४ दिनदेखि बेहोस बाँकेकी एक गभृवतीको होस खुल्यो

नेपालगञ्ज, १९ चैत । ४ दिनदेखि बेहोस बाँकेकी एक गर्भवती महिलाको हिजो मात्रै होस खुलेको छ । ६ महिनाकी गर्भवती बर्दियाको गुलेरीया १२ की हसना बेहनालाई उहाँकै श्रीमानले हत्या गर्ने प्रयासमा मट्टीतेल खनाएर जलाएका हुन् । बेहनाको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ  । बर्दियाको गुलेरीया नगरपालिका वार्ड न. १२ माईत भएकी हसना बेहनालाई भारत नानपारा मलङपुरवाका हसन बेहनाले हत्या गर्ने उद्धेश्यले आगो लागाएको माईती पक्षको आरोप छ । हसनाले पनि श्रीमानले आफुलाई हत्या गर्न जलाएको आरोप लगाउनु भएको छ ।  घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । ६ वर्ष अघि परम्परागत विवाह बन्धनमा बाधिएका उनिहरुका ४ र २ वर्षका छोराहहरु पनि रहेका छन् । हसनालको शरिरको ६० प्रशित भाग जलेको अस्पतालले जनाएको छ ।

१९ चैत्र २०६८, आईतवार ०९:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम..

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..