आख्यान पुरुषलाई “सिर्जना उत्सव” पुरस्कार

बोस्टन, अमेरिका । बरिष्ट आख्यानकार डाक्टर ध्रुबचन्द्र गौतमलाई “सिर्जना उत्सव“ पुरस्कार द्वारा सम्मानित एवं बोस्टनवासीका तर्फबाट अनेसास, जीबी एन सी, पशुपतिनाथ बुद्ध फाउन्डेशेन र हिमालयन लायन्स क्लबद्वारा अभिन्दन गरिएको छ । बिहिबार बोस्टनमा आयोजित एक समारोहमा उहाँलाई सम्मानित तथा अभिनन्दित गरिएको हो । दश हजार एक रुपैया नगद तथा ताम्रपत्र रहेको उक्त पुरस्कार ग्रहण गर्दै पुरस्कार दिने सस्था सिर्जना उत्सव, बोस्टन र अभिनन्दन गर्ने बोस्टन वासिप्रति आभार व्यक्त गर्नु भयो । उहाले पुरस्कारप्रति बेलाबेलामा नकारात्मक धारणा उठ्ने गरेको भएपनि आफू सधै सकारात्मक रहेको बताउनु भयो । मदन पुरस्कारद्वारा पुरस्कृत डा.गौतमले साहित्यका विविध पाटो र आफ्नो अमेरिका यात्राका बारेमा पनि बोल्नु भयो । ग्रेटर बोस्टन नेपलीज कम्युनिटीका अध्यक्ष मिलन गुरुङको सभापतित्वमा आयोजित समारोहमा साहित्यकार, भारती गौतमले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कथाकार शिवप्रकाशले डा गौतमको कृतित्व र व्यक्तित्वबारे प्रकाश पार्नु भएको थियो । डा गौतमसंगको सस्मरण सुनाउदै गोवर्धन पूजाद्वारा सम्मान पत्र वाचित उक्त कार्यक्रममा डा उषा शर्माले उपस्थित अतिथिलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा डा. शिब गौतम, मिलन गुरुङ, बिष्णु कार्की, हरि काफ्ले, गौरब थपलियालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने महेश्वर पन्त, दीपा राई पुन, हरि थापा,दिनेश राजभण्डारी, कृष्णराज खनाल, ममता कर्माचार्य, लालगोपाल सुबेदी, अनु शाह ,सुरेश वाग्ले, डा. शिव गौतम, डा. उषा शर्मा, शिव प्रकाश, हरि काफ्ले, गोवर्धन पूजा, गौरब थपलियालगायतले गीत गज़ल र कविता बाचन गर्नुभयो ।

२१ भाद्र २०७०, शुक्रबार २३:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..