पाइलटको आकासमै मृत्युपछि श्रीमतीले विमान सकुशल ओरालिन

अमेरिका, चैत २२ (एजेन्सी)- अमेरिकी आकाशमा उडिरहेको विमानमा पाइलटको मृत्यु भएपछि उनकी वृद्ध पत्‍नीले विमानलाई पूर्वोत्तरमा रहेको सानो विमानस्थलमा सकुशल अवतरण गराएकी छिन्। विमानमा इन्धन लगभग समाप्त भइसकेको बताइएको छ।
८० वर्षीय हेलेन कोलिन्सले धेरै वर्षअघि उडानसम्बन्धी तालिम लिएको भए पनि सेस्ना टि्वन इन्जिन विमानलाई नियन्त्रण गर्न अभ्यस्थ भने थिइनन्। तर सोमबार बेलुका आफ्नो पतिको निधनपछि उनले जसोतसो विमान ओरालेको चेरिल्यान्ड विमानस्थलका निर्देशक केथ कस्बोमले बताए।

कोलिन्सलाई सहयोग गर्न अर्का एक पाइलटले उडान भरे पनि विमान ओराल्ने काम उनी आफैंले गर्नुपरेको थियो। ‘उनी रनवेमा ओर्लने अन्तिम प्रयासमा थिइन्’, कासबोमले भने- अन्तिम प्रयासमा एउटा इन्जिनको आवाज असामान्य सुनिएको रिपोर्टिङ उनले गरेकी थिइन्।

कोलिन्सले सेस्ना कास्वोमलाई सावधान गर्न ग्रिन वेस्थित एयर ट्राफिक कन्ट्रोलर्सको ९११ मा सूचना दिएकी थिइन्। ‘हाम्रो मनमा पहिलो विचार नै यी महिलालाई जसरी भए पनि सहयोग पुर्‍याउनुपर्छ भन्ने आयो’- उनलेभने।

कासवोमले विमानस्थलभन्दा एक माइल पर मात्र बस्ने विमान चालक (पाइलट) रोबर्ट भुक्सानोविचलाई बोलाएका थिए। त्यसपछि भुक्सानोविचले अर्को विमानमा उडेर महिलालाई सहयोग पुर्‍याएका थिए।

२२ चैत्र २०६८, बुधबार १५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..