राष्ट्रवादको नयाँ परिभाषा :: देवप्रकाश त्रिपाठी

मानवजीवनलाई व्यवस्थित तुल्याउने क्रममा राष्ट्रहरूको प्रादुर्भाव भएको र आधुनिक युगसम्म आइपुग्दा विश्वमा राष्ट्र अर्थात् देशहरूको आवश्यकता एवम् औचित्यबोध भएको यथार्थबारे हामी विज्ञ छौँ । स्वतन्त्र विद्वान् तथा माक्र्सवादीहरूले देशको उत्पत्ति र विकासबारे आ–आफ्नै प्रकारले व्याख्या र विश्लेषण गर्ने गरेका छन् । राष्ट्रहरूको उत्पत्ति र विकासबारे जो–जसले जस्तो प्रकारका मत प्रतिपादन गरेका भए पनि वर्तमान सत्य के हो भने पृथ्वीमा दुई सयभन्दा बढी देश अस्तित्वमा छन् र सबै मुलुक आफ्नो इतिहास र वर्तमानप्रति गौरव महसुस गर्छन् । दार्शनिक दृष्टिकोणले हेर्दा यो जगत् नै मिथ्या हो, तर जगत् मिथ्या भए पनि यही मिथ्याभित्रको जगत्मा प्राणीहरूको अस्तित्व छ– यो सत्य हो, यहाँ देशहरू अस्तित्वमा छन् यो पनि अर्को सत्य हो । हामीले आँखा चिम्लिए पनि धर्ती छ, आकाश छ, धर्तीमा देश र प्राणी छन्, यसलाई अस्वीकार गर्न सकिन्न । दार्शनिक दृष्टिले प्राणीभन्दा ठूलो या महत्वपूर्ण राष्ट्रलाई मान्न सकिँदैन, तर प्राणीहरूकै रक्षा र विकासका निम्ति स्थापित संस्था भएकोले हामीले व्यक्तिभन्दा राष्ट्रको अस्तित्वलाई अतुलनीय रूपमा बलवान् र महत्वपूर्ण ठान्दै–मान्दै आएका छौँ । कुनै समय मानवहितमा मात्र केन्द्रित राज्यले आधुनिक कालखण्डमा प्रकृति र अन्य प्राणीहरूको हितरक्षामा समेत योगदान पु¥याउन थालेको छ, यसले राज्य अर्थात् देशको अपरिहार्यता बढाएको छ ।
पृथ्वीमा एउटा यस्तो अवस्था पनि विद्यमान थियो, जहाँ राज्यको सीमा विस्तारलाई उच्च प्राथमिकतामा राखिन्थ्यो, राज्यको सीमा विस्तार र रक्षामा कसले कति योगदान पु¥याएको छ भन्ने आधारमा उसमा निहित राष्ट्रवादी भावनाको मापन गर्ने गरिन्थ्यो । नेपोलियन र विस्मार्कदेखि पृथ्वीनारायणसम्मले गरेका काम एउटै भावना र चाहनाबाट उत्पे्ररित हुन् । हामीले तिनका मूल्य, मान्यता, कार्यशैली र सोचमा खोट पहिल्याए पनि तात्कालिक समाजका अतुलनीय पात्र हुन् उनीहरू । सीमा विस्तार एक समयको राष्ट्रवादी भावनाको उत्कर्ष रूप थियो । सीमा विस्तार गर्न चाहनेहरू, त्यसमा अगुवाइ लिनेहरू या सहभागिता जनाउनेहरूलाई एकताका अब्बल दर्जाका राष्ट्रवादीका रूपमा लिइन्थ्यो । १७औँ शताब्दीसम्म यसप्रकारको मान्यताले स्थान पाएको देखिन्छ । तर, त्यसयता भने स्थापित देशको सीमा सार्वभौमिकता र स्वाभिमानको रक्षालाई पनि प्राथमिकतामा राखेर हेर्न थालियो । आफ्नो भू–खण्डको रक्षाका निम्ति समर्पित व्यक्तिलाई योग्य नेता, राजा या अगुवाका रूपमा मान्ने सोचको विकास भयो । सामान्यतया जातीय, भाषिक, सांस्कृतिक, धार्मिक एवम् भौगोलिक आधारमा एकीकृत समुदाय वा राजनीतिक एकाइलाई एउटा राष्ट्रका रूपमा बुझिन्छ । राष्ट्र भौतिकभन्दा बढी मानसिक तत्व हो र मानिसको भावनासँग राष्ट्रको अस्तित्व अन्तरसम्बन्धित हुन्छ । दार्शनिक एसी गे्रलिङको विचारमा राष्ट्र एउटा कृत्रिम संरचना हो, तिनको सीमा विगतमा भएका रक्तयुद्धले निर्धारण गरेको हुन्छ । राष्ट्रवादबारे अल्बर्ट आइन्स्टाइनले निकै कठोर टिप्पणी गर्नुभएको छ । उहाँको विचारमा राष्ट्रवाद शिशुमा हुने शितला रोगजस्तै हो । विद्वान्हरूले राष्ट्र र राष्ट्रवादबारे जे–जस्ता टिप्पणी गरेका भए पनि विश्वमा सर्वाधिक खतर्नाक द्वन्द्व राष्ट्रकै नाममा भएका छन् र त्यस्ता युद्धमा करोडौँ मानिसले ज्यान गुमाएका छन् । प्रथम र दोस्रो विश्वयुद्धको मूल कारण राष्ट्रवादी अहङ्कार नै बनेको थियो भने पूर्वयुगोस्लाभिया, पूर्वसोभियत सङ्घ, श्रीलङ्का, रुवाण्डा, नाइजेरिया, स्वीटरजरल्यान्ड, क्यानडा, अमेरिकालगायतका मुलुकले इतिहासमा भोगेको पीडा पनि राष्ट्रवादसँग नै सम्बन्धित छ ।
नेपाल भूखण्डमा परापूर्वकालदेखि नै जातीय, सांस्कृतिक एवम् भौगोलिक विविधता विद्यमान थियो । आधुनिक नेपालको स्थापनामा अगुवाइ जसको भए पनि विविध जातीय एवम् भौगोलिक समुदायको योगदान रहेको छ । त्यसैले स्थापनाकालदेखि नै नेपालले विविधताभित्र एकताको खोजी ग¥यो र हामी जो जुन भाषा, क्षेत्र, संस्कृति, परम्परा र धर्ममा आबद्ध भए पनि हामीले नेपाली राष्ट्रियताका निम्ति एकताबद्ध अभ्यास गर्दै आयौँ । हिमाल, पहाड र तराई नेपालको भौगोलिक पहिचान बन्यो, हरेक समुदायको संस्कृति, परम्परा र भाषालाई नेपाली निधिको रूपमा राज्यले स्वीकार ग¥यो, कसैले कसैलाई निषेध गर्ने सोचको सृष्टि हामीकहाँ भएन, जसका कारण आजसम्म नेपाल नामक भूखण्डको अवस्थिति एउटा स्वतन्त्र देशका रूपमा रहिआएको छ । हामी जो–जुन भाषिक समुदायका भए पनि आफ्नो सम्पर्क भाषाको रूपमा नेपालीलाई अपनायौँ । सवा सयभन्दा बढी जातीय उपस्थिति रहेको मुलुकमा एउटै भाषालाई सर्वस्वीकार्य एवम् सर्वप्रिय तुल्याइनु चानचुने कुरा थिएन, तर हामीले त्यस्तो जटिल कार्यलाई पनि सहज र सरल तुल्यायौँ । सोभियत सङ्घको स्थापनापछि सबै राष्ट्र (राज्य) हरूलाई एकताबद्ध गर्ने कुनै सूत्र नभएका कारण सोभियत सङ्घको अस्तित्व दीर्घ हुन सकेन । स्टालिनले आफ्नो देश सोभियत सङ्घलाई एउटै सूत्रमा उन्ने–बुन्ने कुनै तत्व नदेखेपछि उनले रसियन भाषालाई राष्ट्रिय एकताको आधार बनाउने प्रयास गरेका थिए तर उनी सफल हुन सकेनन् । नेपालका संस्थापक पृथ्वीनारायण शाहले नेपाल चार वर्ण छत्तीस जातको फूलबारी भन्ने सन्देश दिँदै सबै नेपालीको धर्म, परम्परा र संस्कृति जगेर्नाका निम्ति हामी सबैलाई सचेत मात्र गराएनन् त्यसका साथमा राष्ट्रिय एकताका आधारहरूको विकास पनि उनले गरेका हुन् । तर, दुःखका साथ भन्नुपर्छ पछिल्ला केही दशकदेखि नेपालको राष्ट्रियता र राष्ट्रवादलाई ज्यादा राजनीतीकरण गरिएको छ । छिमेकी मित्रराष्ट्र भारतको विरोध या समर्थन गरिने आधारमा राष्ट्रवादी र राष्ट्रघातीको पहिचान स्थापना हुने–गरिने स्थिति बनेको या बनाइएको छ । भारतसँगको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक सान्निध्यलाई राष्ट्रहितमा प्रयोग–उपयोग गर्नुको सट्टा उसको विरोधको डिग्रीका आधारमा यहाँ को कति राष्ट्रवादी भनेर बुझ्ने–बुझाउने गरिन्छ । नेपालको सन्दर्भमा भारतको विरोध होइन भारतसँगको विश्वास र समझदारी कायम राख्दै उससँगको निर्भरता घटाउन सक्नु राष्ट्रवाद हो । भारतसँगको निर्भरतामा ह्रास ल्याउनेतर्फ हामीले पाइला चाल्न खोजेनौँ, खोजेका छैनौँ । भारतसँगको आर्थिक निर्भरता घट्नुको सट्टा बढेको छ, अब त राजनीतिक निर्भरतासमेत थपिएको छ । खाद्यान्न भारतबाट, वस्त्र भारतबाट, प्रविधि र प्राविधिक भारतबाट, उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ भारतबाट, इन्धन भारतबाट, बिजुली भारतबाट, फलफूल, तरकारी भारतबाट, ज्यामी–मजदुर भारतबाट, रेमिट्यान्सको मुख्य अंश भारतबाट, सिमेन्ट, फलाम अन्य निर्माण सामग्री र रङरोगन भारतबाट, खानेतेल भारतबाट, नुन र चिनी भारतबाट, मनोरञ्जनका लागि सिनेमा र दैनिक जीवनमा आवश्यक पर्ने हरेक चिज भारतबाट आयात गर्ने हामीले हाम्रो राष्ट्रवादको जगेर्ना गर्न सबभन्दा पहिले यसप्रकारको निर्भरता घटाउनु प्राथमिकताको विषय हुनुपर्छ । जसमाथिको निर्भरता ज्यादा छ उसैको विरोधलाई मात्र राष्ट्रवादको आधार बनाइँदा हाम्रो राष्ट्रवाद खिसिट्युरीको विषय बनिरहेको छ । ह्रासोन्मुख हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउँदै विदेशी निर्भरतामा कमी ल्याउन सक्दा मात्रै राष्ट्रवादको जगेर्ना हुनसक्छ भन्ने आत्माबोध हामी सबै नेपालीले गर्न आवश्यक छ । ०६३ को राजनीतिक परिवर्तनपश्चात् हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावनामा गम्भीर धक्का पुगेको महसुस गरिएको छ । यदि हामीले राष्ट्रिय एकताका आधारहरू ध्वस्त तुल्याउने र सामाजिक सद्भाव बिथोल्ने कार्यमा पूर्णविराम लगाउन सकेनौँ भने यहाँ रक्तपातपूर्ण द्वन्द्व र अन्ततः मुलुकको अस्तित्व नै नास हुनेमा शङ्का गरिरहनुपर्ने छैन ।
कुनै समय हरेक नेपालीका निम्ति नेपाल राष्ट्र मुटुको धुकधुकीसरह थियो । समग्र नेपालको स्वार्थसँग हरेक नेपाली एकाकार बनेका थिए । जो जुन जाति, भाषा, धर्म र सांस्कृतिक सम्प्रदायका भए पनि समग्रमा हाम्रो राष्ट्रियता नेपाली थियो र नेपाली भएकैमा हामी गौरव अनुभूति पनि गर्ने गथ्र्यौं । तर, अहिले हाम्रा मनहरू केही बिथोलिएका छन्, हामी दिग्भ्रमित हुने खतरा बढेको छ । केही दशकअघिसम्म नेपाली राष्ट्रमाथि गौरव गर्ने हाम्रा मनहरू सङ्कुचित भएर सिकुडिएका छन्, समग्र राष्ट्रको भन्दा आफ्नै सानो र सङ्कुचित संसारको प्रवद्र्धनप्रति हामी चनाखो बन्न खोज्दै छौँ । समग्र राष्ट्र तथा राष्ट्रिय पहिचानभन्दा हाम्रा लागि जातीय, भाषिक, धार्मिक र क्षेत्रीय भावना महत्वपूर्ण बन्न खोज्दै छ, आफ्नो राष्ट्रियताको प्रवद्र्धनमा भन्दा बेग्लै राष्ट्रियतालाई होच्याउने, निषेध गर्ने र घृणासम्म गर्ने तहमा हामीलाई पु¥याएको छ । खासगरी राजनीतिमा उत्पन्न विकृतिले हामीलाई यस धरातलमा ल्याएको हो । एक समय सीमा विस्तारको सोच राख्नु या त्यसप्रकारको कार्यमा सरिक हुनुलाई राष्ट्रवाद भनिन्थ्यो भने दोस्रो विश्वयुद्धपछि सीमा विस्तार या अर्को स्वतन्त्र मुलुकको अस्तित्व अस्वीकार गर्ने अध्याय समाप्त भएको छ । दोस्रो विश्वयुद्धपश्चात् आ–आफ्ना भौगोलिक सीमारक्षाको भावनालाई राष्ट्रवादका रूपमा बुझ्न र तद्अनुरूप व्यवहार गर्ने क्रमको थालनी भयो । अहिलेको विश्वमा कुनै मुलुकले कसैको राष्ट्रिय अस्तित्व नै समाप्त गर्ने कल्पना गर्न सक्दैन, गरेको पनि छैन र २१औँ शताब्दीको आगमनसँगै राष्ट्रवादको परिभाषा बेग्लिएको छ । अहिलेको राष्ट्रवाद राष्ट्रहितकेन्द्रित बन्न पुगेको छ । समग्र राष्ट्रलाई हित पु¥याउने विचार–भावना नै राष्ट्रवादको नयाँ परिभाषा हो । विश्वका सबै मानिसहरू सुखी जीवन का निम्ति लालयित र पे्ररित छन् । शान्ति, सुरक्षा, स्वतन्त्रता र समृद्धिले मात्र मानिसलाई सुखी जीवन उपलब्ध गराउन सक्ने हुनाले उल्लिखित चार तत्वको सुनिश्चितताले मात्र राष्ट्रवाद सुदृढ तुल्याउने विश्वास गरिन्छ । यसअघिको पुस्ता रोजगारीका निम्ति आफ्नो राज्यमा निर्भर थियो, वैवाहिक अर्थात् पारिवारिक जीवनका निम्ति आफ्नै देशभित्र मात्र ‘पार्टनर’ खोजिन्थ्यो र देशभित्रै हरेक समस्याको समाधान खोज्नुपर्छ भन्ने ठानिन्थ्यो । तर, नयाँ पुस्ता रोजगारी, विवाह, अध्ययन या जीवनसँग सम्बन्धित कुनै पनि पक्षको खोजी अहिले देशको सीमाभित्र बाँधिएर गर्दैनन् । हरेक मानिस सुखी जीवनको खोजीमा भौँतारिएका छन्, त्यसैले उनीहरू अध्ययन, रोजगारी र दाम्पत्यजीवनका लागि विश्वको जुनकुनै भूखण्डमा जाने–पुग्ने स्थिति बनेको छ । यस्तो प्रवृत्तिले मानिसमा राज्यप्रतिको निर्भरतामा ह्रास ल्याएको छ, व्यक्तिमा राज्यप्रतिको निर्भरता घट्दा त्यसले अन्ततः राष्ट्रवादमा दखल पु¥याउने निश्चित छ । त्यसैले अबको युगमा राष्ट्रवादलाई जीवित राख्ने हो भने राज्यले हरेक नागरिकको शान्ति, सुरक्षा, स्वतन्त्रता र समृद्धिमा विशेष ध्यान पु¥याउन आवश्यक हुन्छ । राष्ट्रवाद या राष्ट्रियताको खोक्रो नाराले अबका मानिसलाई गोलबद्ध गरिरहन कठिन हुन्छ । आज अमेरिकी, क्यानाडेली या युरोपेली मुलुकका नागरिक आफ्नो राष्ट्र, राष्ट्रियता र राज्यप्रति जसरी गौरव महसुस गर्छन् त्यसरी एक नाइजेरियाली, कङ्गेली या नेपालीले आफ्नो राष्ट्र र राष्ट्रियताप्रति गौरवानुभूति गरेका छन् या भविष्यसम्म गरिरहन्छन् भन्न सकिन्न । नेपाल र यस्तै अन्य मुलुकका लाखौँ नागरिक आफ्नो राष्ट्रियता त्यागेर विकसित मुलुकको राष्ट्रियता अपनाउन तत्पर देखिन्छन् । यसो हुनुको कारण आफ्नो मुलुकमा शान्ति, सुरक्षा, स्वतन्त्रता र समृद्धिको अभाव नै हो । त्यसैले राष्ट्रवादी तिनलाई भन्न सकिन्छ जो मुलुकमा शान्ति, सुरक्षा, नागरिक स्वतन्त्रता र समृद्धिप्राप्तिका निम्ति समर्पित रहन्छन् । अल्पविकसित या अविकसित मुलुकमा राज्य र नागरिकबीचको सम्बन्ध चिसिँदै गएको देखिन्छ । राज्यले राष्ट्रिय स्वार्थसँग नागरिक हितलाई जोड्न नसकेको या जोडिएको महसुस गराउन नसकेकोले मानिसमा राज्यप्रति अनास्था पैदा गराउँदै छ । राज्यप्रतिको नागरिक अनास्था नै कालान्तरमा राष्ट्रियता र राष्ट्रवाद कमजोर हुने कारण बन्दछ । तसर्थ राष्ट्रवादझैं राष्ट्रघातको पनि परिभाषा अब बदलिँदै छ । जो मानिस या समूह मुलुकको शान्तिमा अवरोध पु¥याउन उद्यत् रहन्छन् ती राष्ट्रघाती हुन् जो नागरिकहरूको सुरक्षाप्रति संवेदनशील हुँदैनन् ती पनि राष्ट्रघाती हुन् र नागरिक स्वतन्त्रता तथा समृद्धिमा व्यवधान पु¥याउनेहरूलाई पनि राष्ट्रघाती नै भन्नुपर्ने हुन्छ । राष्ट्रवादजस्तो अमूर्त आदर्शवादमा समर्पित हुन चाहने मानिसको सङ्ख्या ह्रास आउँदै गरेको परिपे्रक्ष्यमा राज्यप्रति नागरिकको आस्था र विश्वास बढाउनु नै सच्चा राष्ट्रवाद हो । यदि यो सत्यलाई नेपाली राजनीतिका अगुवाहरूले आत्मसात् गर्न सक्दैनन् भने उनीहरूले नेपाली जनतालाई शान्ति, सुरक्षा, स्वतन्त्रता र समृद्धि उपलब्ध गराउन नसक्ने मात्र होइन, अन्ततः यिनले देशको अस्तित्वरक्षासमेत गर्न नसक्ने निश्चित छ ।

devprakash9@hotmail.com

२३ फाल्गुन २०६९, बुधबार ०९:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..