के नपुगेर विदेशिनु प¥यो पारसले ? :: रमेश ग्रहण सिलवाल

हरेक मानिसको बायोडाटामा विदेश भ्रमण परेको हुन्छ । कुन मानिसले कतिवटा देश घुमेको छ, के–कति अनुभव हासिल गरेको छ, त्यसको आधारमा विद्वता नाप्ने चलन पनि रहेको पाइन्छ । कुनै पनि मानिस किन आफ्नो देश छाडेर विदेश जान्छ, त्यसका कारण धेरै हुन सक्छन् । कोही रोजगारीका लागि विदेशिन्छन्, कोही पढाइ–लेखाइ सम्पन्न गर्न विदेश पुग्छन्, कोही घुम्नका लागि त कोही मिडिङ, सेमिनार आदि–इत्यादिका लागि विदेश पुग्दछन् । सङ्ख्यात्मक रूपमा हेर्ने हो भने नेपाली युवा विशेषगरी रोजगारीका लागि विदेशिने गरेको तथ्याङ्क ज्यादा छ । करिव तीस लाख नेपाली यतिबेला नेपालबाहिर छन् भन्ने आशङ्का र अनुमान छ । तिनै नेपालीले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धान्न प्रमुख भूमिका खेलिरहेको सर्वविदितै छ । विभिन्न देशहरूमा गएर श्रम गरी लाखौ“ नेपाली युवाले आफ्नो घर–व्यवहार धानिरहेका छन्, आर्थिक उपार्जन गरिरहेका छन् ।
राजनीतिक अस्थिरताका कारण यतिबेला नेपालको हरेक क्षेत्र भद्रगोल अवस्थामा छ, विकास निर्माणका कार्यहरू अवरुद्ध छन्, उद्योग कलकारखानाहरू प्रायः बन्द छन्, भएका सीमित उद्योगहरू पनि कहिले ठप्प हुने हुन् वा बन्दै हुने हुन्, त्यसको कुनै ग्यारेन्टी छैन । हरेक क्षेत्रमा राजनीतिक, तनाव, द्वन्द्व र खुट्टा तानातानको समस्या रहेकाले हैरान युवाजगत् बरु आफ्नो देश नै छाडेर विदेश पलायन हुन बाध्य भइरहेका छन् । विदेश गएपछि कमसेकम शान्तसँग सिस्टममा बसेर पढ्न वा कमाउन त पाइन्छ, दुई÷चार पैसा जोगाउन त सकिन्छ भन्ने विश्वासमा दिनहुँ विदेशिन बाध्य हजारौँको संख्यामा नेपाली युवायुवती विवश छन्, विवश पारिँदै छन् । रोजगारी खोज्दाखोज्दै नेपालमा जिन्दगी नै बित्ने, भनसुन, लेनदेन वा कैफियतका त्यस्तै घृणित सर्तहरू पूरा नभई जागिर वा काम नभेटिने भएपछि बिचरा एउटा नेपालीले विदेशिनुबाहेक अर्को उपाय हतपति सोच्न सक्दैन । आफ्नै व्यापार–व्यवसाय गर्न सुरुमै ठूलो लगानी आवश्यक पर्छ जो सबैको क्षमतामा हुँदैन । त्यसैले पनि चुत्थो आम्दानीमा बाँच्नुभन्दा विदेशिनु नै ठीक भन्ने निचोड र निष्कर्षमा नेपाली युवा ऋण नै बोकेर भए पनि अन्य देश प्रस्थान गर्न बाध्य छन् ।
नेपालमै आर्थिक रूपले सम्पन्न मानिस विकसित ठानिएका देशमा उच्च शिक्षा हासिल गर्न वा आर्थिक उन्नति गर्ने उद्देश्यले विदेश जान्छन् । पढाइ सम्पन्न गर्न चीन, भारत, अस्टे«लिया, जापान, रुस, बेलायत, अमेरिका, क्यानडालगायत धेरै देशमा नेपालीको आकर्षण रहेको छ र ती देशमा हजारौँ नेपाली विद्यार्थी रहेका छन् जो कलेजमा पढ्छन् र खर्च जुटाउन काम पनि गर्दछन् । नेपालबाटै पैसा ठेलेर विदेशमा पढ्नेहरू ज्यादै कम छन् । विदेशी कलेजहरू तुलनात्मक रूपले अति महङ्गो र विदेशमा काम गर्न लाज नहुनुले धनी बाबुका छोराछोरी पनि विदेशमा तल्लोस्तरको काम गर्न अघि सर्दछन् । छात्रवृत्ति पाएर पढ्न गएकाको जीवन भने अलि सहज हुन्छ । त्यसबाहेक बल्लबल्ल विदेश आइएको छ, अहिले नकमाए कहिले कमाउने भनेर कमाउने उद्देश्य मात्र राख्ने नेपालीहरू पनि विकसित मुलुकमा थुपै्र छन् । पढे पनि कमाउने नै हो, नपढे पनि कमाउने नै हो भन्ने सिद्धान्त अङ्गालेर पढाइ–सढाइ सबै छाडेर कमाउ धन्दामा लाग्नेहरूको सङ्ख्या पनि कम छैन । दुई÷चार वर्ष अरूको काम गरेर पैसा यथेष्ट मात्रामा जम्मा गरी आफ्नै व्यापार÷व्यवसाय गरिरहेका नेपाली पनि संसारभरि भेटिन्छन् । प्रवासमा रहँदा सम्बन्धित देशको नियम, ऐन–कानुनले पनि नेपालीलाई प्रभावित पारेकै हुन्छ । विशेषतः स्थायी बसोबासको अनुमतियुक्त कागजपत्र नपाएसम्म जीवन कष्टकर र भयमुक्त नै हुने भएकाले विकसित देशमा वैधानिक रूपमै बस्न पाए हुन्थ्यो भन्ने प्रायः सबै नेपालीको चाहना हुन्छ ।
अति विकसित भनिएका देशमा रहेका नेपालीको कथा–व्यथासँग साधारण वा विकसित देशमा रहेका नेपालीको यथार्थता अलि भिन्न पाइन्छ । जस्तो खाडी मुलुकमा लाखौँ नेपाली मजदुरी गर्दछन् । उनीहरूका पीडा बेग्लै खालका छन् । प्रायशः अशिक्षित वा अर्धशिक्षित नेपाली युवा रोजगारीका लागि भारत, खाडी मुलुक, मलेसिया आदि देशमा पुग्छन्् । पढेलेखेका, टाठाबाठाहरू जुन देशमा गए पनि सुख पाउँछन्, पैसा कमाउँछन् तर अनपढ नेपालीले विदेशमा अनेक किसिमको बाधाहरू झेल्नुपर्ने हुन्छ । मुख्य विषय भाषा हो । भाषा देशपिच्छे फरकफरक हुने भएकोले सुरुवाती केही महिना भाषा सिक्नु र बुझ्नमै बित्न सक्छ । भाषाको साधारण ज्ञान भएपछि निश्चय पनि विदेशमा काम–कारोबारमा केही सहजता आउँछ र आत्मविश्वास बढ्छ । एवम् प्रकारले समग्र वस्तुस्थितिको ज्ञान बढ्दै गएपश्चात् विदेशमा काम पाउन र टिक्न सजिलो हुँदै जान्छ ।
जीवनमा एउटा घर नबनाउने र विदेश नजाने छोरो के छोरो भन्ने नेपाली भनाइ छ । देश–विदेश घुमेको मानिसलाई देश खाएर शेष भएको मानिसको रूपमा पनि अथ्र्याइन्छ । विदेश नघुमेको मानिसलाई कुवाको भ्यागुता भन्ने चलन पनि छ । तर, सबैले बुझ्नुपर्ने कुराचाहिँ के हो भने विदेश भनेको विदेश नै हो । आफ्नो मातृभूमिजस्तो विदेश हुँदैन । बिना कुनै स्वार्थ वा मिसन कोही पनि विदेश जाँदैन आफ्नो देश छाडेर । स्वदेशमा ठूलै विशिष्टता पाएको वा ख्याति कमाएको व्यक्ति पनि विदेशमा निरीह बनिरहेको हुन्छ । स्वदेशमा पाइने मान–सम्मान–मर्यादा विदेशमा खोजेर पाइँदैन । विश्वप्रसिद्ध व्यक्ति भए बेग्लै कुरा । विदेशमा पुग्नासाथ सबैथोक प्राप्त हुन्छ भन्ने भ्रमबाट विदेश जाने व्यक्ति सर्वप्रथम मुक्त हुनुपर्दछ । विदेशमा सुख मात्र होइन दुःख पनि अनगिन्ती छन् भन्ने बुझ्नुपर्दछ र तत्अनुरूप मानसिक रूपले तयारी गर्नुपर्दछ । केही समयअघि मलेसियामा सोझा नेपालीलाई स्थानीय गुण्डाहरूले भक्कुमार कुटेर लास बनाएदिए । कुटाइ खाने नेपालीलाई त्यहाँ बिचरा भन्ने र अस्पतालसम्म पु¥याउन पनि घन्टौँसम्म कोही भएन । स्थानीय प्रहरी लाचार देखिन्थे, गुण्डाहरू उत्साहित ।
विदेशमा रहेका नेपालीले मजदुरीका नाममा विभिन्न दुःखकष्ट झेल्नुपरेको खबर बारम्बार मिडियामा आइरहन्छ । म्यानपावर र एजेन्टहरूबाट विदेशिने क्रममा नेपालीले ठगिनुपरेको, विदेश पुगेपछि पनि सम्झौताअनुरूप काम र पारिश्रमिक वा तलब नपाएको, अत्याधिक श्रमशोषणमा पर्नुपरेको, महिला नेपाली कामदारले यौन दुव्र्यवहार र हिंसा भोग्नुपरेको, ब्ल्याकमेलिङमा पर्नुपरेको, कुटाइ खानुपरेको, सानातिना गल्तीमा पनि जेल पर्नुपरेकोलगायत लुटेराहरूले पैसा लुट्ने गरेको, नेपालीले नेपालीलाई नै ठग्ने गरेकोलगायत हत्यासम्म हुने गरेका खबरहरू समयसमयमा आइरहछन् । पूर्वयुवराज पारस शाहलाई थाइल्यान्डमा भूमिगत गिरोहले ज्यान मार्ने धम्की दिएकाले उनलाई ठूलै तनाव भएको र हृदयाघातसम्म भएको बताइन्छ । पारस शाहलाई नपुग्दो केही थिएन, राजा भएकै मुलुकमा बस्छु भनेर उनी थाइल्यान्डमा बसेका थिए तर त्यहाँ उनी सुरक्षित हुन सकेका छैनन् । विदेशमा नेपाली कति असुरक्षित छन् भन्ने यो एउटा गतिलो प्रमाण हो । एकजना पहुँचवाला व्यक्तिको त अवस्था डरमर्दो हुन्छ भने अन्य नेपाली विदेशमा छाती फुलाएर कसरी हिँड्न सक्लान् ? प्रश्न गम्भीर छ ।
परराष्ट्र मामिलाअन्तर्गत हरेक ठाउँमा नेपालको कूटनीति यति कमजोर भइसकेको छ कि कुनै पनि देशको नेपाली नागरिकताप्रति आरोप वा लाञ्छनामा सम्बन्धित नेपाली राजदूतावासले उचित अडान राख्न सक्दैन । बिनागल्ती सजाय भोगिरहेका नेपाली नागरिकको रक्षाका लागि आवश्यक पहलकदमी लिन चाहँदैन, सक्दैन । गोविन्द मैनालीले जापानमा मिथ्या आरोपमा पन्ध्र वर्ष जेल बस्नुप¥यो । मैनालीले बिनाकसुर जे–जति दुःख जीवनमा भोग्नुप¥यो, त्यसको क्षतिपूर्ति दुई÷चार करोड रूपैयाँले हुन सक्ला ? यस्ता उदाहरणहरू विश्वभरि नै छन् । असङ्ख्य नेपाली आज पनि विदेशका जेलभित्र छन् । जेल परेका सबै नेपाली अपराधी होइनन् तर विडम्बना उनीहरू सजाय भोगिरहेका छन् । इराकमा बाह्रजना नेपाली युवाको हत्या हुन लाग्दा तत्कालीन सरकारले कुनै जवाफदेहिता लिएन, टुलुटुलु हेरेर बस्यो र फलस्वरूप उनीहरूको नृशंस हत्या भयो । हालसालै भारतको गुजरातमा नेपालीले आत्मदाह गरे आफ्नो घरबार जाने भो भनेर तर त्यो समाचारमै सीमित भयो ।
सुखद जीवनयापनको सपना बोकेर विदेशमा रगत–पसिना बगाउने नेपालीको अस्तित्व छ कि छैन सरोकारवालाहरूले प्रस्ट पार्नुपर्छ । कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरिया भिडन्तको तयारी गर्दै छन्, त्यहाँ दशौं हजार नेपाली कार्यरत छन्, दक्षिण कोरियामा मजदुरी गरिरहेका नेपालीको सुरक्षाका लागि नेपालले कसरी सोच्ने हो ? के नेपाली नागरिक विदेशमा छन्, उनीहरूले पठाएको रेमिट्यान्सकै भरमा नेपालको अर्थतन्त्र बचेको छ भनेर पिसाबको न्यानो लिएर मात्र नेपालीको रक्षा हुन्छ ? वैदेशिक रोजगारको नाममा मानव तस्करी बढिरहेको छ, कति महिला बेचिएका छन्, उनीहरूको अस्मिता लुटिएको छ, कति व्यक्तिहरू घर न घाटका भइरहेका छन् ठगीमा परेर, त्यसको जाँचपड्ताल कसले गर्ने ? के सरकारले संवेदनशील भएर सोच्नुपर्दैन ? आवश्यक नीति–नियमहरू थप निर्माण गर्ने र आवश्यक भए संशोधन गर्नुपर्दैन ? एक त नेपाली जनतालाई विदेशमा गएर मजदुरी गर्नै नपर्ने अवस्थामा पु¥याउनुपर्ने हो । त्यसका लागि देशमा शान्ति, अमनचैन, राजनीतिक स्थिरता र विकास हुनुप¥यो । ठूलाबडाहरू, देश चलाउँछौँ भन्नेहरू गोहीको आँसु चुहाउँछन्, देश–विदेश घुम्छन्, नाक फुलाउ“छन् तर वैदेशिक रोजगारको वास्तविक प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा ध्यान दिँदैनन् । स्वदेशमा विभिन्न कारणले अस्तव्यस्तता र पीडा भोगिरहेका नेपाली युवाले कम्तीमा पनि विदेशमा रोजगारी पाउँदा, मजदुरी गर्दा पीडा भोग्नु नपरोस् । कहिले चीनमा पढ्न जानेहरू ठगिएर अलपत्र पर्ने, कहिले अरबतिर जान चाहनेहरूले दयनीय अवस्थामा पुग्नुपर्ने, यस्तै–यस्तै नियतिले गर्दा वैदेशिक रोजगार पेसा पूर्णतः बद्नाम भइसकेको छ । नेपालमा गरेको स्वास्थ्य परीक्षण सम्बन्धित देशमा काम नलाग्ने वा उल्टने, आउरे–भाउरे जो पनि म्यानपावरको एजेन्ट बनिदिने, कुनै योग्यता नचाहिने । यो गफको भरमा ठगीलाई केन्द्रबिन्दु बनाएर सञ्चालित वैदेशिक रोजगार व्यवसायलाई सरकारले अर्जुनदृष्टि लगाएर सन्तुलन र नियन्त्रणमा राख्न अति जरुरी छ । साथै यो व्यवसाय पूर्ण रूपमा पारदर्शी हुनु अत्यावश्यक छ ।
विश्वभरिका विदेशमा रहे–बसेका नेपालीको हितका लागि एनआरएन भन्ने संस्था खडा गरिएको छ । यही संस्थालाई भजाएर संस्थाको व्यापक दुरूपयोग भइरहेको पनि सुन्नमा आएको छ । यसका जिम्मेवार पदाधिकारीहरू रातरात करोडपति, अर्बपति बन्ने लालसाले संस्थाको मूल्य, मान्यता र हितविपरीत कार्यहरू गर्दछन् भन्ने पनि सुनिन्छ । एनआरएनले वास्तवमा हरेक मुलुकमा बस्ने, पढ्ने वा मजदुरी गर्ने नेपालीको हकहितका लागि आवाज बुलन्द गर्नुपर्छ, सक्दछ । विदेशमा रहेका नेपाली सबै एकै किसिमका छैनन् । कोही धनी, कोही गरिब, पढेका, नपढेका, सोझा, चलाख, राम्रा–नराम्रा सबै थरीका छन् । भन्ने नै हो भने सबै, विदेशमा रहेका नेपाली नेपाल फर्केर मिठोपिठो खाएर देश बनाउन लाग्नुपर्ने समय हो यो । तर, नेपालीका आ–आपनो विवशता र बाध्यता छन् । आशा गरौँ, स्वदेशमा मात्र होइन विदेशमा पनि नेपाली–नेपालीबीच फाटो आउने छैन, अविश्वास र धोकाधडी हुने छैन, नेपालीले नेपालीलाई हृदयदेखि सहयोग गर्नेछन्, जान्ने, बुझ्ने, अनुभवी नवआगन्तुकलाई आवश्यक सरसल्लाह र सहायता गर्नेछन्, सङ्गठित हुनेछन्, आफ्नो पनि प्रगति गर्नेछन् र देशको पहिचान पनि राख्नेछन्, पीडामा परेका र फसेका–फसाइएका नेपालीको सबै मिली उद्धार गर्नेछन्, आ–आफ्नो सबै सपना सार्थक बनाएर मिसन पूरा गर्नेछन् र आफ्नै मातृभूमिको सेवा गर्न क्रमशः फर्किनेछन् ।

११ बैशाख २०७०, बुधबार ०८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..