो बुझाइका साथ बिद्वत्ता छाट्नेहरुका कारण पनि समाजवादका बारेमा विवाद उठाइने गरिएको छ । अहिलेसम्म बिश्वमा प्रयोग भएका सबै बादहरुमध्ये बिश्वासिलो, पृय र सधै अपेक्षित हुने बाद भनेको नै समाजवाद हो । यसको एउटा मात्र कारण भनेको यो वाद नै सबैभन्दा बढी समाबेशी हुनु हो ।
बीपी कोइरालाले भनेका छन् की ‘समाजवाद सबै ठाँउका लागि एउटै हो, तर समाजको तात्कालिक अबस्था र ऐतिहासिक विवेचनाका आधारमा त्यहाँका लागि समाजवादभित्रका प्राथमिक मुद्दाहरु भने फरक हुन सक्छन् ।’ अहिलेको मूल समस्या भनेकै यही प्राथमिकता छान्न नसक्नु नै हो । एकातर्फ गरिबीले भयावह रुप लिदै छ भने अर्को तर्फ भूमण्डलीकरणको प्रवाहसंग मेलखाने आर्थीक योजनालाई स्वीकार गर्नुपरेको छ । यी दुई कुराहरुबीचको समन्वय गर्नसक्ने क्षमताको अभावमा बीपीबाद कार्यान्वयन हुनसक्दैन । यहीनेर क्षमता नराख्नेहरुले बीपीबादलाई असान्दर्भीक भएको दावी गर्दै आफ्नो कमजोरी ढाक्न चाहन्छन् । बीपी कोइरालाले भूमण्डलीकरणबाट अलग रहेर बस्न भनेका छैनन् । उनको समाजवादले त्यो भन्दैन । आइफोन, ल्यापटप देखी आधुनीक उपकरणहरुको प्रयोग नगर पनि भन्दैनन् बीपीले । बिदेशी उत्पादनलाई अस्वीकार गर पनि भन्दैनन् । तर बीपीको समाजवादले के भन्छ भने निम्नबर्गलाई कम्तिमा मध्यमबर्ग बनाउने काम गर । बीपी कोइरालाले राष्ट्रिय पुँजीको बिकास गरी निम्नबर्गको उत्थानका लागि उपयोग गर्ने भन्छन् । त्यस्तै उनिहरुलाई रोजगारीका अबसर सिर्जना गर्नका लागि घरेलु उद्योगहरु स्थापना गर्नु पर्ने उनको तर्क छ । ठूला उद्योगका लागि बाहिरी लगानी हुन्छ र लगानी गर्नेले रोजगारीका लागि आफ्ना अनुकुलको जनशक्ति ल्याउछ । ठूला उद्योगका लागि आबश्यक शिप हाम्रा बिपन्न जनतामा नहुन सक्छ । त्यसकारण ग्रामीण अर्थतन्त्रको पक्षमा उभिन प्रोत्साहित गर्नु बीपीको समाजवादको बिशेषता हो । उनले भनेका छन् ‘म अर्थशास्त्री होइन तर मेरो एउटा सोच छ जसअनुसार आम नेपालीको जीवनस्तरलाई उठाएर मध्यमवर्गीयस्तरमा ल्याउन सकिन्छ ।’ स्थानीय उत्पादनले नै नेपाली जनताको अझ ग्रामिण जनताको जीवनका सम्पूर्ण पक्षलाई पूर्ण हुन्छ भन्ने भ्रम वीपीको थिएन । तर, आधारभूत आबश्यकताहरु गाँउमै उपलब्ध हुने व्यबस्था गर्न सकिन्छ भन्ने उनको दृढ आत्मबिश्वास रहेको पाइन्छ । ‘सबै नेपालीको एउटा आफ्नो घर होस्, सबैले पढ्न–लेख्न पाऊन्, सबैको घर–घरमा एउटा गाई होस्, सबैले पेटभरि खान पाऊन्, एकसरो लुगा लगाउन पाऊन्, औषधोपचार नपाएर कसैको मृत्यु नहोस् भन्ने चाहनाका साथ हामी राजनीतिमा लागेका हौ ।’ बीपीको यो भावनात्मक तर जनताका लागि अनिवार्य कुराले हामीलाई के बुझ्न मद्दत गर्छ भने यी दायीत्व राज्यले बहन गर्न सक्छ र बहन गर्नै पर्दछ भन्ने मान्यता नै प्रजातान्त्रीक समाजवादको आधारभूत कुरा हो ।
बीपीका समाजवादका तीनवटा बिशेषताहरु रहेका छन् ।
१) सम्पूर्ण रुपमा सम्बृद्धिको वकालत गर्नु नै प्रजातान्त्रिक समाजवादको लक्ष्य हो । समाजवाद भनेको आर्थीक समानता मात्र होइन । यो बराबर बितरण मात्र पनि होइन । यो त राजनीतिक, आर्थीक, सामाजिक, सांस्कृतीक लगायत सबै क्षेत्रमा समान अधिकार स्थापित गर्न प्रोत्साहित गर्ने माहान दर्शन हो । अधिकारसम्पन्न नागरिकहरुलाई उत्पादन प्रक्रियासंग जोड्ने हो भने उत्पादन प्रक्रियाले प्रभावकारी परिणाम दिन्छ । उत्पादन प्रक्रिया प्रभावकारी भयो भने बितरण प्रक्रियालाई प्रभावकारी बनाउन सजिलो हुन्छ । त्यसकारण प्रजातन्त्रिक समाजवाद भनेको नागरिकलाई सबै रुपमा सम्बृद्ध बनाउने अभियान हो भन्ने मान्यता बीपीको रहेको पाइन्छ ।
२) निम्नबर्गको उन्मुलन बीपीवादको अर्को बिशेषता हो । राष्ट्रिय पुँजीको विकास गरी त्यसलाई गाँउको विकासमा लगानी गर्नुपर्ने मान्यता बीपीबादको रहेको पाइन्छ । गाँउको बिकासलाई जोड दिएर योजना बनाएमा मात्र त्यसले हाम्रो गरिबीको दर न्यून गर्दै जान्छ । वार्षिक १९ हजार दुई सय ६१ रुपैयाँभन्दा कम खर्च गर्नेलाई गरिब मानेर गरिएको पछिल्लो सर्बेक्षण अनुसार नेपालमा अझै २५ प्रतिशत नागरिकहरु गरिबीको रेखामुनी छन् । अन्तराष्ट्रिय सर्वेक्षणले उसको मापदण्ड अनुसार नेपालमा यो प्रतिशत ४४ प्रतिशत रहेका जनाएको छ । यो मापदण्ड पार गरेकाहरुलाई पनि मध्यमबर्गका रुपमा स्वीकार गर्न सकिने आधार रहदैन । गरिबीको यो अबस्थालाई ध्यानमा राखेर गाँउलाई आर्थीक रुपमा सम्बृद्ध, राजनैतिक रुपमा सवल र सामाजिक रुपमा एकताबद्ध राखेर उत्पादन प्रक्रियामा उनिहरुको सहभागिता बृद्धि गर्ने बाताबरण निर्माणको वकालत गर्नु बीपीबादको बिशेषता हो ।
३) नीम्नबर्गलाई मध्यम बर्गमा ल्याउनका लागि उनिहरुको शिक्षा, स्वास्थ्य, खानपीनको व्यबस्था अधिकारका रुपमा स्थापित हुनुपर्दछ र त्यो काम राज्यले पुरा गर्नुपर्दछ भन्ने बीपीबादको आधारभूत अबधारणा हो । यो उनको समाजवादको अर्को बिशेषता हो ।
यी बिशेषताहरुलाई आत्मसात् गरी कार्यक्रम बनाउने हो भने निम्नबर्गको उन्मुलनमा योगदान पुर्याउन सकिन्छ । यसो गर्दा सामन्तबादसंग लड्ने शाहस भने पक्कै गर्नुपर्दछ । यो आँट गर्नेहरुले बीपीको समाजवादलाई असान्दर्भिक मान्दैनन् । भूमण्डलीकरणको प्रभावले बीपीबादलाई विवादित बनाइदिएको तर्कलाई पनि उनिहरुले स्वीकार गर्दैनन् । प्रजातान्त्रिक समाजवाद झनै सान्दर्भिक हुदै गएको छ । यसलाई विवादित बनाउनुको साटो बलियो इच्छाशक्तिका साथ कार्यान्वयन तर्फ लाग्नु अहिलेको आबश्यकता हो ।

२५ भाद्र २०७०, मंगलवार ०९:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..