सर्जकसंग एकसाँझमा साहित्यकार खनालको सम्मान

बोस्टन । अमेरिका भ्रमणमा रहेका नेपाली साहित्यकार तथा शिक्षाविद केदारनाथ खनालको सम्मानमा सिर्जना उत्सव बोस्टनले हिजो “सर्जकसंग एक साँझ” नामक कार्यक्रम गरेको छ । कार्यक्रममा साहित्यकार खनाललाई बोस्टनका बरिष्ट साहित्यकार डा. शिव गौतमले सम्मान गर्नु भयो । बोस्टनका साहित्यकारहरूको सिर्जना वाचन पनि गरिएको उक्त कार्यक्रममा डा. गौतमले कार्यक्रमको प्रशंशा यस किसिमको कार्यक्रमले अतिथि र बोस्टनका साहित्यकार बीच सुमधुर सम्बन्ध सिर्जना हुने बिचार व्यक्त गर्नु भयो । साहित्यकार एवं सिर्जना उत्सवका निर्देशक महेश्वर पन्तले “सिर्जना उत्सव” र “सर्जकसंग एक साँझ” आयोजनाको बारेमा प्रकाश पार्दै आगामी दिनमा अझ रोचक रुपले कार्यक्रमलाई अगाडी लैजाने योजना बताउनु भयो । कार्यक्रममा पत्रकार प्रदीप थापा मगरले न्युयोर्कमा पनि विगत तीन वर्षदेखि यस किसिमको कार्यक्रम हुदै आएको बताउदै साहित्य संप्रेषणका लागि यस्ता मंच सबैले प्रयोग गर्न सक्ने अनुभव सुनाउनु भयो । कार्यक्रममा हालै मात्र सम्मानित डाक्टरको उपाधि पाएकी बोस्टनकी चर्चित युवा समाज सेवी बिष्णुमाया परियारले शिक्षाविद खनालले गोरखामा स्थापना गरेको छात्रवृतिको चर्चा गर्दै उक्त छात्रावृतिले आफूलाई आजको अवस्थामा ल्याईपुराउन ठुलो मद्दत गरेको स्मरण गर्नु भयो । उहाले भाव विव्हल हुदै भन्नु भयो- त्यो छात्रवृति नपाएको भए मेरो अध्ययनले सायदै निरन्तरता पाउने थियो होला । कार्यक्रमका संयोजक साहित्यकार गोवर्धन पूजाले अतिथि साहित्यकार खनालको बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि बोस्टनमा आउने सर्जक र बोस्टनका सहित्यकार बीच सम्बन्ध सुत्र स्थापना गर्ने कार्यक्रम गर्दै जाने बताउनु भयो । कार्यक्रममा अतिथि खनालका अतिरिक्त डा. शिव गौतम, दिनेश राजभण्डारी, दीपा राई, अनु शाह, पेशल रेग्मी, गोवर्धन पूजा , महेश्वर पन्त, सुरेश वाग्ले, रोशनी खनाल, ममता कर्माचार्य, उपेन्द्र काफ्ले, ज्ञानप्रकाश शर्मालगायतले सिर्जना वाचन तथा मन्तव्य व्यक्त गर्नु भयो ।

३२ श्रावण २०७०, शुक्रबार २०:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..