राष्ट्रपतिको निधारमा अपराधको दाग :: युवराज घिमिरे

केवल अभिव्यक्तिहरूबाट शितलनिवासमा विगत ५ बर्षदेखि डेरा जमाएर बसेका राष्ट्रपति रामवरण यादवले आफूलाई चोख्याउने कोसिस गरेको देखिन्छ। शनिबार ४ दलीय राजनीतिक संयन्त्रका नेताहरूसँगको भेटघाटमा उनले त्यस्तै प्रयास गरे। ‘संविधानको हुर्मत नलिनुहोस’ देखि लिएर ‘नेकपा–माओवादीलाई पनि समेटेर लान’ उनले संयन्त्रका नेताहरूसँग आग्रह गरे।

अनैतिकता, भ्रष्टाचार र लेनदेनको संस्कार नेपाली सत्ता र राजनीतिमा प्रचुरतामा छ। त्यसको मुहान संधै माथि हुन्छ र उच्च तहबाट तलतिर बग्दै त्यसले समस्त धरातललाई दुषित तुल्याउँछ। केवल अभिव्यक्तिबाट त्यसको सफाइ या शुद्धिकरण हुन सक्दैन।
चैत १ गते राष्ट्रपति रामवरण यादवले संविधान, प्रजातन्त्रका मूल्य मान्यतामात्र हैन, मुलुकको राष्ट्रिय क्षमतामाथि ठूलो प्रहार गरे। एक किसिमको गद्दारी नै थियो त्यो। एउटै ‘लालमोहर’ बाट संविधानका ५५ वटा धारा संशोधन गरे। राजा ज्ञानेन्द्रले आसोज १८(२०५९) को कदम उठाउनुपूर्व धारा १२७ मा प्रवेश गर्न नेपाल अधिराज्यको संविधान २०४७ का मस्यौदा समितिका प्रमुख विश्वनाथ उपाध्यायले सकारात्मक सुझाव दिएका थिए (विचार पृष्ठ कान्तिपुर दैनिक, असोज १८, २०५९)। मान्यता अनुसार नै उक्त धारा अपवाद स्वरुप मात्र प्रयोग हुने अपेक्षा गरिएको थियो। अन्तरिम संविधान २०६३ मा पनि उक्त धारा त्यही मान्यता र आसयका साथ सापट लिइएको थियो। तर, शितलनिवासको लामो, अनपेक्षित र सत्तासुखमा डुबेपछि डा. यादवले संविधान र संविधानवादको त्यो आसय, मर्म र धर्मलाई बुझ्न अस्वीकार गरे। एकैचोटी संविधानका २५ धारालाई उनले मारे आफ्नो एउटा हस्ताक्षरद्वारा।
त्यो कदम नउठाउन उनलाई नेकपा–माओवादीसँगै अहिले सत्तामा प्रवेश गर्न एउटा खुट्टा उचालेका उपेन्द्र यादवले पनि आग्रह गरेका थिए। रामवरण यादवले त्यसको पूर्वाभ्यासमा भएका अनेकौं बैठकहरूमा नागरिक समाज, पूर्व न्यायाधीश तथा कानुनी समाजका विविध व्यक्तिहरूलाई आफूले संविधान नमिच्ने र प्रधान न्यायाधीशको पद सहित खिलराज रेग्मीलाई कार्यकारी प्रमुखमा नियुक्त नगर्ने बाचा गरेका थिए। तर, देखिनेगरी ४ दलको नेतृत्व र नदेखिने गरी उनको लगाम अरु कसैको हातमा भएको पुष्टि गर्दैै आफूले दिएको वाचाविपरीतको कदम उनले उठाए। सर्वाेच्च न्यायालयको स्वतन्त्र हैसियत र शक्ति पृथकीकरणको सिद्धान्तको हत्या त्यसै दिन भयो। त्यस अपराधको दागबाट राष्ट्रपति त्यसरी रंगिएका छन् जसरी विगत हप्तौंदेखि न्यायको माग गर्दै अनसनरत नन्दप्रसाद र गंगा अधिकारीका छोरा कृष्ण अधिकारीको हत्यामा माओवादी।
राष्ट्रपतिको त्यो रहस्यपूर्ण सम्झौताको कदमको राजनीतिक सन्देश थियो:–’४ ठूला पार्टी चुनावमा आए हुन्छ, नेकपा–माओवादी नआए केही फरक पर्दैन।’ अथवा राजनीतिक, शान्ति र संविधान लेखन प्रक्रियामा नेकपा–माओवादी नसमेटी फरक पर्दैन।
अपराध गर्ने व्यक्तिमा एउटा परिस्थिति पछि दोषभाव जागृत हुने गर्छ। त्यसलाई स्वीकार गर्ने हिम्मत उसले देखाउँदैन, तर अप्रत्यक्ष रुपमा त्यसमा सुधारको आवश्यकता रहेको प्रत्यक्ष या अप्रत्यक्ष सन्देश दिन थाल्छ उसले। नेकपा–माओवादीलाई समेट्न राष्ट्रपति यादवले शनिबार दिएको सन्देशको विश्लेषण त्यसरी गरिनुपर्छ।
तर, प्रश्नलाई त्यसले मात्र सम्बोधन गर्न सक्तैन। नेकपा–माओवादीले त्यो प्रश्न उठाएता पनि संविधानवादमा विश्वास गर्ने सबैको प्रश्न हो त्यो। न्यायको वातावरण सर्वाेच्च न्यायालयको निष्पक्ष तथा स्वतन्त्र हैसियत अनि शक्ति पृथकीकरणको सिद्धान्तको हत्याको प्रायश्चित कसरी गर्ने र कसरी ती सिद्धान्तहरूलाई व्यवहारमा पुनर्स्थापित गर्ने त्यो सिद्धान्तको मूल्यमा गरिन लागेको यो निर्वाचनले प्रजातन्त्रलाई स्थापित गर्न सक्दैन। र, यो निर्वाचन यही बाध्य परिस्थितिमा भए नेपाल संचालनको जिम्मा नेपालीहरूको काँधमा रहने छैन, आंशिक रुपमा पनि। राष्ट्रपतिज्यू, एउटा रणनीतिक अभिव्यक्तिले तपाईबाट अपराधको प्रायश्चित हुन सक्दैन। शितलनिवासबाट भए हुने अपराधको मूल्य र असर आम नागरिकबाट हुने अपराध भन्दा धेरै ठूलो र दीर्घकालीन प्रकृतिको हुने गर्छ।
महानगरपालिकाका घुस्याहा आतंकित
काठमाडौं। पुरातात्विक महत्वको हनुमानढोका दरवार क्षेत्र अवलोकन गर्न जाने पर्यटकबाट शुल्क असुली एक विवादास्पद व्यापारिक संस्थालाई फाइदा पुर्याौउने निर्णयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यान्वयन गर्न रोक लगाएको छ। भीमसेन स्तम्भ(धरहरा) लिजमा लिएर सम्झौताअनुसार संचालन नगरेको साइडवाकर्सलाई फाइदा पुग्नेगरी हनुमानढोका घुम्न जाने पर्यटकबाट एक हजार रुपैयाँ शुल्क उठाएर दिने सम्झौता गर्दा ठूलै आर्थिक चलखेल भएको सार्वजनिक भएको थियो। सम्पदा क्षेत्रको आम्दानी व्यापारिक प्रयोजनको साइडवाकर्सलाई दिने निर्णय विरुद्ध स्थानीयबासीले सम्पदा बचाउ अभियान नै गठन गरी विरोधमा उत्रिरहेका छन्। सम्पदा बचाउन माग गर्दै अख्तियार लगायत सबै निकायमा उजुरी दिएपछि अख्तियारले ढिलै भएपनि २०७० भदौ १४ गते त्यो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि महानगरपालिकाका भ्रष्ट, घुस्याहाहरू आतंकित बनेका छन्। स्थानीबासीहरू विरोधमा उत्रिएपछि काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले नै शुल्क उठाउन रोक लगाएका थिए। अख्तियारको निर्देशनले कार्यकारी अधिकृत अर्याललाई थप सहज भएको छ।अख्तियारको निर्देशनपछि साइडवाकर्सबाट घुस खाएका महानगरपालिकाका भ्रष्ट हाकिम शान्ताराम पोख्रेल, तत्कालीन प्रशासन प्रमुख साधुराम भट्टराई, हनुमानढोका संरक्षण क्षेत्र कार्यक्रमका प्रमुख हरि श्रेष्ठ तनावमा परेका छन्। साइडवाकर्सलाई खाएको घुस फिर्ता गर्नुपर्ने अवस्था उनीहरूसामु आएको महानगर स्रोतले बतायो। हनुमानढोका साइडवाकर्सलाई दिएर फाइदा लिनेमा तत्कालीन कार्यकारी प्रमुख केदारबहादुर अधिकारी पनि हुन्। उनी हनुमानढोका प्रकरणले नै सरुवा भएका हुन्। अधिकारी अख्तियार प्रमुख लोकमानसिंह कार्की नाता पर्ने भएकाले कारबाहीमा नपर्ने कुरामा ढुक्क छन्। अधिकारीकै कारण जोगिने झिनो आशमा हरि श्रेष्ठ लगायत कर्मचारी छन्। एमाले निकट स्थानीय निकाय कर्मचारी संघका अध्यक्ष समेत रहेका श्रेष्ठलाई त जुन कार्यक्रममा गए पनि अख्तियारले लाने भयो हगी तपाईलाई भनेर सबैले उपहास गर्न थालेकाले थप तनावमा पर्न थालेका छन्। उनलाई पदीय दुरुपयोग गरी आर्जन गरेको अकूत सम्पत्तिले पनि थप तनावमा पारेको बताइन्छ। अख्तियारले धनपति सापकोटा, रामबहादुर थापा, गम्भीरलाल श्रेष्ठहरूको सम्पत्ति छानबिन गरिरहेको सूत्रले बतायो। इन्जीनीयर रामबहादुर थापाको लकर रोक्का गर्नेदेखि घरजग्गाकोबारेमा खोजी सुरु भएपछि उनी अख्तियार मिलाउने बीचौलियाको खोजतलासमा लागेका छन्। उनको सम्पत्ति छानबिन गर्ने अनुसन्धान अधिकृत डीएसपी माधव खत्रीको निकट को को छ भन्दै प्रहरीमा पनि उनले सोधखोज गरेको खत्रीको समूहका प्रहरी अधिकृतले बताए।

१८ भाद्र २०७०, मंगलवार २३:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..