“अतृप्ति” :: इल्या भट्टराई

“मैले जीवनमा चन्द्रमा र ताराहरूको कामना गरेको थिएँ, तर औंसीको कालो रातबाहेक मैले केही पनि पाइनँ ।”
मेरो जीवनमा आज यो गीतको भावहरू मिल्न पुगेका छन् । वास्तवमा मैले पनि मेरो जीवन चन्द्रमा तथा ताराहरूका ज्योत्सना तथा उज्यालाहरूले जगमगाओस् भन्ने चाहना राखेको थिएँ, तर सबैका सबै चाहनाहरू कहाँ पुरा हँदा रहेछन् र मेरो जीवन पनि औंसीको रात नै त भएन तर पनि मैले चाहेको त्यो उज्यालोले मेरो जीवन प्रज्वल्लित हुनचाहिँ सकेन ।
हो तिमी एउटा ज्योतिपुञ्ज नै त थियौ । आकासमा चम्किने बिजुली जस्ति, झिलिक्क चम्किँदा आँखा तिर्मिराइदिँदै आफ्नो समीप भएको आभास दिने, तर निमेषभर मै आँखा खोलिहेर्दा टाढा कता हो कता आफ्नो पहुँच भन्दा निकै पर पुगिदिने ।
तिमी समयभन्दा निकै पहिले जन्मिएकी थियौ क्यार, त्यसैले त तिमी कुनै एउटाकी हुन सकिनौ । कहिले यो आकासमा चम्किएर एउटालाई उसको जीवनको उज्यालो हुँ भन्ने अनुभूति दिलाउने त कहिले अर्कोको जीवनमा उज्यालो छरिदिने ।
“मेरो अंगालोबाट उम्किएर तिमी अरूहरूको अंगालोमा पनि बाँधिन पुग्छ्यौ रे”भन्ने सूचना पाएको क्षण मेरो मनमा भुइँचालो गएको थियो । आपूmलाई मात्र माया गर्छ्यौ भन्ने विश्वास बोकेको मनले तिम्रो चर्तिकला भन्न आउने त्यो मान्छेको अस्तित्व नै चकनाचुर पार्न तम्सिएको थियो । तर सूचनाको सत्यतामा विश्वस्त भएपछि ईष्याको नागदंशबाट मुर्छितझैं हुँदै म तिमीलाई सधैंका लागि आफनो जीवनमा समाहित गर्ने प्रस्ताव बोकी हान्निदै पुग्दा तिमीले मेरो प्रस्तावलाई ठट्टैमा उडाइदियौ । मेरो ईष्यायुक्त अधिकारलाई चकनाचुर पार्दै तिमीले भनेकी थियौ “ हेर केटाहरू मेरालागि लुगा फेरेसरह हुन् । एउटा लगाउँछु , अघाउँछु अनि त्यसलाई फुकालेर अर्को फेर्छु । यसमा कुनै नौलो कुरा छैन । यत्रो वर्षको संगतपछि पनि तिमीले मेरो यो स्वभाव बुझ्न नसक्नु तिम्रो मुर्खता हो । हो, मानिसलाई आÇनो कुनै लुगा विशेष प्रिय हुन्छ । ऊ त्यसलाई पुरानो भएपछि पनि मिल्काउन नसकी जतन गरेर राख्छ । तिमी पनि मेरालागि त्यस्तै पुरानो तर प्रिय लुगा हौ । म तिमीसंग नाता तोडन त चाहन्न तर तिम्रोमात्रै भएर बसिरहन भने सक्दिनँ । मलाई नयाँ नयाँ मान्छे , नयाँ नयाँ साथ मन पर्छ । मसंग बिहे गरेर घरजम गर्ने आफनो हावादारी सपनालाई बिर्सिदेऊ । फेरि मेरो यो स्वच्छन्द जीवनको खर्च बेहोर्ने क्षमता पनि त तिम्रो छैन नि । तिमीले कमाउने जाबो त्यो तलबले तिमी मलाई पाल्न सक्छौ र ?”
त्यो दिन मेरो अस्तित्व धर्मराएको थियो ।मेरो पुरुषत्व गलेर पानी पानी भएको थियो । तिम्रो मुखबाट सधैं प्रशंसित हुने गरेको मेरो सुदर्शन व्यक्तित्व त्यो दिन नपुशंक भइदिएको थियो । म हारेको थिएँ । शारीरिक रूपमा नभै मानसिक रूपमा । शत्रुबाट होइन, आफुले सार्है माया गरेकी आफ्नै प्रियाबाट । तिम्रो कुरा सुनेर म अवाक भएँ, केही बोल्नै सकिनँ । आफु हारेको पीडा आँखाबाट बगिराख्दा पनि त्यसलाई रोक्न सकिनँ ।
आफु संगको सम्बन्ध प्रकारान्तमा पनि सुखदै रहनु पर्छ भन्ने आग्रह गर्दै त्यस रात बिछोडको उत्सवलाई चिरस्मरणीय बनाउनकालागि तिमीले संगै डिनर खाने अनि आपूmले घरमा साथीकहाँ रात बस्छु भन्ने बहाना बनाई रात संगै होटलमा बिताउने प्रस्ताव राख्यौ ।
अवसाद भरिएको मनले खानाको स्वाद पत्तो पाएन । खानापछि जुनेली रातमा गरिएको डुंगाको त्यो सयर अरू बेला भए कति आनन्दी र कति मादक हुने थियो । त्यही मादकतामा, त्यही रोमान्चकतामा अभिभूत भई तिमी आफनो विचार परिवर्तन गछ्र्यौ कि भनी मैले आफ्नो मन उदाड्ड खोलेर देखाएँ । आफु प्रति निष्ठुरी नहुन निकै अनुनय विनय गरेँ । तर मेरा सबै प्रयासहरूलाई तिमीले हाँसेर टारिदियौ । “म तिमीसंग सधैंको लागि पो बाँधिन चाहन्न त मलाई भेट्न मन लागे तिमी आउनु । तिमीले जहिले पनि मलाई यही रूपमा समर्पित पाइहाल्छौ नि ।”
तिम्रो साथको त्यो रात निकै मादक थियो । तिम्रो मादकता मेरा लागि नौलो थिएन, तर त्यो साथ पहिलेको तुलनामा केही फरक पक्कै थियो । पहिले मैले आफ्नो ठान्ने तिम्रो त्यो मादकताबाट त्यो रात म अनुग्रहित भइरहेको थिएँ ।
हो त्यस रातपछि तिमीले मलाई छोडिदियौ । तिम्रो प्रेममा आकण्ठ डुबेको मलाई तिम्रो त्यो अस्वीकृति भुसभुसे आगोजस्तो भइदिएको थियो । न त ह्वारह्वार्ती बलेर सकिन्थ्यो । न त निभेर चिसिन्थ्यो । मनको त्यो जलनमा म पानी हैन तरल रूपमा झन् आगै पिउथेँ । तर ज्वाला भने निभ्नुको साटो झन् दन्कन्थ्यो । तिम्रो विछोडको रापले भन्दा कैयौं गुना बढी मलाई आफु नकारिएको तापले डढाएको थियो ।
मेरो मन पनि तिमीसंग बदला लिन तम्सियो ।मैले बिहे गर्ने अठोट गरेँ । घरमा सबैलाई म तिम्रो पासोमा परुँला कि भन्ने ठूलो त्रास थियो ।तिम्रो मायामा अन्धो भएर पो मेरा आँखाबाट तिम्रा वास्तविकताहरू ओझेलमा परेका रहेछन् । नत्रभने तिम्रो सक्कली रूप त समाजमा उदाड्डिसकेको रहेछ ।त्यसैले घरमा सबै पिरिएका थिए । तिम्रो मायामा एकोहोरिएर म आफ्नो भविष्यसंग खेलवाड गरुँला कि भनेर मेरी आमाले मनकामना माईलाई समेत भाकल गर्नु भएको रहेछ । “छोरोले त्यो केटी छोडेर अर्कीसंग बिहे गरोस् , त्यसो भयो भने माई म छोराबुहारी लिएर तिम्रो दर्शन गर्न आउँछु ।” बिचरी मेरी बूढी आमा मेरो भविष्य सपार्न त्यतिबेलाको त्यो कठिन उकालो चढ्न पनि तयार हुनुभएको थियो ।
धेरै अगिदेखि सुन्यानसन्यै गरेको आमाको कचकच साम्य पार्न मैले बिहेको कुरो टुंगो लाइदिएँ । केटी हेरिराख्ने आवश्यकता पनि ठानिनँ । पढाइ,कुलघरानबारे सुनिहालेँ । आमाले कुरूपालाई बुहारी रोज्नुहोला भन्ने लागेन, त्यसैले आमाले जसको कुरो ल्याउनु भयो उसैसंग विवाहको स्वीकारोक्ति दिएँ । केटी प्रति खासै चासो राख्ने खाँचो पनि थिएन किनकी त्यो विवाह त आफ्नो व्यक्तित्वको अस्वीकृतिप्रतिको विद्रोहको साथै आमाको अशान्तिलाई पूर्णविराम लाउने बहाना थियो । मेरो जीवन त यसै–उसै बितिरहेकै थियो । मेरो आफ्नो जीवनमा एउटी अपरिचित केटीलाई सामेल गराउन मलाई कुनै उत्सुकतथ थिएन ।
बिहेको कुरो छिन्न घर जानलाग्दा बाटोमा पर्ने तिम्रो घर नाघेर जान सकिनँ । तिमीलाई तिम्रो कोठाको झ्यालमै देखेको थिएँ । तर मेरो भेटने आग्रहलाई घरेलु सहयोगी आइमाईद्वारा भनिपठाएकी “तिमी घरमा छैनौ रे” भन्ने सन्देशले लत्याइदिएको थियो । म निकै आहत भएँ । एकतर्फि प्रेमकोबाढीमा म एक्लै पौडेको रहेछु । तिम्रो मनमा मेरोप्रति प्रेमको खडेरी परेको रहेछ । तिमीले पठाउने गरेका, मेरो मायामा डुबेका ती असंख्य प्रेमपत्रहरूले तिम्रो मनमा मप्रति रहेको अथाह प्रेमको गहिराईलाई दर्शाउँथे । त्यस्ता नक्कली भावनाका शब्दालड्ढारहरूले गम्फन गरी कसरी त्यस्ता प्रेमपत्र लेख्नसक्थ्यौ तिमी ? भावनारहित मनबाट कोमल भावका शब्दहरू कसरी निस्कँदा हुन ?
तिम्रो तिरस्कारले त्यो दिन फेरि पनि मलाई रुवाएको थियो ।कस्तो निष्ठूरीसंग मन गाँस्न पुगेछु । न त गाँसिन सक्छु न त छुट्टिन नै सक्छु ।
आकासमा चम्किने बिजुलीको कामना गर्नेलाई घरको दीयोको उज्यालोले के सन्तुष्टि दिन सक्थ्यो र बिजुलीको झड्का खाएर झनन्न भएको मन र शरीर रन्थनिएर फेरि अर्को झड्काको प्रतीक्षामा रहन्थ्यो । टन्किएको दुखाईमा सियो घोच्दा हुने आनन्दस्वरूप भएकी थियौ तिमी मेरालागि । तिम्रो सामिप्यले मलाई बिस्तार–बिस्तार स्वपीडामा आनन्दित हुने बनाउँदै थियो ।आपूmले पाएको पीडाबाट आनन्दित हुने बानी बिस्तारै ममा बिकसित हुँदै गइरहेको थियो ।
“साथीको घरमा रात बिताउँछु” भन्दै आफ्नो बाबुआमालाई छलेर मेरो रात सिंगार्न आइपुग्दा तिमी मलाई डर,त्रास,ग्लानी,लज्जा,रोमान्चआदी सबै रसले निःसृत गराउँथ्यौ । तिमी अलभ्य हुँदाहुँदै पनि मेरोलागि कति सजिलैसंग प्राप्य भइदिन्थ्यौ । तर बिहेपछि सबैकुरो सजिलैसंग प्राप्त हुँदा त्यस प्राप्तिप्रति कुनै आकर्षण जाग्दो रहेनछ । स्वपीडाको आदि म आफुले पीडा पाउने कुनै उपाय नपाउँदा बिस्तारै परपीडाको बाटो समाउँदो रहेछु ।
तिमीद्वारा बाउन्ने पारिएको स्वाभिमानलाई उकास्न तथा स्वपीडाको रोमान्च भोग्न मैले आपूmलाई कामप्रति समर्पित पार्न थालेँ ।काममा व्यस्त भएर खान–सुत्न बिर्सँदा होस् वा शारीरिक रूपमा लखतरान पर्दा होस् म आनन्दातिरेकले अभिभूत हुन्थेँ । यही कामप्रतिको समर्पणले मेरो कार्यदक्षतामा बढोत्तरी आउँदै गयो । म दक्ष र सिपालु बनी आफ्नो क्षेत्रमा अद्वितीय बन्दै गएँ । आफुले गरेको तिरस्कारप्रति तिमीमा थकथकी जागोस् भन्ने कामनाले मैले आफ्नो व्यक्तित्व निखार्दै गएँ । मलाई कसैगरी पनि तिमी र तिम्रा ती अनगिन्ती प्रेमीहरूभन्दा अब्बल हुनु थियो र भएँ पनि । आज जुन इतिहास म कोर्दै छु त्यसमा मप्रतिको तिम्रो तिरस्कारको ठूलो भूमिका छ । धन्यवाद छ तिमीलाई ।
तर पहाडी नदीजसरी छङछङाएर बगेकी तिमीसंग, नदीको ढुंगाजस्तै गडगडाएर,उर्लिएको तेज गतिमा रोमान्चित हुँदै म पनि जीवन भोग्न चाहन्थेँ । तिम्रो गर्भलाई आफ्नो विर्यले सिञ्चन गरी तिम्रो गर्भबाट म आफ्नो सन्तान जन्माउन चाहन्थेँ । तर मेरा सन्तानका लागि तिमीले आफ्नो गर्भमा ठाउँ दिइनौ । यसको लागि म तिमीलाई कहिल्यै माफ गर्ने छैन ।
हुनत बाबुआमाका लागि बिहे गरेता पनि विवाहको पहिलो दिन पहिलोपल्ट ती केटीलाई देख्दा, मलाई तिनीप्रति एक्कासि माया उर्लिएर आयो ।आपूmले माया गरेकीले त धोका दिई बीच बाटोमै छोडेरस हिँडी । तर अपरिचित भए तापनि बाटो बिराएर बीच बाटोमा रुमलिएको मलाई गन्तव्यमा पुर्याउने अठोट लिएर मेरो सहयात्री बन्न आएकी थिई मेरी हुन लागेकी स्वास्नी ।
आफ्नो विवाहित जीवनप्रति मलाई कुनै गुनासो छैन । जीवन सादा तवरमा बित्दै रह्यो । त्यहाँ कुनै तरड्ड, कुनै उत्तेजना,कुनै रोमान्च थिएन । थियो त मात्र विपरीत लिड्डी आकर्षण र एउटा कर्तव्य दाम्पत्य जीवनको । गुनासो नभए पनि जीवनमा पूर्णता थिएन । के–के अपुग भएजस्तो , के–के नपुगेजस्तो, अपूर्ण–अपूर्ण, अतृप्त–अतृप्त । मेरा सन्तानहरू योग्य र असल छन् । तर किन हो कुन्नि तिमीबाट सन्तान जन्माउन पाएको भए ती मेरालागि अझै प्रिय हुन्थे कि जस्तो लाग्छ ।
जीवनमा मैले सबैथोक पाएँ । मान सम्मान,इज्जत,पैसा,माया । यस्तो जीवनप्रति पनि मेरो मनमा भएको अतृप्तिले कतै मेरो जीवनमै त ग्रहण लाउँदैन ? सबै कुरा दिँदा पनि मनमा अतृप्ति पालेको देखेर देउता त रिसाउँदैनन् ? अवचेतन मनले डर मान्छ ।
धेरैपछि अस्ति पार्टीमा तिमीसंग भेट भयो ।ओहो ! तिमीलाई नदेखेको एक युगै भएछ । एउटा युगको अन्तराल…..। तिमी प्रौढामा दरिइछ्यौ । तर किन किन मेरो आँखाले तिमीलाई पहिलेकै रूपमा देख्यो । भर्खर फुलेकी फूल ! तिम्रो आकर्षणको तेज खप्न सक्ने क्षमता ममा न्यून हुँदै गयो । म चुम्बकले फलाम ताने झैँ तिम्रो आकर्षणमा तानिन थालेँ । तिम्रो सम्मोहनमा मतिभ्रम भएजस्तो स्थितिमा पुग्न खोजेँ । तर हठात् मेरो मनले मलाई सचेत गरायो ।एकदिन मेरो यही व्यक्तित्वलाई तिमीले कति संवेदनहीनतापूर्वक लत्याएकी थियौ । आज तिमीसित झुकेर तिम्रो आकर्षणमा अल्झेर म फेरि तिमीसंग हारुँ ? अँह , म त्यो परिस्थिति जीवनमा फेरि कहिल्यै दोहोरिन दिन्न । पहिलेको त्यो भावुक अल्लारे ठिटो म र अहिलेको ममा निक्कै अन्तर आइसकेको थियो । म जुरुक्क उठेर अर्को कोठामा गएँ ।
फर्कँदा बाटोमा स्वास्नीले जिस्क्याएकी थिई । “यत्रो वर्षपछिको भेट तिमीहरूका लागि कस्तो अर्थविहिन भयो हगि ? तिमीहरू दुवैको मनमा कति कुराहरू छन् होला एकअर्कालाई सुनाउन । घरमा त तिमीहरूलाई असजिलै लाग्ला । मेरो उपस्थिति अग्राह्यै होला । बरु रेष्टुरेन्टमा बोलाऊ, अघाउँजी कुरा गर । लौ मेरोतर्फबाट तिमीलाई स्वतन्त्रता छ । बरु होटलतिरचाहिँ नलाग्नु नि । यी बितेका वर्षहरू विदेसमा उसले कसरी बिताई थाहा छैन । एड्स बोकेकी रहिछ भने त बिनसित्ति मेरो पनि ज्यान जान्छ ।”
स्वास्नीको कुरोले क्षणभरको लागि तिमीसंगको एकान्त भेटको कल्पनामा मन रोमान्चित हुन्छ । तर अँह मलाई अस्वीकार गरेर, मेरो जीवनबाट खुसी,उमड्ड,तृप्ति र रोमान्चलाई विच्छेद गराई जीवन निरस बनाइदिने , मेरो मायाको प्रत्युत्तरमा मलाई धोका दिने । आफ्नो खुसीको लागि मेरो खुसीमा आघात पार्ने । जीवनपर्यन्त संगै हिँड्ने सपना देखाई बीच बाटोमै मलाई छाडी अरूसंग रम्ने, धोकाकी प्रतिमूर्तिसंग फेरि सम्बन्ध बढाई म आफैसंग लज्जित हुन चाहन्न । अँह कदापि चाहन्न ।

१५ भाद्र २०७०, शनिबार २०:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..