‘बुढो गोरु’ भन्नेहरुलाई काङ्ग्रेसले के जवाफ दिने ? :: विनोद नेपाल

नवलपरासीको सदरमुकाममा चैत २६ गते उद्घाटन भएको नेपाली काङ्ग्रेसको महासमिति बैठकको बन्दसत्र र अन्य कार्यक्रम नवलपरासी जिल्लामै अवस्थित प्रशिद्ध धार्मिक स्थल त्रिवेणीधाममा जारी छ । सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक शक्ति भएर पनि आन्तरिक लोकतन्त्रमा सधैँ कमजोर देखिएको काङ्ग्रेस र विधानमा हरेक दुई वर्षमा हुनुपर्ने व्यवस्था भए पनि विरलै मात्र हुने गरेको यो बैठकप्रति सबैको चासो छ । यसैगरी मुलुकको राजनीति अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेको, दोस्रो संविधानसभा निर्वाचनको तयारी भइरहेको र प्रशासकहरुको सरकारले शासन चलाइरहेको बेला बैठक आयोजना भएकोले पनि यसको निकै ठूलो महत्व छ ।
उद्घाटनका बेला नेताहरुले चर्का भाषण गरे । अबको निर्वाचनमा काङ्ग्रेसले बहुमत ल्याउने घोषणा गरे । काङ्ग्रेस जनतामा विश्वास गर्ने पार्टी भएकोले आगामी निर्वाचनमा यो ठूलो पार्टी बन्ने पनि उनीहरुले जनाए । कार्यकर्तालाई हौस्याउन चर्का भाषण गर्नु स्वाभाविकै होला । तर, जबसम्म त्रिवेणीमै गुटबन्दी सेलाउन र काङ्ग्रेसलाई एक ढिक्का बनाउन नेताहरु तत्पर हुँदैनन् त्यतिन्जेलसम्म काङ्ग्रेसको हविगत यस्तै रहन्छ । अधोगतिको क्रम जारी नै रहन्छ । लोकतन्त्रका कुरा गरेर वा अग्रजहरुको नाम भजाएर मात्र काङ्ग्रेस बलियो हुँदैन, परिस्थिति बदलिएको कुरा बुझ्नुपर्छ । जनाधार गुम्दै जानुको कारण पहिल्याउनु पर्छ, सत्ता र शक्तिभन्दा जनता ठूलो हो भन्ने बुझ्नुपर्छ । जनतामा विश्वास गर्ने पार्टी भन्ने तर जनतासँगको बढ्दो दुरी घटाएर सान्निध्य कायम राख्नेतर्फ प्रयत्न नगर्ने हो भने यो जनताको पार्टी हुन सक्दैन भन्ने बुझ्नुपर्छ । जनता धेरै सचेत भइसकेका कुरा बुझ्नुपर्छ । यसो हुन सके मात्र काङ्ग्रेस सशक्त र सुदृढ हुन सक्छ । ‘मधेसमा बिग्रिएको छवि सुधार्न’ परासीमा महासमिति बैठक आयोजना गरिएको भन्ने पनि सुनिएको छ तर जबसम्म काङ्ग्रेस आफू स्पष्ट हुँदैन, उसका नीति र दिशा प्रस्ट हुँदैनन् तबसम्म काङ्ग्रेसले मधेस, पहाड, हिमाल कतै पनि आफ्नो खस्कँदो प्रभाव रोक्न र पुनः बलियो प्रभाव देखाउन सक्षम हुने छैन ।
नेपाली काङ्ग्रेस मुलुककै सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी हो । यसले पटक–पटक भएका आन्दोलन र क्रान्तिको नेतृत्व गरेको छ । तर आन्तरिक लोकतन्त्रमा यो सदैव कमजोर रह“दै आएको छ । फरक मतलाई उपेक्षा गर्ने गरिएको कारण लोकतान्त्रिक पार्टी भएर पनि यो अराजक र अनुशासनहीनहरुको जमातजस्तो देखिन पुगेको मात्र नभई आफ्नो हैसियत र प्रतिष्ठासमेत गुमाउ“दो छ । फरक मतलाई सुन्ने र आमजनताको प्रतिनिधित्व गर्ने सदस्यहरुका सुझाव, गुनासा र प्रतिक्रिया सुन्दै पार्टी विधान र नीतिमा समयानुकूल परिमार्जन गर्दै जानुपर्ने लोकतान्त्रिक पद्धतिलाई काङ्ग्रेसले अहिलेसम्म उत्तिको महत्व दिएको छैन । यो महासमितिले यस्ता पक्षमा विचार गर्नुपर्नेछ । पार्टीलाई गतिशील बनाउन र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यका सुझाव अनुसार अघि बढ्नका लागि यसलाई अवसरको रुपमा लिनुपर्छ ।
लोकतन्त्र नै सङकटमा परेको, जनतामा निराशा व्याप्त भएको र मुलुक अत्यन्त असहज अवस्था एवम् अकल्पनीय परिस्थितिबाट गुज्रिरहेको यस परिस्थितिमा हुन लागेको यो बैठकको भिन्नै र विशिष्ट महत्व छ । यस बैठकमा काङ्ग्रेसका कमी–कमजोरी, हिजो भए–गरेका काम र लिइएका निर्णयको समीक्षा तथा भावी नीति र दिशाबारे व्यापक छलफल गरी आवश्यक निर्णय लिनुपर्ने छ । प्रजातन्त्रका मूलभूत आदर्शको संरक्षण गर्दै त्यसका मूल्य र मान्यतामाथि कतैबाट कुनै किसिमले पनि आक्रमण हुन नदिनेतर्फ काङ्ग्रेस एकाकार हुनुपर्नेछ । पटक–पटकका परिवर्तनकारी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको र लोकतन्त्रको पर्याय बनेको काङ्ग्रेसलाई काङ्ग्रेसकै बुई चढेर सत्ताको नेतृत्व गर्न पुगेकाहरु कसैले ‘बुढो गोरु’ भनिरहेछन् कसैले ‘यथास्थितिवादी’ भनिरहेछन् । यस्तो परिस्थितिमा महासमिति बैठकले तिनलाई ठेट जवाफ दिन सक्नुपर्छ । जनताको गुमेको विश्वास आर्जन गर्न सक्नुपर्छ । बैठकले पार्टीको आगामी कार्यदिशा र रणनीति तय गर्ने जनाइएको छ । सँगसँ‘गै यस बैठकले सङ्गठन सुदृढीकरण, नीतिगत परिमार्जन र चुनावी रणनीति पनि बनाउनुपर्छ ।
लोकतन्त्रविरोधीहरु लोकतन्त्रको आवरणमा सर्वसत्तावादी शासन स्थापित गर्न उद्यत् रहेका बेला आसन्न संविधानसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुस“ग आवश्यकताअनुसार तालमेल गरी निर्वाचनमा जानेतर्फ पनि काङ्ग्रेसले यसै महासमिति बैठकबाट स्पष्ट निर्णय लिनुपर्नेछ । पुरातन विचार र मान्यतालाई परित्याग गरी लोकतन्त्रका मर्ममाथि कतैबाट प्रहार भए त्यसका विरुद्ध सशक्त रुपमा उभिने प्रणका साथै हरेक नेता, कार्यकर्ताबाट सोही अनुरुप सक्रियतासाथ अघि बढ्ने प्रतिबद्धता र अठोट व्यक्त हुन सकेमा मात्र नेपाली काङ्ग्रेस आफ्नो क्रान्तिकारी इतिहासलाई जोगाइराख्न समर्थ हुनुका साथै महासमिति बैठक पनि सार्थक बन्नेछ ।
महासमिति बैठकमा काङ्ग्रेस यतिन्जेल किन दिशाहीन, नीतिहीन र कमजोर रुपमा प्रस्तुत भयो रु परिवर्तनको बाहक शक्ति हु“दाहु“दै पनि उसमाथि किन यथास्थितिवादी र परिवर्तनविरोधीको आरोप लागिरहेको छ रु किन यो निरीह र कमजोर हुँदैछ रु विघटित संविधानसभामा काङ्ग्रेसको भूमिका के कस्तो रह्यो रु काङ्ग्रेस कमजोर हुनुमा को–को जिम्मेवार रहे रु यी सम्पूर्ण कुराको समीक्षा गर्दै विगतका कमी कमजोरी र गल्ती सच्याउने अठोट गर्दै आगामी रणनीति तय गर्न नसके यो महासमिति सफल भएको ठानिने छैन । यसो गर्न नसके काङ्ग्रेस इतिहासको पानामा मात्र सीमित हुने खतरा बढ्नेछ ।
समग्रमा, काङ्ग्रेसले यस महासमिति बैठकलाई नीति, रणनीति निर्माण र एकताको अवसरको रुपमा उपयोग गर्नुपर्नेछ । निर्वाचनमा सशक्त रुपमा प्रस्तुत हुन कार्यकर्ताको असन्तुष्टि सम्बोधन र गुटबन्दीको अन्त्य गर्नुपर्नेछ । जारी महासमितिबाट काङ्ग्रेस एक होस्, काङ्ग्रेसभित्रको आन्तरिक कलह र वैमनश्यको अन्त्य होस्, आफूमाथि लाग्ने गरेका लाञ्छना वा आरोपलाई जित्दै एउटा ऐतिहासिक पार्टी सशक्त पार्टीको रुपमा पुनःस्थापित हुन सकोस् । यही नै समस्त लोकतन्त्रवादीको अपेक्षा हो । यिनै अपेक्षा पूरा गर्न यो महासमितिले यसका लागि आवश्यक नीति–रणनीति लिन र सोही अनुरुप गर्न सफल भयो भने यो बैठक सार्थक हुनेछ । यसो गर्न नसक्ने हो भने केन्द्रीय समिति पछिको शक्तिशाली मानिने महासमितिको यस्तो संवेदनशील घडीमा भएको बैठकको औचित्यसमेत सावित हुन सक्ने छैन, यो केवल औपचारिकता मात्र ठहरिनेछ ।

२८ चैत्र २०६९, बुधबार ०६:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया बृद्धको मृत्यु भएको..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..