वैद्य आउन्नन् भने पर्खिएर बसिन्न : : सुशील कोइराला

० मङ्सिर ४ गते नेपालमा कसरी निर्वाचन हुँदै छ ?
– मुलुकका प्रमुख दलहरू निर्वाचनमा जुटेका छन् । अरू असन्तुष्ट दलहरूलाई पनि निर्वाचनमा ल्याउन प्रयास गरिरहेका छन् । त्यस्तै, चुनावी कार्यक्रम पनि सार्वजनिक भइसक्यो । निर्वाचनको विषयमा आन्तरिक मात्रै होइन अन्तर्राष्ट्रिय चासो पनि छ । नेपालमा निर्वाचन गर्न अन्तर्राष्ट्रिय शक्तिले सहयोग गरिरहेका छन् । नेपालमा शान्ति, स्थायित्व र विकास होस् भनेर कसैले भन्छन् भने त्यो नराम्रो कुरा होइन । आफ्नो देशको जनताको पेट काटेर अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालमा सहयोग गरेका छन् । उनीहरूले नेपालमा शान्ति, स्थायित्व र विकास निर्वाचनमार्फत चाहेका छन् । जनता पनि जागेका छन् । अहिले मैले नेपालमा निर्वाचनको वातावरण बनेको मानेको छु ।
० शीर्ष नेताहरू नै निर्वाचनको पक्षमा छैनन् भन्ने आशङ्का गरिँदै छ नि ?
– को निर्वाचनको पक्षमा छैन तपार्इं आफैं भन्नुस् । त्यो वाहियात कुरा हो ।
० चार दलका नेताहरूले सार्वजनिक रूपमै प्रचण्डप्रति आशङ्का व्यक्त गर्दै छन् ?
– प्रचण्डजीको भित्री मनमा के छ मलाई थाहा छैन, तर बाहिर जसरी उहाँले प्रतिबद्धता जनाउनुभएको छ । पहिला उहाँमाथि आज एउटा भोलि अर्को कुरा गर्नुहुन्छ भन्ने आरोप लाग्थ्यो । यदि त्यसो होइन भने उहाँ पनि निर्वाचनको पक्षमा लाग्नुभएको छ । फेरि पनि झुक्याउने कुरा हो भने उहाँकै राजनीति समाप्त हुन्छ ।
० वैद्य समूहलाई नल्याई कसरी निर्वाचन होला ?
– दुई–तीनपटक मैले कुरा गरिसकेँ । अझै कुरा गर्न तयार छु । तर, जतिपटक कुरा गरे पनि उहाँहरू सबै कुरा सुरुबाट गर्नुपर्छ भन्नुहुन्छ । त्यो सम्भव छैन । तर, पनि हामी वास्तविकता सम्झाउँछाँै यति गर्दा पनि उहाँहरूले सम्झिनुभएन, जिद्धी गरिरहनुभयो भने उहाँलाई पर्खिएर बस्न सक्दैनौँ । कोही नआउँदैमा देशलाई त्यसै छाड्न सकिँदैन ।
० वैद्य समूहबिनाको निर्वाचनले निकास देला ?
– हामी त उहाँलाई ल्याउन चाहन्छौँ । प्रचण्डका समेत गुरु उहाँ आफू पनि जिम्मेवार हुनुपर्‍यो । संसारमा कतै सबै माग पूरा हुन सक्दैन । टेबलमा बसेर छलफल गरेपछि केही लिने केही छाड्ने कुरा भए मात्रै सहमति हुनसक्छ । उहाँहरूको सरकार, राजनीतिक समितिमा प्रतिनिधित्व हुन्छ । सरकार खारेजीजस्तो माग पूरा हुँदैन । अहिले हामी उहाँहरूलाई लोकतन्त्र, राष्ट्रियता र मुलुकको अवस्थालगायतका विषयमा सम्झाइरहेका छौँ । तर, एकोहोरो आफ्नै रटान राखेर हुँदैन ।
० गोलमेच मान्नुहुन्छ ?
– अहिले दिनहुँ नै गोलमेच सम्मेलन भइरहेको छ । तर, सबै कुरा नयाँबाट सुरु गर्नुस् भनिरहे मान्न सकिँदैन ।
० माओवादीलाई ल्याउन गिरिजाप्रसाद कोइरालाले राजतन्त्र त्याग्नुभयो, तपाईंहरू वैद्यलाई ल्याउन पनि कुनै सम्झौता गर्न सक्नुहुन्न ?
– हामीले एक्लै गर्ने कुरा हो र उहाँहरू पनि वार्तामा आउनुपर्‍यो नै त्यसै सम्झौता गर्ने हो र ? वार्तामा आए उच्चस्तरीय राजनीतिक समिति पनि खारेज हुनसक्छ ।
० वैद्य समूह जति गरे पनि चुनावमा आउँदैन भनिँदै छ नि ?
– नेपाली काङ्ग्रेस जिम्मेवार पार्टी हो । हचुवाको भरमा कुरा गर्दैन, अन्तिम समयसम्म हामीले वैद्यजीलाई निर्वाचनमा ल्याउन प्रयास गर्छौं । ७ सालमा राणालाई, पञ्चायत र राजालाई सम्झाउने प्रयास गर्‍याँै तर मानेनन् र उनीहरू भष्म भए । जनता चुनावमा लागिसके, अब उहाँहरू जनताको विरुद्ध लाग्नुहुन्छ भने जनताले छाड्नेवाला छैन । भाँड्ने कुरालाई जनताले चुप लागेर बसेर हेर्दैनन् ।
० वैद्यले चुनाव बिथोल्न सक्नुहुन्छ कि हुन्न ?
– जनता अब धेरै सचेत भइसके । अब निर्वाचन बहिष्कार गर्नेलाई जनताले बहिष्कार गर्छन् । उहाँहरू आफँै आइसोलेसनमा पर्नुहुन्छ । मङ्सिर ४ गते निर्वाचन हुन्छ । काङ्ग्रेस त्यही पक्षमा छ ।
० चुनाव सर्दैन ?
– सबै कुरा अघि बढिसक्यो, अब चुनाव सर्दैन । निर्वाचनजस्तो विषयमा खेलवाड गर्नुहुँदैन । जनताको हकअधिकारसँग खेलवाड गर्नुहुँदैन । प्रकृतिले दिएको उपहारलाई कसरी उपयोग गरेर विकास गर्नेभन्दा पनि जहिले पनि झगडा गरेर अब चल्नेवाला छैन ।
० तर, संविधानसभाको निर्वाचनमा त सबै सहभागी हुनुपर्ला नि ?
– सहभागी हुनुपर्ने त हो । त्यसैका लागि हामीले अहिलेसम्म प्रयत्न गरिरहेका हौँ । नेपालको विकास, उन्नति र स्थायित्वका लागि नेपाली काङ्ग्रेसले सधैँ प्रयत्न गरिरहेको छ । हामी सबैले भेटेर कुरा गरिरहेका छौँ । हामी मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्न कहिल्यै पछिपर्ने छैनौँ ।
० असन्तुष्ट पक्षलाई निर्वाचनमा ल्याउन सक्नुहुन्छ ?
– हामी प्रयत्न गरिरहेका छौँ । उहाँहरूले वार्ताको आफ्नो बटमलाइन भन्नुपर्‍यो । अशोक राई र उपेन्द्र यादव समूहको माग वैद्यको भन्दा फरक भएकोले उहाँहरू निर्वाचनमा आउनेमा म विश्वस्त छु । एकोहोरो हुँदैन वार्ताबाट विनविन स्थितिमा सहमति गर्नुपर्छ ।
० ६०१ मा जान तयार हुनुभएको हो ?
– यसमा काङ्ग्रेस अहिलेसम्म सहमत भएको छैन । यो धेरै छलफल भएर आएको कुरा हो । जनताले पनि यो देश कङ्गाल बनाउने सङ्ख्या हो भनेर आलोचना गरिरहेको अवस्थामा यो हुँदैन ।
० भारतले निर्वाचन किन चाहेको ?
– भारतले मात्रै होइन । चीन, अमेरिका, ईयू, रुस सबैले चाहेको छ । मित्र र छिमेकी देशमा शान्ति उन्नति होस् भनेर चाहनु उचित हो । आफ्नो देशको जनताको पेट काटेर सहयोग गर्नेले शान्ति, स्थायित्व होस् भन्दा के फरक पर्छ । भारतमा मैले चुनाव गर्दै छौँ भने उहाँहरूले समर्थन गर्नुभयो ।

 

३० श्रावण २०७०, बुधबार १३:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..