स्विटजरल्याण्डमा कांग्रेस नेता केसीसँग भेटघाट कार्यक्रम सम्पन्न

वेर्न, स्विटजरल्याण्ड।  नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डको आयोजनामा गत अप्रिल ८ तारिकका दिन वेर्न स्थित कार्यक्रम्मका संयोजक तथा जनसम्पर्क समितिका उपाध्यक्ष विण्णु थापाको निवासमा नेपाली कांग्रेसका केन्दिय सदस्य अर्जुन नरिसंह केसी संग अर्न्तक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

विष्णु थापाकै छोटो स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा स्वीसमा रहेका नेपाली कांग्रेसमा आस्था राख्ने महानुभावहरुको सहभागिता रहेको थियो नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरिसंह केसीले माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने सम्बन्धमा माओवादी लचिलो भए जेठ १४ मै संविधान जारी हुने बताउनुभएको छ ।

जबसम्म माओवादीले हतियार लडाकु सरकारलाई पूर्ण रुपमा बुझाउदैन तबसम्म उनीहरु लोकतान्तित्रक पार्टी बन्न नसक्ने ठोकुवा गर्नुभएको छ । जनसम्पर्क समिति इटालीको प्रथम महाधिवेशनमा सहभागि हुन आउने क्रममा स्विटजरल्याण्डको राजधानी वेर्नमा नेपालस्वीसडटकम संग विशेष कुराकानी गर्दै उहाँले संविधान वनाउने विषयमा धेरै कुरामा सहमति भइसकेको अवस्थामा माओवादी इमान्दार भए संविधान निर्माण गर्न खासै समस्या नहुने बताउनुभएको थियो ।

साथै नेता केसीले तोकिएको समयमा संविधान बन्नको लागि पहिला माओवादी हतियार बिहीन हुनुपर्ने धारण राख्नुभएको थियो । २१ औ शताब्दीमा आएर पनि माओवादीले एकदलिय जनवादको कुरा ल्याएर दोहोरो चरित्र देखाएको पनि आरोप लगाउनु भयो । माओवादी अहिलेको अवस्थामा पनि एकदलिय जनवादको सपना देख्दैछ । उहाँले भन्नुभयो- “२१ औ शताव्दी लोकतन्त्र र मानवअधिकारको शताव्दी हो त्यसलाई नेपाली जनताले पनि स्विकार गर्दैन ।” उनले नेपाली कांग्रेस लोकतान्त्रिक संविधान ल्याउन जहिले पनि तयार रहेको स्पस्ट पार्नुभएको थियो । नेता केसी जनसम्पर्क समिति इटालीको प्रथम महाधिवेशनको उद्घाटन गर्न आउने क्रममा स्विटजरल्याण्ड आउनुभएको हो ।

उक्त भेटघाट कार्यक्रममा जनसम्पर्क समिति स्विटजरल्याण्डको अध्यक्ष रामकुमार महत्तो उपाध्यक्ष विण्णु थापा गुणराज शर्मा तेम्बा गुरुङ्ग जंगम खड्का दक्षिण थापा लगायत महानुभावहरुको उपस्थिती रहेको थियो ।

 

२८ चैत्र २०६८, मंगलवार १८:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..