सिरियाले विद्रोहीका विरुद्धको सबै कारवाही बन्द गर्ने

काठमाडौ, ३० चैत । चर्को अन्तर्राष्ट्रिय दवावपछि सीरिया सरकार आजवाट विद्रोही पक्ष विरुद्ध जारी सवै प्रकारको फौजी कारवाही अन्त्य गर्न सहमत भएको छ ।
संयुक्त राष्ट्रसंघ र अरब लीगको मध्यस्थतावाट सीरिया सरकार युद्धविरामको निर्णयमा पुगेको हो ।
स्थानीय समय अनुसार विहिवार विहान ६ वजेदेखी नै पुरै देशभर फौजी कारवाही रोकिने सीरियाली अधिकारीहरुले आफूलाई वताएको मध्यस्थताका लागि राष्ट्रसंघद्धारा नियुक्त पूर्व महासचिव कोफी अन्नानले बताएका छन ।
तर विद्रोही पक्षका एक नेताले भने सीरियाली सरकारको यस्तो घोषणा कार्यान्वयन नहुने वताएका छन् ।
हिजो होम्स शहरमा कम्तिमा ११ जनाको ज्यान लिए लगत्तै सरकारले युद्ध विरामको घोषणा गरेको भन्दै यसवाट हिंशा अन्त्य नहुने वताएका हुन् ।
विद्रोही संगठनका नेता क्याप्टेन एहम अल कुर्दीले सरकारी फौजले गोली चलाउन वन्द गरे सीरियाली जनता राष्ट्रपति भवनसम्म पुग्ने र अन्ततः वर्तमान सरकार हटाएरै छाड्ने दृढता व्यक्त गरेका बीबीसीले जनाएको छ ।
राजनितिक सुधार र राष्ट्रपति वशर अल असदको राजिनामाको माग सहित गत १३ महिना यता चर्किएको हिंशात्मक आन्दोलनका क्रममा सीरियामा झण्डै ८ हजारले ज्यान गुमाइसकेका छन् ।

३० चैत्र २०६८, बिहीबार ११:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबारको छलफल..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..

मास्क नलगाई बाहिर निस्कनेलाई पक्राउ गर्ने आदेश

काठमाडौँ, २२ असार । सरकारले मास्क नलगाइ घर बाहिर निस्किनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । स्वास्थ्य..

‘विदेशमा बस्ने नेपालीहरु नेपालको राजनीतिक पूर्वाग्रह छोडेर विदेशकै मुलधारमा समाहित हुनुपर्छ’

काठमाडौँ, २२ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नवौं बार्षिक साधारणसभाका अवसरमा आयोजित वेवीनारका..