आङ सान सुकीको विजयसँगै बर्मामा अमेरिकी नाकाबन्दी खुकुलो

वासिङ्टन,(एजेन्सी) २४ चैत्र । उपनिर्वाचनमा आङ सान सुकीको दलको विजयसँगै अमेरिकाले बर्मामाथिको नाकाबन्दी खुकुलो पार्ने घोषणा गरेको छ।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले यात्रा तथा वित्तीय र लगानीमाथिको नाकाबन्दी खुकुलो पर्ने बताएकी छन्। बर्माको वित्तीय सेवा र लगानीमाथिको प्रतिबन्ध फुकुवा प्रक्रिया थालेको क्लिन्टनले जानकारी दिइन्। अमेरिकी अधिकारीले कृषि, पर्यटन, दूरसञ्चार तथा बैंकिङसहितका क्षेत्रमा नाकाबन्दी फुकुवा हुन लागेको बताएका छन्। क्लिन्टनले बर्मेली नेताले अमेरिका भ्रमणको अनुमति पाउने जानकारी दिइन्। युरोपेली संघका नेताले पनि नाकाबन्दी केही खुलाउने बुधबार घोषणा गरेका थिए।
दक्षिण पूर्वी एसियाली क्षेत्रका देशको संगठन (आसियान) को बैठकले बर्माको राजनीतिक तथा आर्थिक विकासमा सहयोग गर्न तत्काल नाकाबन्दी हटाउन औपचारिक माग गरेको केही घण्टापछि अमेरिकाले यस्तो घोषणा गरेको हो। क्लिन्टनले ‘ऐतिहासिक सुधारका प्रयासको विपक्षमा रहेका व्यक्ति तथा संस्थामाथि’ भने नाकाबन्दी जारी रहने बताएकी छन्। फेब्रुअरीमा पनि अमेरिकाले बर्मामाथिका केही नाकाबन्दी फुकुवा गरेको थियो।
अघिल्ला चुनावभन्दा स्वतन्त्र र निष्पक्ष मानिएको आइतबारको उपनिर्वाचनमा एनएलडीले ४५ स्थानमध्ये ४३ सिट जितेको छ। गत वर्ष बर्मा आएकी क्लिन्टनले राष्ट्रपति थान स्वेको ‘साहस तथा नेतृत्व’को प्रशंसा गरेकी छन्। ‘हामी बर्मामा जारी सुधार प्रक्रियालाई आत्मसात् गछौं,’ उनले भनिन्, ‘असल सम्बन्ध कायम राख्ने हाम्रो नीति निरन्तर रहनेछ।’
अमेरिकाले बर्माका लागि राजदुत छनोट गर्ने र अन्तर्राष्ट्रिय विकास नियोगको कार्यालय खोल्ने तयारी थालेको छ। लन्डनमा बोल्दै बेलायती विदेशमन्त्री विलियम हेगले युरोपेली संघले बर्मामाथिको केही नाकाबन्दी खुकुलो पार्ने सम्भावना भएको बताए। ‘यसको अर्थ बर्मासँग तत्कालै सबैखाले व्यापार थालिन्छन् भन्ने होइन,’ उनले भने, ‘राजनीतिक बन्दी रिहाइ गर्न बर्मामाथि निरन्तर दबाव दिइरहनेछौं।’ चिनियाँ विदेश मन्त्रालयले बर्मामाथि नाकाबन्दी खुकुलो पार्ने पश्चिमा कदमको स्वागत गरेको छ। बर्मामाथि सबै नाकाबन्दी हटाउन चीनको आह्वान छ।
लामो समययता चीन बर्माको निकट सहयोगी तथा ठूलो लगानीकर्ताको रुपमा रहँदै आएको छ। मानवअधिकारकर्मीले भने तत्कालै प्रतिबन्ध हटाउने कुराको विरोध गर्दै आएका छन्। ‘तत्कालै र पूर्ण नाकाबन्दी हटाउनु अपरिपक्व हुनेछ,’ ह्युमन राइट वाचका वरिष्ठ अनुसन्धानकर्ता सुनाई फसुकले भने।

२४ चैत्र २०६८, शुक्रबार १८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..