बोस्टनको सुन्दर टापुमा ‘सिर्जना उत्सव’ सम्पन्न

गोवर्द्धन पूजा, बोस्टन, अमेरिका । नीलो सामुद्रिक टापु अनि हरियो घासे मैदान, आकाशमा नाचिरहेका चंगाहरू अनि पानीमा दौडिरहेका जहाजको समूह, झुण्डझुण्ड मानिसका बीच दुईदर्जन नेपाली साहित्यिक मनहरू, यस्तै थियो आइतबार अपराह्न अमेरिकाको बोस्टन सहरको क्यासल टापुको एक दृश्य, सफा मौसमका कारण हजारौ पर्यटकको उपस्थिति रहेको उक्त टापुको एक भागमा नेपाली कविहरूले कविता बाचन गरे ।

पांच महिना अघिदेखि सुरुभएको “सिर्जना उत्सव” को पाचौँ मासिक शृंखलालाई यसपटक बनभोजका रुपमा मनाइएको थियो । युवा साहित्यकार गौरव थपलियाको कविता वाचनबाट शुरु भएको कार्यक्रममा साहित्यकार हरि थापाले गज़ल वाचन गरेर माहौललाई रोमान्चक बनाए । दिनेश राजभण्डारी, अनु शाह, गोवर्धन पूजा, दीपा राई पुन, ममता कर्माचार्यले नया सिर्जना सुनाएर कार्यक्रमको उपादेहितालाई उचाई दिए ।

गज़लकार सुरेश वाग्ले र रोशनी खनालले प्रणय – प्रेमका गज़ल सुनाए भने कृष्ण पाण्डे, मधुकर अधिकारी, आँशुलक्ष्मी राजभण्डारी, ज्ञानप्रकाश शर्मा, भैरवी थापा, ललिता शर्मा, मंजु पाण्डे लगायतले सिर्जना वाचनका साथै कार्यक्रमका बारेका मन्तव्य व्यक्त गरे ।

कार्यक्रमका सभापति एवं पशुपतिनाथ बुद्ध फाउन्डेशनका अध्यक्ष विष्णुमणि आचार्यले सिर्जना उत्सवले बोस्टनमा साहित्यिक लहर ल्याएको बताउँदै फाउन्डेशनको योजनामा निर्माण हुन लागेको सामुदायिक भवनमा नेपाली भाषा र साहित्यिक सेविलाई विशेष स्वागत गरिने बताए । कार्यक्रममा दीपा राईले सिर्जना उत्सवले देश बिदेशमा चर्चा परिचर्चा पाएको बताउँदै आगामी दिनमा अझ व्यापक रुपले अघि बढ्ने बताइन ।

१० भाद्र २०७०, सोमबार २०:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..