नेपाली देङ स्याओ पिङको खोजी : सूर्य ढकाल

राणा शासनको अत्यै भएर गणतन्त्र स्थापना भएको पनि आज ७० वर्ष पुग्न थालेको छ तर नेपालको राजनीतिक यात्रा संक्रमणको जटिलतावाट अगाडि बढेको छ । २०६२-६३ सालको जनआन्दोलनबाट प्राप्त उपलव्धिहरु सस्थागत गर्दै दिगो विकास र दिगो शान्तिको लागि अगाडी वढनु आजको आवश्यकता हो । दिगो आर्थिक विकास नगरेसम्म दिगो शान्ति प्राप्त गर्ने सकिदैन । २००७–२०४६ र २०६२–२०६३ सालका राजनैतिक परिर्वतन त भयो तर आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक परिर्वनतन हुन सकेन आर्थिक सामाजिक, साँस्कृतिक शैक्षिक परिर्वतन गर्न नसक्दा हामीले वलिदान गरेर ल्याएका परिर्वतनहरु टिकाउ र संस्थागत हुन नसक्दा बारम्बार आन्दोलित हुन प¥यो । राजनैतिक परिर्वतन सँगै आर्थिक र सिस्टममा परिर्वतन नहँुदा आज नेपाल मानव विकास सुचाङ्कमा १५६ औँ स्थानमा रहेको छ । नेपालको विकास सुस्त छ । हामीसँगै राजनैतिक परिर्वतन भएका चीन र भारत द्रुत गतिमा आर्थिक एवम् सामाजिक विकासतिर लम्किँदा हामी कछुवाको गतिमा पनि हिँड्न सकेका छैनौ । ०७ सालदेखिको परिरर्वतनहरुको मसिनो ढंगले समिक्षा विश्लेषण, अनुसन्धान संस्लेषण गर्ने हो भने विगत जति कष्टप्रद रह्यो वर्तमान उतिकै निसासिँदो र भविष्य त्योभन्दा अन्योलग्रस्त हुने अशुभ संकेतहरु हाम्रासामु छ । विगतमा हामीले उठाएका मुद्धा, माग नारा योजना ठिक थिए वा थिएन समिक्षा गर्ने जिम्मा हामी युवाहरुको काँधमा आएको छ । राजनैतिक रुपले देशलाई डोराउने विचार–सिद्धान्त पुप्पलाल, विपी र मदनभण्डारीले नेपालीलाई दिएर गएका छन् । जननेता मदन भण्डारीले नेपालको राजनीतिलाई मात्र होइन विश्वलाई डोराउन सक्ने विचार जनताको बहुदलीय जनवाद प्रतिपादन गरेका छन्, तर हरिणले आफ्नो सुगन्ध र हनुमानले आफ्नो शक्ति थाहा नपाए जस्तै  हामी जानकारी दिन र पाउन सकेका छैनौँ । शान्तिका अग्रदुत गौतम बुद्धलाई विश्वले चिनेपछि मात्र हामीले चिन्यौँ ।
राजनैतिक रुपमा ठूला र चर्का नारा उठाउने कार्यान्वयन गर्ने बेलामा त्यसको व्यवस्था गर्ने प्रवृति, संस्कार र पराम्पराले नेपाली जनता र युवाहरुमा राजनैतिक दलका नेताहरु प्रति आक्रोस, कुण्ठा र निरासा बढन थालेको छ । असक्षम नेताहरुको कारण देश झन्–झन् गरिव भएको बुझाई छ । राष्ट्रका उधोग धन्दा कलकारखाना बन्दव्यापार एकाधिकार पूँजिवाद र दलाल नोकरशाहिको पकडमा छ । युवाहरु अशिक्षा गरिवि वेरोजगारी दुव्र्यशनी देहव्यापार लगाएत विभिन्न समस्याहरुवाट पिडित छन भने देशको राजनैतिक आर्थिक र सामाजिक दुराव्यवस्थाका कारण युवाहरुमा निराशा पलायन दिशाहिनता गहिरिदोछ  भने शैक्षिक अवस्था अवैज्ञानिक छ, श्रमको अपमान गर्ने खालको छ, शिक्षा जिवनसँग मेल खादैन, सिद्धान्त र व्यवहारसँग मेल खाँदैन, श्रमसित नजोडिएको कारण वेरोजगार बढिरहेको अवस्था छ । सामाजिक परिवेश चाकरी चमप्लुसी घुष खुवाउन सक्ने योग्य हुने, योग्यता र क्षमताको कदर नहुने, डाक्टरलाई विजुली निकाल्ने प्रमुख, कविलाई चियाउत्पादन गर्ने विषेशज्ञ, पण्डितलाई जुत्ताकारखानाको प्रवन्धक, एकवाक्य शुद लेख्न नजान्नेलाई भाषाविज्ञ बनाउने यस्तो सामाजिक परिवेशले ठाउ पाउँदा आम युवाहरुमा निराशा आको्रश, कुण्ठा, कुशासन र परर्निभरता बढदै छ । निराशालाई आशामा, कुण्ठालाई उर्जामा, कुशासनलाई सुसानमा,परर्निभरतालाई आत्मनिर्भरतामा बदल्न राजनैतिक दलहरुलाई विकासका कामहरुलाई प्रथामिकतामा राखेर सक्रिय बन्न वाध्य पार्नु पर्छ । उत्पादन निमार्ण र अनुसन्धानमा लागेका क्षमतावाहन युवाहरुलाई राजनैतिक नेतृत्वमा आउन सक्ने स्टमको विकास गर्ने सक्नु पर्छ । उत्पादनमा लागेका  युवाहरुलाई राज्यले सम्मान गर्ने सेवा सुविधा उपल्ध गराउने व्यवस्था गरिनु पर्छ । राजनैतिक समस्या समाधान भयो भने सवै समस्याहरु समाधान हुन्छ भन्ने मान्यतामा हामीहरु लामो समय सम्म रुमालियौ । राजनैतिक समस्या कहिलै समाधान हुने विषय होइन एउटा राजनैतिक समस्या समाधान हुँदा आर्को  समस्या देखा प्रदोरहेछ । संंसारमा हरेक देशहरु राजनैतिक समस्याहरुवाट मुक्त छैन राजनैतिक समस्या हुँदाहँुदै पनि चीन र भारतले आर्थिक प्रगति गरेर देखाएका छन । श्रीलंकाले लामो गृहयुद्ध भोगेको अवस्थामा पनि आर्थिक र सामाजिक विकासलाई प्रथामिकतामा राख्न सक्यौ तर हामीले किन सकेनौ वहस चलाउनु पदर्छ । राजनैतिक रुपले कमजोर युवाहरुलाई जम्मा पारेर नेपालको राजनीतिमा जवरजस्त नेताको देवत्वकरण र कार्यक्रताहरुको मण्डलेकरण गर्न खोजिँदैछ । युवा वौद्धिक हुन पर्दैन, तर्क वहस छलफल युवाको रोजाई होइन भन्दै युवाहरुलाई भ्रष्टिकरण गर्न खोजिएको छ । त्यसको एउटै मनसाय हो कमजोर युवामाथि लामो समयसम्म शासन गर्न सकियोस् । त्यसैले अब युवाहरु विषयवस्तुमा दक्ष बन्नु पर्दछ । पदले होइन क्षमताले नेतृत्वमा पुग्ने आँट गर्नु पर्दछ ।
नेपाली इतिहासको कालखण्डमा यो वा त्यो  नामवाट हिसाको चपेटावाट मुक्त हुन सकेको छैन । एउटा हिंसालाई सम्वोधन गर्दा आर्को हिसा देखा पर्ने अवस्था निरन्तर छ । हिंसाका सुत्रपात गर्नेहरु सवैले राजनैतिक आर्थिक र सामाजिक कारण देखाएर हिसाको औचित्य स्थापति गर्ने कार्य अझै रोकिएको छैन । विगतमा भएका आन्दोलन हिंसा, विद्रोह र माओवादीको १० वर्ष हिसात्मक युद्ध किन र के कारणले भए भन्ने विषयमा राजनैतिक दल गम्भिर भएको देखिँदैन । १० वर्ष हिसात्मक युद्ध पाँच वर्षपछि शान्ति प्रकृयामा हस्ताक्षर भएको छ । १० वर्ष हिसात्मक युद्ध गरेका माओवादीका ६५०० लडाकुलाई सेनामा समायोजन गर्ने र पुनस्थापनमा जान चाहनेलाई ५ देखी ९ लाखसम्म दिने आधारमा सहमति भए पनि वषौ देखी नेपाली समाजमा रहेको विभेद असमानतालाई दिर्गकालीन रुपमा सम्वोधन गर्ने गरी छलफल गरेको पाईदैन । के यो सहमतिले ति विषयहरुको सम्वोधन गर्छ ? र, भविष्यमा विद्रोह नहुने सुनिश्चितता हुन सक्छ ? नेपाली जनताले सदियौँदेखी उठाउदै आएका माग र मुद्धाहरु सम्वोधन  नगरिदा हिंसा सदासदाको लागि अन्त्य हुदैन दीर्घकालीन रुपमा शान्ति स्थापना गर्ने परिकल्पना गर्ने हो भने राजनैतिक दलहरु विच विकासका मुद्धाहरु केन्द्रमा राखी प्रतिस्पर्धा गर्ने परम्परा स्थापीत गराउन युवाहरुले दवाव दिन सक्नुपर्छ । लामो समय देखी राजनैतिक दलहरुको शिक्षा, स्वास्थ्य, रोजगार, सडक यातायात सामाजिक अधिकार लगायताका विकासका आधारभुत विषयहरु प्रमुख मुद्धाहरु बन्न सकेको पाइदैन । जनजिविकाको मुद्धाहरुलाई प्रमुख मुद्धाको रुपमा नउठाएसम्म दिगो विकास हुन सक्दैन । दिगो विकास नभएसम्म दिगो शान्ति निर्माण गर्न सकिँदैन । राजनीतिक दस्तावेजमा बुँदा बनाएर सहमतिपत्र नाम दिई हस्ताक्षर गर्दैमा शान्ति आउँदैन न त एक जोडि परेवालाई पक्रेर राजधानीको मुटुमा विशेष समारोविच दिग्गज राजनितिज्ञको हातवाट उडाउँदैमा शान्ति आउँछ । यी शान्तिका कामना वाहेक केही होइन । भोको पेटले प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रको नारा मुक्त कण्ठले घन्काउन सक्दैन । कामनाले मात्र शान्ति प्राप्ती हँुदैन । त्यो दिगो आर्थिक विकास एव सामाजिक विकासवाट मात्र सम्भव छ । विकासको मार्ग चित्र कोर्न ढिलो गर्न हुदैन । विकास गर्न नसक्ने र विकास गर्न नचाहनेलाई नेतृत्वमा जानवाट रोक्न र राजनैतिक गर्नेदलहरुलाई विकासमा केन्द्रित रहन वाध्य पार्न सक्नु पर्छ ।
चाहेर होस वा नचाहेर, दिएर होस वा नदिएर, समयले जवरजस्त युवाहरुको काँधमा जिम्मेवारी सुम्पिँदैछ । समय  जवरजस्त वदलिन खोजेको छ । देशलाई पनि वदल्नु पर्छ । लाखौ युवाहरुलाई राष्ट्रिय निति वनाई राष्ट्र विकासको मुलप्रवाहमा नराखेसम्म सम्वृद्धि नेपालको परिकल्पना गर्ने सकिदैन । राजनीतिक गफ हाकेर मात्र सम्वृद्धि प्राप्त गर्न सकिदैन । सामाजिक न्याय र आर्थिक सम्भावना नदेखेसम्म असुन्तष्ट वा आर्को समुह खण्डा हुन समय लाग्दैन । एउटा समुह सत्तामा पुगेर शान्तिपुर्ण राजनैतिक मुलधारमा आउदैमा समस्य हल भएको ठान्नु आर्को गम्भिर भुल हुने छ । देश गरिवि र असमानताको दलदलमा रहने वेला सम्म हिसा मच्चाउने खतरनाक समुहरु जन्मन सक्छन भन्ने दिशाम राजनैतिक दल र तिनका नेताहरु छनकि छैन प्रश्न यहानेर छ । अव विकासकेन्द्रित मुद्धाहरु उठाउने र विकास प्रेमीलाई नेतृत्वदाही स्थानमा पुराउन पहल गर्नु पर्छ । आर्थिक क्रान्तिको दिशामा मुलुकलाई लैजान विकासको लागि सर्वत्र दवाव सृजना  गर्नुपर्छ । अन्यथा हिंसाको एउटा पाना पल्टन नपाउदै आर्को पाना देखा पर्न  सक्छ  । अव पनि प्रत्येक दिन १५०० का दरले रोजिरोटिको लागि विदेश पलायन भईरहेको युवा शक्तिलाई नेपालको खोरीया र चारकोषे जाडीमा काम दिन सकेनौ भने विपन्न देशको नाममा कमण्डलु लिर्दै भिक माग्नु भन्दा केही हुने छैन ।
पुराना मुल्य मान्यता विघटन र नयाँ मुल्य मान्यता स्थापित हुन खोजिरहेको यस संक्रमणीक राजनैतिक अवस्थामा हामीले विगत देखी बोक्दै र अपनाउदै आएका सिद्धान्त सोच, विधि प्रकृया सिस्टम चिन्तनको नयाँ परिभाषा र नयाँ दिशामा खोजिनु पर्छ । त्यस दिशामा युवाहरुले दिमाख खियाउन सक्नु पर्छ । पुराना सोच दिमागबाट नयाँ नेपालको परिकल्पना गर्न सकिँदैन । हामीले बोकेका सिद्धान्त र मान्यताहरुले अहिलेको समय र समाजलाई सम्वोेधन गर्न सक्छ कि सक्दैन सकेको छ कि छैन । समाज र समय एकातिर राजनीतिक दलका सिद्धान्त र सपनाहरु आर्कोतिर विभाजित हुने दलदलमा राजनैतिक दलहरु फसेको हुनाले मुलुको प्रगति हुननसकेको हो । समाज र समय सग सिद्धान्त र सपनाको समायोजन गर्ने सम्ने आटीलो नेतृत्वको खोजि गर्नु पर्छ । हामी सँगसँगै परिर्वतन भएको चीन पनि कृषिमा आधारित अर्थतन्त्र भएको देश हो । यसको ८० प्रतिशत जनसख्या ग्रामिण क्षेत्रमा नै बसोवास गर्दछन यसको सामाजिक स्थायित्व पनि ग्रामिण क्षेत्रसग गासिएको चीनलाई परिर्वतनको छोटो समयमै देङ स्याउफिङ को आर्थिक चिन्तन र योजनावाट सुरु भएको चिनको आधुनिकरणको अभियानले छोटो अवधिमै प्राप्त गरेको सफलताले विश्वलाई चकित पारेको छ । सम्वृद्धि र समुन्नत नेपालको लागि ३ करोड नेपाली जनता बिचवाटै त्यो एमाले काँग्रेस, माओवादी वा अन्य कुनै किन नहोस नेपाललाई विश्व मानचित्रमा सम्वृद्धि नेपालको रुपमा चिनाउन नेपाली देङ स्याओ पिङको खोजी नगरेसम्म हामी नयाँ नेपाल सम्वृद्धि नेपालको निर्माण र दिगो शान्ति स्थापना गर्ने सक्दैनौ ।
(लेखक युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष हुन् ।)

३ जेष्ठ २०७०, शुक्रबार ०९:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..