बेपत्ता र सत्यनिरुपण आयोग गठनका लागि सहमति

काठमाडौ, १७ चैत । प्रमुख तीन दलको आजको बैठकमा बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न दलहरु सहमतिमा पुगेका छन् । सिंहदरवारस्थित शान्ति मन्त्रालयमा बसेको बैठकले आयोग निर्माणको कार्यविधि र अवधारणा बनाउनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली एकीकृत नेकपा माओवादीका खिमलाल देवकोटा, नेपाली काङ्ग्रेसका रमेश लेखक र नेकपा एमालेका अग्नि खरेल रहनुभएको छ । काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा उच्चस्तरीय सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरु आयोगमा रहने, राजनीतिक सहमतिका आधारमा आयोग गठन गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले घटना र अपराधको प्रकृति हेरी क्षमादान दिने, तर जघन्य अपराधको हकमा भने क्षमादान नदिइ कानुनी कारबाहीका लागि सिफारिस गर्ने सहमति बैठकमा भएको बताउनुभयो । एमाले उपाध्यक्ष बामदेव गौतमले नेपालको कानुन र नेपाल पक्षधर रहेको अन्तर्राष्ट्रिय कानुनअनुरुप सत्यनिरुपण  विधेयक बनाउने सहमति भएको बताउनुभयो । एकीकृत नेकपा(माओवादी)का खिमलाल देवकोटाले पहिले सत्यतथ्य छानबिन गर्ने र त्यसपछि मात्रै घटनाको प्रकृति हेरी क्षमादान दिने वा नदिने भनी निर्णय गर्ने गरी आयोगको कार्यविधि तय गर्ने सहमति भएको उल्लेख गर्नुभयो ।

१८ चैत्र २०६८, शनिबार ०७:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..