पाकिस्तानी राष्ट्रपति जरदारी र भारतका प्रधानमन्त्री मनमोहन सिंहबीच वार्ता

नयाँ दिल्ली,भारत,(एजेन्सी)चैत २६ । एक दिने निजी भ्रमणमा भारत आएका पाकिस्तानी राष्ट्रपति आसिफअली जरदारी र भारतका प्रधानमन्त्री मनमोहन सिंहबीच नयाँ दिल्लीमा द्धिपक्षीय सम्बन्धमा वार्ता सम्पन्न भएको छ। वार्तापछि सञ्चारकर्मीसित कुरा गर्न आएका जर्दारीले सबै विषयमा छलफल भएको बताए। दुबैबीच आफसी सम्बन्धमा सुधार ल्याउने सम्बन्धमा छलफल हुने विश्वास गरिएको थियो।
जरदारी आइतबार दिउँसै राजस्थानको अजमेर स्थित ख्वाजा मोइनुद्धिन चिस्तिको दरबारमा दर्शन गर्न जादै छन्।

पाकिस्तानी राष्ट्रपति जरदारी अजमेर शरिफमा शिर निहुराउन आएको यो दोस्रो पटक हो। यस अघि सन् २००५ मा उनी पत्नी बेनजीर भुट्टोसँग यहाँ आएका थिए।

पाकिस्तानकी पूर्व प्रधानमन्त्री वेनजीर भने थुप्रै पटक अजमेर शरिफ आएकी थिइन्। उनले त्यतिबेला भ्रष्टाचारको आरोपमा थुनामा रहेका आफ्ना पति जरदारीको रिहाइको आशिर्वाद मागेकी थिइन्।

एक पटक दर्शन गरेर मागेको मनोकामना पुरा हुने विश्वास गरिएको ख्वाजाको दरबारमा शिर निहुराउने जरदारी चौथो पाकिस्तानी नेता हुन्। उनीअघि पूर्व सैनिक तानाशाह जियाउल हक, वेनजिर भुट्टो र अर्का सैनिक तानाशाह परवेज मुसर्रफ यहाँ आइ सकेका छन्।

२६ चैत्र २०६८, आईतवार २०:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..