प्रचण्ड–बाबुराम कांग्रेस–एमालेको कान्छो भाइ बनिसके :: मोहन वैद्य

० एमाओवादीको महाधिवेशनलाई कसरी हेर्नुभएको छ ? 
– यो एउटा क्रान्तिकारी राजनीतिक दिशा छोडेर आएको सरकारी पार्टीले गरेको प्रदर्शनको रूपमा लिएको छु ।
० महाधिवेशनबाट प्रचण्डजीले सहमतिका लागि नयाँ सूत्रको कुरा गर्नुभएको छ तपाईंलाई विश्वास छ ?
– सूत्रको कुरा गर्नुहोला, ल्याउनुहोला तर त्यो सूत्रको के अर्थ ? एमाले, नेपाली कांग्रेस र उहाँहरूको बीचमा के फरक छ र अब ? मित्र–मित्रको बीचमा त सूत्र त हुने नै भइहाल्यो नि ।
० तपाईंको विचारमा यो कुम्भ मेला मात्र हो त ?
– यसलाई त्यसरी त नभनौँ । सरकारमा गएको र क्रान्तिबाट विचलित भइसकेको पार्टीले आफ्नो एउटा प्रदर्शन ग¥यो । दोस्रो के भनेदेखि राजनीतिक, वैचारिक कार्यदिशा छोडेर जानुभयो । उहाँहरूमा गम्भीर प्रकारको विचलन पैदा भयो र जडसूत्र विचलन भएको थियो यो महाधिवेशनले त्यसको राम्रो तरिकाले पुष्टि ग¥यो ।
० प्रचण्डजीले लिनुभएको धार सफल हुन्छ कि हुँदैन ?
– त्यो धार त उहाँले सफल पार्ने होइन उहिल्यैबाट नेपाली कांग्रेस र एमालेले सफल पार्दै आएका हुन् । उहाँहरूको राजनीतिक धार केही होइन, ०४७ सालको एमालेले जनताको बहुदलीय जनवाद लिएर जुन तरिकाले आएको थियो । अहिले एमाओवादी पनि त्यही तरिकाले एमालेको पछि–पछि लागेको छ ।
० फेरि पनि जनयुद्ध तथा छापामार जनयुद्ध भनेको शहिदको अपमान हो भनेर प्रचण्डले भन्नुभएको छ, त्यसो भए तपाईंले शहिदको अपमान गर्न लाग्नुभएको हो ?
– होइन, त्यो अपमान त उहाँले नै गर्नुभयो । आफैँले गर्नुभएपछि अर्कालाई जे भने पनि हुन्छ । हाम्रो विचारमा त नयाँ जनवादी क्रान्तिलाई बीचैमा छोडेर भाग्नुभयो ।
० अब नेपाललाई समृद्ध बनाउने बेला भएन र, तपाईंहरू फेरि किन क्रान्तिको कुरा गर्नुहुन्छ ?
– नेपालमा सर्वसत्तावादी पुरानो संरचनालाई साथमा राखेर क्रान्ति हुँदैन । क्रान्ति भनेको पुरानो वर्गसँग र पुरानो राज्यसत्ताको हातबाट नयाँ वर्गको हातमा सत्ता जानु हो । उहाँहरू क्रान्ति छोडेर गएर पुरानो वर्गमा जानुभयो । राज्यसत्ता पुरानै वर्गको हातमा नै छ, त्यसकारण क्रान्ति अझै पूरा भएको छैन ।
० तपाईंले आफूलाई मात्र क्रान्तिकारी देख्ने, बाबुरामजीहरू क्रान्तिकारी हुन सक्नुहुन्न ?
– सबै छाडेर आउनुभयो भने त अलग कुरा हो । अहिले त हामीले क्रान्तिकारी देख्दैनौँ । उहाँले दक्षिणपन्थी अवसरवादको बाटो प्राप्त गर्दै आउनुभएको थियो । यो महाधिवेशनले यसलाई लाहाछाप लगाइदियो भनेर भन्दा हुन्छ । उहाँहरु कांग्रेस–एमालेको कान्छो भाइ बनिसकेका देखिए ।
० त्यसो भए एमाओवादी पूर्ण रूपमा अब संसदीय पार्टी भयो ?
–हो, संशोधनवादी पार्टीको रूपमा परिवर्तन भइसकेको छ । पार्टी एकीकरण अब असम्भव भयो । तर, उहाँहरू रूपान्तरित रूपमा आउनुभयो भने गल्ती गरियो भनेर गल्ती सच्याउनुभयो भने त्यो अलग्गै कुरा हो ।
० राष्ट्रियताको विषयमा तपाईंहरूको र नारायणकाजी श्रेष्ठको विचार मिल्छ ?
– असहमति भएको भए त राजीनामा दिएर हिँड्नुपथ्र्यो नि, उपप्रधानमन्त्रीमा पनि बस्ने, परराष्ट्रमन्त्री बस्ने अनि कहाँबाट असहमति छ भनेर पदीय दृष्टिकोणले त्यस्तो कुरा गर्न मिल्दैन ।
० भनेपछि नारायणकाजीले राजीनामा दिएर हिँड्नुपरयो ?
– राजीनामा अहिले दिएर हुँदैन, उहिल्यै दिनुपर्दथ्यो । अहिले हट्ने बेलामा दिएको के काम लाग्यो । त्यो दृढतापूर्वक आउनुपथ्र्यो, लिखित प्रस्तावहरू आउनुपथ्र्यो त्यसैले यो कुराको औचित्य केही पनि छैन । आखिरमा आएर मेरो विरोध छ भन्नुको कुनै अर्थ हुँदैन ।
० प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउन के गर्नुहुन्छ ?
– हामीले उहिल्यैबाट बाबुराम हट्नुपर्छ भनेर भन्दै आइरहेका छौँ । त्यसका लागि हामीले दबाबका कार्यक्रमहरू अगाडि सारेका छौँ ।
० विपक्षीहरूले बाबुरामलाई हटाउने आन्दोलन तपाईंहरूको नैतिक समर्थन छ ?
– हाम्रो अहिले नैतिक समर्थनको कुरा छाड्नुस् । त्यसमा सहमति वा असहमति भन्ने कुरा छैन । उहाँहरूको आन्दोलनले कतापट्टि लैजाने हो त्यो पनि अस्पष्ट छ । मिल्ने कुरामा उहाँहरू निश्चित रूपमा मिल्नुहुन्छ । हामीसँग भन्दा पनि बाबुराम र प्रचण्डतिरै मिल्नुहुन्छ । त्यसकारण समर्थनको कुनै औचित्य छैन । उहाँहरू सरकार पाउनेबित्तिकै मिल्नुहुन्छ ।
० प्रचण्डले राख्नुभएको स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकार बनाउनेमा तपाईंको सहमति हुन्छ ?
– छैन–छैन, अहिले बिल्कुल छैन । हामी छलफल गरेर बहसबाट एउटा निष्कर्ष निकाल्छौँ । स्वतन्त्र व्यक्तिको कुरा ल्याउनु भनेको मैले भनिहालेँ नि बहुदलमा निर्दलको कुरा गर्नु हो । आफू असक्षम भएर निर्दलीयको कुरा गर्नुभएको छ उहाँहरूले । त्यो उहाँहरूको असक्षमताको अभिव्यक्ति हो ।
० तपाईंले जनयुद्धको कुरा गर्नु भनेको आत्मघाती हो भनिन्छ नि ?
– जनयुद्धको कुरा छाड्नुस् हामी नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न लाग्छौँ । नेपाललाई वैदेशिक हस्तक्षेपबाट मुक्त गर्न चाहन्छौँ । देशभित्रका दलालहरूको हस्तक्षेपबाट मुक्त बनाउन चाहन्छौँ । हामीले नेपाललाई तामझामसहित नयाँ बनाउन चाहन्छौँ, मुख्य कुरा त्यही हो ।

२४ माघ २०६९, बुधबार ०७:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..