राज्य र सरकार किन बुझ्दैन प्रवासी नेपालीका पिडा ? : चित्र केसी

चुनावको बारेमा अहिले निकै चर्चा परिचर्चा हुन सुरु भएको छ। सरकारले अहिले सम्म निर्वाचनको मिति तय गर्न सकेको अवस्था छैन तै पनि राजनैतीक दलका नेताहरु चुनावको माहोल बनाउना गाउँगाउँ पुगेर जनतालाई आफ्नो पक्षमा प्रभाब पार्न कम्मर कसेर लागेका छन्। एक पार्टी अर्को पार्टीको धज्जी उडाउने खेलमा तल्लिन छन्। एकले अर्कोलाई अशोभनिय तरिकाले गाली गलौज गरेर आफ्नो पक्षमा जनमत आउँछ भनेर सोचनु भनेको मुर्खता सिवाय केही होला जस्तो लाग्दैन। जनाताको भाबना र मन जित्न जनाताको पक्षमा काम गर्न सक्न पर्‍यो, लाखौं नेपाली युवाहरु बिदेसी भुमिमा आफ्नो परिवार त्यागेर पसिना बेचिरहेका छन।

बिदेशी भुमिमा, उनिहरुको दर्दनाक पिडा र समस्याको बारेमा खै त नेपाली नेताहरुको चासो र उनिहरुको वास्तविक समस्यालाई प्राथमिकतामा राखेकोरु नेपाली नागरिकहरु विश्वको जुनसुकै मुलुकमा पनि गरिबीको कारणबाट हेपिने, श्रम शोषण हुने, उनिहरुको कुनै कुरा सुनुवाई नहुने जस्ता बिकराल समस्याको बाबजुद उनिहरु काम गर्न वाध्य छन् तर खै त उनिहरुको हक अधिकारको लागि सरकारले बनाएको बैदेसिक निती श्रम नीति आदि केबल नेपालका म्यानपावर कम्पनीहरुलाई सरकारले नै पैसा र पावरको भरमा ठगी खाने लाइसन्स दिएको छ जसले गर्दा युवाहरु ठगिन बाध्य छन। नेपाल सरकार यति लाचार छायाँ बनेको छ जहाँ बिदेसी भुमिमा के समस्या छ उनिहरुको कामको अवस्था र सुरक्षा स्थिति कस्तो छ भन्ने बारेमा उसलाई कुनै सरोकार भएको देखिदैन।

अहिले बिशेष रुपमा खाडी मुलुकमा आउनेहरुको लागि प्रमुख समस्या भिसाको देखिएको छ। यहाँबाट आफुले काम गर्ने कम्पनी मार्फत आफ्नो मान्छेहरुको लागि भिसा निकालेको हुन्छ तर नेपाल सरकारको परीभाषामा आफ्नो ज्वाँई, भतिज, भान्जा, साला लगायत अन्य नजिकको सम्बन्धलाई समेत नाता नपर्ने भनेर उल्लेख गरेको हुँदा उनिहरु भिसा निस्किय भएको छ र उनीहरु यहाँ आउन सक्दैनन्। आफ्नो साला, ज्वाँई, भान्जा, भतिज लगायत अन्य नजिकको नातालाई नाता मानिदैन भने कुन चाँही नाता पर्दछ यसबारेमा स्पस्ट निती हुनु जरुरी छ। यस्तो अव्याबहारिक र आफ्नो नागरिकलाई नै अप्ठारो हुने किसीमको निती बनाउनु के सरकारको नागरिकप्रतिको सदासयता होतरु होइन भने यस्तो अव्याबहारिक निती र कानुनलाई परिमार्जित गरी बिदेसमा बस्ने नेपालीहरुको लागि सरकार किन सहयोग गर्न आँखा चिम्लेर बसेको छ। आखिर भिसा निस्के पछि जसरी भए पनि सम्बन्धित ब्यक्ति म्यानपावर मार्फत दलाललाई पैसा खुवाएर आउने गर्दछ। सरकारको यो नीतिले झन म्यानपावर कम्पनी र दलालहरुलाई प्रत्यक्ष रुपमा फाईदा हुने काम गरिदिएको छ। बिदेसमा बस्ने र काम गर्ने नेपालीको लागि सरकार किन स्पस्ट निती लिएर कार्यन्यन गर्न सक्दैन। जुन ब्यक्तिगत भिसाको बिषय छ यसलाई तुरुन्त परिमार्जित गरेर बिदेसमा बस्ने नेपाली नागरिकको वास्तविक समस्यालाई बुझ्नु जरुरी छ। यो बिषयले निकै नेपालीलाई हैरान र दुस्ख दिएको अवस्था छ।

नेपालका पार्टीका नेताहरु केबल कागज र भाषणमा मात्र नागरिकको हक हितको बारेमा मात्र कुरा गर्दछन्। बिदेस आउछन घुम्छन सबै थोक हेर्छन तर बिदेसमा भएको बिकास, यहाँको कानुन र अन्य देसका जनाताको आर्थिक बिकास जस्ता जनाताको प्रत्यक्ष सरोकार राख्ने कुराको बिषयमा नेपालमा फर्के पछि उनिहरुको सोचाइ र कल्पनामा समेत पर्दैन कसरी नेपाललाई पनि अन्य बिकसित मुलुक जस्तै नमुना बनाउने भनेर। अहिले सम्म सबै पार्टीका शिर्स नेताहरु विश्वको हरेक बिकसित मुलुकमा भ्रमण गरिसकेका छन तै पनि उनिहरुको त्यो भ्रमणले नेपालको लागि कुनै फाईदा दिने भन्दा पनि आफ्नो ब्यक्तिगत आनन्द भन्दा अरु केहि हुन सकेन।

सरकारमा आफु बसुन्जेल माखो समेत मार्न नसकेका बाबुराम भट्टराई सरकारबाट बाहिरिए पछि अहिले आएर प्रतिब्यक्ती आय ३००० हजार डलर बनाउछु रे भनेर हुँकार छोडदै छन्। ईतिहासमा नै सबैभन्दा बढी खुल्मखुला भ्रष्टाचारलाई प्रश्रय दिने काम त बाबुराम सरकारको पालामा नै भएको थियो। अब नेपाली जनतालाई सस्तो लोकप्रियता झुटा आश्वासन र भ्रममा पारेर फेरी कुनै पार्टीले आफ्नो पक्षमा प्रभाब पारुला भनेर सोचनु भ्रमपूर्ण नै हुनेछ। अब नेपाली जनता पनि एकदम सचेत भएर देस र जनाताको लागि केहि गर्न सक्ने पार्टीलाई जिताउनु पर्दछ। अब पनि जनता र राष्ट्रलाई बन्धक बनाएर कसैले अधिनायकबाद लाद्छु भन्ने सोच नराखे पनि हुन्छ। अझै पनि नेपालका राजनैतीक पार्टीका नेताहरुमा सद्बुद्दी र देश निर्माण गर्ने सोच आउन सकेन भने दुर्भाग्य नै हुनेछ। रास्ट्रले १ दुरदर्सी र केहि गर्दछु भन्ने आत्मबल बोकेको सक्षम नेताको आबस्यक्ता महसुस गरेको छ। अहिले सम्म त्यस्तो आँट र दम भएको ब्यक्ति आउन सकेको छैन।

जनताले अब पार्टीका नेताहरुलाई प्रतिबद्दता प्रकट गराएर मात्र चुनावमा मत दिनु पर्दछ। अन्य मुलुकहरुले छोटो समयमा नै कति बिकासको फड्को मारिसके। किन नेपालका नेताहरु काम भन्दा जनतालाई झुक्काउने मात्र काम गर्दछनरु देश बनाउने जिम्मा त पार्टीको होइन ररु देश बिकास गर्न र देशलाई अगाडि बढाउन निस्चित रुपपा सामान्य कुरामा अल्झेर ब्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्ने हो भने मुलुक कहिले अगाडि जान सक्दैन। यसको लागि त्याग त गर्नै पर्दछ।

लेखक चित्र केसी नेपाली जनसम्पर्क समिति युएई सभापति हुनुहुन्छ।

 

२२ बैशाख २०७०, आईतवार १२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..