लामो समय टिभी हेर्दा नपुंशक बन्ने खतरा

एजेन्सी/ शारीरिक कसरत अत्यन्त कम गर्ने र हरदम टेलिभिजन हेरिरहने पुरुषका लागि नराम्रो खबर छ । हालै गरिएको एक अनुसन्धानले त्यस्ता पुरुषमा शुक्राणुको सङ्ख्या कम हुँदै गएर अन्ततः नपुङ्शक नै बन्न सक्ने देखाएको छ । ‘ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिन’मा प्रकाशित अध्ययनका अनुसार पुरुषका लागि सातामा बीस घन्टाभन्दा बढी टीभी हेर्नु खतरनाक हुन्छ । उक्त शोध लगभग दुई सय छात्रमाथि गरिएको थियो । जर्नलमा प्रकाशित प्रतिवेदनका अनुसार कम्तीमा पनि १५ घन्टा या त्यसभन्दा बढी कसरत गर्ने पुरुषको वीर्यको गुणस्तर राम्रो हुन्छ । कतिपय विशेषज्ञको सुझाव छ कि सन्तानको चाहना राख्ने व्यक्तिले त्यस्ता खेलहरूबाट आफूलाई टाढा नै राख्नुपर्छ जसले शुक्राणुलाई हानि पु¥याउन सक्छ । 
एक अर्को अध्ययनले लामो समयसम्म मोटरसाइकलको सवारी गर्नु र कसिएको कपडा लगाएर लामो दूरी दौडनु पनि उचित नहुने देखाएको छ । कसिएको अण्डरवेयर पहिरिने व्यक्तिको शुक्राणुको स्तर पनि कमसल हुने उक्त अध्ययन–प्रतिवेदनको निचोड छ । यसरी, गतिहीन जीवन बाँचिरहेका पुरुषको शुक्राणुमा सन्तान उत्पादन गर्ने क्षमता ह्रास हुने गरेको पाइएको निचोडमा शोधकर्ताहरू पुगेका छन् ।

३ फाल्गुन २०६९, बिहीबार १०:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..