अमेरिकामा नेपाली व्यवसायः सिक्नुपर्ने केही पाठहरु:: सानुबाबु सिलवाल

संयुक्त राज्य अमेरिका अवसरको मुलुक हो । अर्को शब्दमा भन्नुपर्दा आर्थिक स्वतन्त्रता उपयोग गर्न सकिने देशको रुपमा हामी अधिकांशलाई थाहा भएकै कुरा हो । भगवानले पनि ‘तँ आँट म पुरा गरिदिन्छु’ भन्छन् रे । आँट, जाँगर र इच्छाशक्ति हुँदा केही न केही व्यवसाय गर्न असम्भव पनि छैन यहाँ । वर्षौसम्म अर्काको मात्रै काम गरेर मात्रै थाकेका थुप्रै नेपालीहरु यहाँ छन् । थुप्रै नेपालीहरुले अर्काको काम गरेर पनि केही न केही आर्थिक हैसियत नबनाएका भने होइनन् । यो यथार्थता एकातिर छ भने अर्कोतिर आँट, जाँगर र क्षमता भएर पनि सानातिना व्यवसायका लागि चाहिने आर्थिक श्रोत नहुनु पनि अर्को महत्वपुर्ण दुःखद् पक्षको रुपमा रहेको छ । स–साना व्यवसायका लागि आर्थिक श्रोत भएर पनि आवश्यक सुझाव, ज्ञान र क्षमताको अभाव भएका नेपाली समुदाय र ज्ञान, सीप र क्षमता भए पनि आर्थिक श्रोतको अभाव भएका अर्को नेपाली समुदायको पक्षमा र उनीहरुका लागि आवश्यक पर्ने केही उत्प्रेरणाहरुका बारेमा यस पटक यस लेखमा समेट्न खोजेको छु ।मुख्यरुपमा आफ्नो साहु आफैँ बनौं भन्ने हो । आफ्नो साहु आफैं बन्दा यसका थुप्रै फाइदा र सकारात्मक पक्षहरु भए पनि चुनौतीहरु प्नि त्यतिकै रुपमा रहेका हुन्छन् । अर्काको काम गरेर धनी हुनेहरु कमै छन् र यो असम्भव पनि छ । दुःख गरेर कमाएको धन व्यवसायमा लगानी गर्दा डुबिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक पनि हो । यसका लागि धेरै कुराहरुको हेक्का राख्नुपर्ने हुन्छ । कुन व्यवसाय गर्ने, कस्तो व्यवसाय गर्दा लगानीको प्रतिफल चाँडै पाइँन्छ भन्नेतर्फ पनि उत्तिकै संवेदनशील रुपमा ध्यान दिनुपर्ने हुन्छ नै । यदि आफुले गरेको कामसँग मेल खानेगरी व्यवसाय गरेमा केही सामान्य ज्ञान हुने भएकाले अन्य कुनै नौलो व्यवसायप्रति हुने आशंका भने कम हुन्छ नै । जोखिम मोल्ने आँटचाहिँ गर्नैपर्छ । आफु जसरी पनि व्यवसाय गर्छु  भन्ने आत्मनिर्णय, घरपरिवारमा सल्लाह र सहमतिपछि व्यवसायको छनौट, त्यसको प्रकृति, व्यवसायको खोजी र स्थान छनौट महत्वपुर्ण पक्षहरु हुन् । अन्धविश्वासमा परी अन्धभक्त भएर व्यवसायको छनौट र व्यवसाय खरिद गर्नु अत्यन्त जोखिम र यो दीगो नहुन सक्छ । नयाँ वा पुरानो व्यवसाय खरिद गर्दा आफ्नो साथमा अनुभवी मानिस, भाइसाथी वा आफन्तको सुझावका साथै सरसहयोग पनि आवश्यक पर्छ ।व्यवसाय छनौट वा खरिदपश्चात् आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित वकिल, भुक्तभोगी भाइसाथी वा आफन्तको सहयोगबिना व्यवसायको पहिचान र यसलाई अघि नबढाउँदा राम्रो हुन्छ । यसका लागि आवश्यक पर्ने भाषा, कानुनी ज्ञान र प्रक्रियाहरुमा अत्यन्त सजग नभएमा फस्न सकिने खतरा बढी हुन्छ । कम्पनी दर्ता तथा आवश्यक प्रमाणपत्रहरुको प्राप्तीमा पनि त्यतिकै झन्झटहरु छन् । तर, सहयोग भएमा त्यति कठीन पनि छैन । व्यवसाय खरिदपछि कसरी विभिन्न कानुनी पक्षहरुको पालना गर्ने तथा स्थानीय रुपमा आफुलाई समायोजन र आर्थिक व्यवस्थापनको पक्षहरु दीगो व्यवस्थापनका लागि आवश्यक पर्ने अत्यन्त महत्वपुर्ण पक्षहरु हुन् । समस्या पर्दा नआत्तिने तथा सहज र राम्रो हुँदा नमात्तिने प्रवित्तिको विकास आफैंबाट सुरु गर्दा व्यवसायलाई दीगो बनाउन सकिन्छ पनि । अमेरिकामा सबैभन्दा राम्रो पक्ष भनेको यहाँको कानुन, साना व्यवसायप्रति राज्यको सहुलियत र सुरक्षाहरु महत्वपुर्ण छन् । अर्कोतर्फ आँट, जाँगर र सीप भएर पनि आर्थिक सवलता नभएका नेपालीहरु प्नि अमेरिकामा थुप्रै संख्यामा छन् । अमेरिकामा सबैभन्दा महत्वपुर्ण सह्रानीय पक्ष भनेको सबै काम र व्यवसायप्रति उत्तिकै सम्मान छ । जिउनका लागि गैरकानुनी कामवाहेक जे काम गरे पनि फलानोले यसो ग¥यो, उसो गर्दैछ भन्ने असभ्य भाषा यहाँ हुँदैनन् पनि । यहाँ केही अपवादबाहेक मानिसलाई अर्काको बारेमा बढी चियोचर्चो गर्ने र खसालेर बोल्ने फुर्सद पनि छैन । सरसापट गरेर व्यवसाय गर्न पनि नसकिने होइन । तर, कसैले पनि कसैबाट बढी अपेक्षा गर्न सकिँदैन र गर्नु हुदैन पनि । यी यस्तै जीवनशैलीका महत्वपुर्ण गम्भीर पाठहरु मानिसलाई अमेरिकाले सिकाउँछ । अमेरिकामा कुनै व्यवसाय गर्न पनि बसोबास गरिसकेपछि आफ्नो बसाइको कानुनी आधार हुनैपर्छ । कानुनी आधार नभएसम्म कम्पनी दर्ता गर्ने र विभिन्न सरकारी तथा निजी क्षेत्रबाट प्राप्त गर्नुपर्ने प्रमाणपत्रहरु प्राप्त गर्न सकिँदैन । संघीय सरकार र राज्य सरकारबाट प्राप्त हुने प्रमाणपत्र, करको नियम र अवसर प्राप्तीका लागि आफ्नो कानुनी कागजात हुनैपर्छ । कानुनी आधार बनाइसकेपछि आर्थिक अनुशासनमा रहेर विविध खर्चको बक्यौताहरु समयमा तिरेको छ कि छैन भन्ने कुरा जुनसुकै संस्थाहरुले पनि आफ्नो अनुमतिमा हेर्नसक्नेछन् । यदि आर्थिक अनुशासन र बिल बक्यौताहरु समयमा तिरेको सफा पृष्ठभुमि भएमा विभिन्न वित्तीय संस्थाहरुले ऋण प्रवाह गर्न सक्दछन् । यहाँ सरसापट र ऋण लिएर व्यवसाय गरिरहेका नेपालीहरु थुप्रै संख्यामा छन् । अमेरिकामा नेपालीहरुको पहुँच भनेकै साना व्यवसायमा रहेको छ । ग्याँस स्टेशन, ग्रोसरी स्टोर, ट्राभल एजेन्सी, कानुनी सेवा, निर्माण र रेस्टुरेन्ट, आयात–निर्यात र खुद्रा व्यवसायआदिमा अधिकांश नेपाली व्यवसायीहरुको लगानी रहेको देखिन्छ । नेपालीहरुको बस्तीमा बृद्धिसँगै भएका श्रोत, साधन, सीप र ज्ञानलाई लगानीमा ढाल्नेतर्फ नेपालीहरुको अग्रसरता बढिरहेको देखिन्छ । आवश्यक समयमा आवश्यक सुझाव, सहयोग र श्रोतको आदान–प्रदान गर्न नसक्ने, गर्न नचाहने र समुदायप्रतिको उत्तरदायित्वको आवश्यकता महसुस कम भएको हो कि भन्ने देखिन्छ । तर, केही वर्षयता नेपालीहरुको विभिन्न व्यवसायप्रति बढ्दै गइरहेको आकर्षण, लगाव, लगानी र उत्साहजनक सहभागितालाई हेर्ने हो भने यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । भएका श्रोत, साधन र ज्ञानलाई आफ्नो समुदायका लागि सहयोगी बन्ने र सामुहिक प्रगतिको धारणालाई अगाडि बढाउनुपर्ने देखिन्छ । बढ्दै गइरहेको नेपालीहरुको लगानीको सकारात्मक प्रभावलाई नेपालको आर्थिक सम्मुनतिसम्म जोड्न हामी सबैको उत्तरदायित्व र प्रतिवद्धताको खाँचो पर्दछ । अमेरिकाको विभिन्न राज्यमा नेपालीहरुले जोखिम मोलेर भए पनि व्यवसाय सञ्चालन गरिरहेका छन् । यीनै नेपाली व्यवसायीहरुको पहिचान, तथ्यांक र उनीहरुको समस्या र चुनौतीहरुलाई सामुहिक रुपमा सम्बोधन गर्नुपर्ने आवश्यकताको महसुस बढ्दै गइरहेको छ । भएका श्रोत, साधन, ज्ञान र क्षमतालाई सामुहिक रुपमा अघि बढाउन सकेमा अमेरिकाको व्यवसायिक क्षेत्रमा नेपाली व्यवसायीहरुको थप प्रभाव र संख्यात्मक हिसावले नयाँ पीँढीको आकर्षण बढ्दै जाने देखिन्छ । यसका लागि एकरुपता, एकजट हुने ज्ञानको आदान–प्रदान हुने आवश्यकता टड्कारो रुपमा देखिन्छ । यसतर्फ अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको साझा संस्था अमेरिका नेपाल व्यवसायी संघ यसतर्फ सक्रिय रुपमा लागि परिरहेको छ । (लेखक बरिष्ठ वातावरण पत्रकार, अमेरिका नेपाल व्यवसायी संघका बरिष्ठ केन्द्रीय उपसभापति र अमेरिकन चेम्बर अफ कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)

२१ श्रावण २०७०, सोमबार ०६:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट फर्किएका ३१ वर्षीय..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..