आत्मा–परमात्मा मिलनको याद्गार पर्व शिवरात्रि :: रामसिंह ऐर

परम्परागत रूपमा वर्षेनी फागुन कृष्ण पक्षमा अति श्रद्धा र आस्थाका रूपमा मनाइने महाशिवरात्रि पर्वको वास्तविक आध्यात्मिक रहस्य बुझ्न सकेमा मानिसको जीवनमा अनुपम सकारात्मक परिवर्तन स्वाभाविक रूपमा आउनेछ । जसबाट मानव साँच्चिकै सतोगुणी, मूल्यनिष्ठ र सदाचारी बन्नेछ । फलतः उसको जीवनमा सधैं अखण्ड सुख, शान्ति, समृद्धि र आनन्दको वसन्त बहार हुनेछ । अन्यथा मानिसको परमात्मासँग वा देवी–देवतासँग शान्ति देऊ, सुख देऊ, सद्बुद्धि देऊ, मेरा पाप तथा दुःख–दर्द नाश गर, म नयनहीनलाई मार्ग देखाऊ भन्ने मगन्ते पारा जस्ताको त्यस्तै रहनेछ तथा प्रत्येक वर्षको शिवरात्रि वा अन्य पर्वको पाठ, पूजा भक्तिभाव, उपासना केवल रिवाजी प्रचलनमा मात्रै सीमित रहनेछ ।
वास्तवमा भक्तिभाव हुनु, कुनै कुरालाई आस्था गर्नु र मान्नु नराम्रो कुरा होइन तर एउटा हुन्छ जानेर मान्नु अर्को हुन्छ अन्धाधुन्ध मान्नु । सायद वर्तमान युगमा हाम्रा समाजमा मानिने चाडपर्वहरू श्रद्धालु जनबाट कति हदसम्म जानेर मानिने गरिन्छन् त्यसमा प्रश्नवाचक चिह्न नै खडा हुन्छ । यस सन्दर्भमा शिवरात्रि पर्व पनि एक हो । सनातन मान्यताका मानिसहरू शिवरात्रि पर्वलाई अति धुमधामसँग श्रद्धाका साथ मनाउने गर्दछन् । साधु, सन्त, महन्त, त्यागी, तपस्वी, वैरागीदेखि आमआस्थावानहरू पनि यस पर्वका बेला शिव मन्दिरमा अति श्रद्धाका साथ दर्शन गर्न जाने गर्दछन् । अझ हाम्रो मुलुकको प्रसिद्ध पशुपतिनाथ मन्दिरमा त केवल नेपालबाट मात्र होइन भारतबाट पनि ठूलो सङ्ख्यामा साधु–महात्माका सथै भक्तहरू दर्शन गर्न यस पर्वका बेला ओइरिने गर्दछन् ।
खासगरी यस पर्वका बेला भक्तजनहरूले ब्रत बस्ने, उपासना गर्ने, जागरण गर्ने, धुनी जलाउने र भाङ–चरेसको नसा लिने गर्दछन् । निर्जल, निराहार बसेर उपासना गर्ने तथा धुनी जलाएर रातभरि न सुतेर जागा रहने जागरण गर्दछन् । कतिले चञ्चल मनलाई लठ्ठ पार्न भाङ, चरेसको सेवनसमेत गर्दछन् । यी सबै क्रियाकलापका पछिल्तिर भाव हुन्छ परमात्मा शिव मिलनको आनन्द लिऊँ । प्रभुको सानिध्य र सामीप्य, सायुज्य प्राप्त गरौँ । तर, प्रश्न उठ्दछ के यी प्रचलिच तौरतरिका र रीतिरिवाजद्वारा मानिसले परमात्मा शिव भगवान् पशुपतिनाथको सानिध्य र सामीप्य प्राप्त गर्न सफल भएका छन् त † सायद यसमा होइन, छैन भन्ने उत्तर नै प्राप्त हुन्छ होला । वास्तवमा ब्रत भन्नाले अशुद्ध आहार, विहार, विचार, कर्म, व्यवहार र सोचलाई जीवनबाट सदाका लागि समाप्त गर्ने एक दृढप्रतिज्ञा हो । जुन कुरा गर्दिनँ र जो वर्जित छ त्यसलाई जीवनपर्यन्त जीवनमा आउन नदिनु नै ब्रत हो अर्थात् एक दिनको अल्पकालीन निर्जल, निराहार र शुद्ध आहारले मात्रै हुँदैन जीवनको कठिनभन्दा कठिन परिस्थितिका बीच पनि निरन्तर रूपमा शुद्धिलाई धारण गरिनुपर्छ । उपवास अर्थात् परमात्माको साथमा रहनु, परमात्मा शिवको प्यारमा प्यारविभोर भएर मन, बुद्धिले याद गर्नु, त्यसमा तल्लीन र मग्नमय हुनु अर्थात् ईश्वरीय नशाको आनन्द लिनु । साथै जागरण अर्थात् ज्ञानको प्रकाशबाट सबै प्रकारको अज्ञान अन्धकारको अन्त हुनु । शङ्का र द्विविधाबाट मुक्त हुनुुु । सत्य ज्ञानको प्रकाशबाट मानिसको सत्य विवेक जागृत हुनु अर्थात् ज्ञानको तेस्रो नेत्र खुल्नु हो । वास्तवमा यी स्थूल प्रचलनको आध्यात्मिक गुह्य रहस्य छ तर बहुसङ्ख्यक मानिस यी गुढ रहस्यलाई नबुझी केवल रिवाजी रूपमा मात्रै यिनीहरूको अनुसरण गरिरहेको प्रतित हुन्छ ।
यस सन्दर्भमा के स्पस्ट गर्न खोजिएको छ भने सृष्टिको कल्पान्तका बेला अर्थात् कलियुगको घोर अज्ञान अन्धकारका बेलामा नै ज्ञान सूर्य, पतित पावन, विषहर, मुक्तेश्वर, पापकटेश्वर, परमात्मा शिव पशुपतिनाथले यस धराधाममा दिव्य अवतरण लिनुहुन्छ, अर्थात् अकाया, अजन्मा, अयोनिज, स्वयम्भू परम्ज्योतिर्मय परमात्मा मनुष्य आत्माझैं आमाको गर्भबाट जन्म लिनुहुन्न तर संसारको कल्याणका लागि अर्थात् समस्त मानव जातिको गति–सद्गतिका लागि तथा अधर्मको विनाश सत् धर्मको स्थापनामा लागि एक साधारण वृद्ध मानवी कायामा सन्निविष्ट अर्थात् प्रवेश गर्नुहुन्छ । जुन मानवी कायामा उहाँले प्रवेश गर्नुहुन्छ उसको कर्तव्यवाचक नाम प्रजापिता ब्रह्मा राख्नुहुन्छ । ब्रह्मा मुख कमलद्वारा नै परमात्मा शिवले समस्त मानव आत्माको शुद्धीकरणका लागि सत्य गीता ज्ञान र सहज राजयोग साधनाको विधि सिकाउनुहुन्छ । जसका माध्यमबाट नै मानिस आफ्ना मनोविकार काम, क्रोध, लोभादि माथि विजय प्राप्त गर्न सक्षम हुन्छ तथा जीवनमा कुलत र दुव्र्यसनजस्ता आदतबाट मुक्ति प्राप्त गर्न सक्दछ । परमात्मा एक हुनुहुन्छ । संसारका सबै धर्म, जाति, सम्प्रदायको मान्यताले स्वीकारेकोे केन्द्रबिन्दु हुनुहुन्छ । त्यसैले सबै मूल धर्मले परमात्मालाई परम् प्रकाशमय स्वरूपमा नै स्वीकारेका तथ्यहरू यत्रतत्र सर्वत्र पाइन्छन् । हाम्रा प्राचीन शिव मन्दिरमा स्थापित शिवलिङ्ग ज्योतिर्मय स्वरूपको नै याद्गार हो भने मुसलमानले अल्लाह नूर हो भन्नु, इसाईले गड इज लाइट हो भन्नु, शिख धर्ममा एकोंकार, यहुदीमा जेहोवा, जैनमा अरहन्त तथा बौद्ध धर्ममा चिनकेनसेकी नामले तीन फिटको तिपाईमा शिवलिङ्गजस्तै प्रतिमामा मन एकाग्र गर्नु आदिले परमात्मालाई प्रकाशमय स्वरूपमा स्वीकार गरेको स्पस्ट छ ।
पुनः वर्तमान पुरुषोत्तम संगम युगमा समग्र मानव आत्माका लागि अति नै सौभाग्यशाली र अमूल्य अवसरका रूपमा आएको छ । यस कलियुगको पापाचार, अन्याय र अत्याचारको युगका बीच पुनः परमात्मा शिवको प्रजापिता ब्रह्माको कायामा अवतरण भएको छ तथा विगत ७६ वर्षदेखि गुप्त रूपमा परमात्माको दिव्य कर्तव्य चलिरहेको छ । मानव आत्माको ज्ञान योगको माध्यमबाट दिव्यीकरण गर्ने कार्य अनवरत रूपमा भइरहेको छ । धर्म, जाति, रङ्ग, लिङ्ग र क्षेत्रको कुनै पनि भेदभाव नराखी परमात्माले हामी सबैलाई आफ्नो आत्मिक सन्तानका रूपमा स्वीकार गर्नुभएको छ । प्रत्येक मानव आत्मालाई समान अवसर र अधिकार दिनुभएको छ परमात्मा शिव बाबाले । साँच्चै हामी आत्माहरूको जन्म–जन्मान्तरको भक्ति, जप, तप, उपासना र श्रद्धाको फल दिन आउनुभएको छ परमात्मा पिता । आत्मा र परमात्माको लामो समयको विछोडपछि पुनः मधुर मिलनबाट मालामाल हुने बेला चलिरहेको छ वर्तमानमा । आउनुहोस् यस शुभअवसरको पूरा लाभ लिएर स्वयम्लाई आध्यात्मिक मूल्य र गुणहरूले भरपूर गर्दै स्वयम्को तथा अनेकौँको भाग्य निर्माण गर्ने ईश्वरीय महान् कार्यमा सहयोगी बनौँ । पुनः शिव अवतरणको याद्गार महान् शिवरात्रिको रहस्य सबैलाई बताऔँ । बनौँ महान्, गरौँ कल्याण, राखौँ शिव परमात्मालाई साथ । सबैमा महाशिवरात्रि पर्वको कोटी–कोटी बधाई एवम् मंगलमय शुभकामना ।

२५ फाल्गुन २०६९, शुक्रबार ०७:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..