आमा :: सुधा एम. राई

तिम्रो छेउमा उभिएर
मैले तिमीलार्इ खोजें…

हिजका तिम्रा ती
स्निग्ध र गम्भीर अनुहार
शान्त र निश्चल अनुहार
तिम्रो यो उमेरलार्इ सुहाउने
अभूत मौनता
थोरै तर मीठा शब्दहरू
निरीह भर्इ जमेको छ ।

निस्तेज तिम्रा ती आखाँहरूसम्म पु-याउन
छैन कुनै माध्यम
जल, थल, वायु ?
मेरो जीवनबाट उद्घाटित विशेष क्षणहरूबाटएक–एक अक्षर टिपेर
समर्पण जस्तो जीवनका केही थुङ्गा कविता
लिएर म अलमस्त छु ।

समवर्ती ! तिमीसम्म पुग्ने उत्कण्ठाहरूमा
मैले मेरा कैयन एकान्तवासहरूमा
हजारौं पन्ना खेर फालेर
म नालायकसिद्ध
कविताको ट्रयाकबाट स्वात्त झरकेी छु
म फेरि कविताको नाममा बदनाम छु।
कुनैदिन तिमीलार्इ साथमा लिएर गाउँको यो गोरेटो हुँदै-
समाज
शहर
देश घुमाउने धोको छ ।

देश भन्नु,
सीमाहरूले घेरिएको संकीर्ण व्यवधान
व्यवस्था र काननुले बाँधिएको साङलो
जसले तिम्रो गम्यतालार्इ कहिल्यै चिनेन
तिम्रा ममताहरूलार्इ लुछेर
निर्धक्क उभेको उसको स्वाभिमान
आमा !
कुनै पक्षमा पनि
देश तिमीभन्दा अग्लो छैन
र कहिल्यै हुँदैन।

मेरी आमा !
समय नबित्दारेहेछ नि ?
केवल हामी बित्दा रहेछौँ ।
यो अगम जीवन–प्रशान्तको अटुट–प्रवाहमा
तिम्रो शालीन मौनताबाट
संसार आत्मसात गरें ।

यो क्षण
जीवन–सागरको कुन त्यस्तो गहिराइ– सीमा तटमा छौ ?
कुन त्यस्तो संसारमा छौ ?
जसलार्इ भेट्न
तिम्रै सम्मुख उभेर फेरि
ती अमूर्त मौनताभित्र
वाहियत ओहोर – दोहोर गरिरहन्छ
यो अन्तर्मुखी
तिमीदेखि हिड़ेंर तिमीसम्म नै पुग्नलाई

तिम्रो छेउमा उभिएर
मैले तिमीलार्इ खोजें
तिमी आफैमा अथाह कविता हौ
अहिले म
त्यही कविता सागरको एकछेउ उभिएकी छु।

२२ श्रावण २०७०, मंगलवार ०१:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..