अमेरिकामा नेपाली मुलकी दावा लामालाई १० बर्ष लामो कैद सजायं

पुरुषोत्तम ढकाल,न्युयोर्क,अमेरिका,१६ चैत। न्युयोर्क शहरको क्वीन्समा बसोबास गर्दै आएकी नेपाली मुलकी महिला दावा लामालाई नवजात शिशु हत्याको अभियोगमा न्युयोर्कको एक अदालतले दोषी ठहर गर्दै  १० बर्ष लामो  कैद सजायं  सुनाएको छ । नेपाली मुलकी लामाले गतबर्ष मे १० तारिखमा न्युयोर्कको एक अस्पतालको सौचालयमा बच्चालाई जन्म दिएर बाथरुमको फोहरदानीमा नवजात शिशुलाई फालेर भागेकी थिइन् । अस्पतालको कर्मचारीले बाथरुमको फोहरदानीमा वच्चा फेला पारेको थियो । लगत्तै उनलाई उनको आफ्नै डेरामा प्रहरीले गिरफ्तार गरेको थियो । बच्चा जन्मेको भोलीपल्ट उपचारको क्रममा बच्चाको निधन भएपछि उनलाई हत्याको अभियोगमा मुद्दा दायर गरिएको र गत सोमवार भएको फैसलामा उनलाई १० वर्षको सजाय तोकिएको थियो । अदालतक अनुसार कैद भुक्तान पछी उनलाई नेपाल फर्काइने । नेपाली मुलकी लामाको आगामी महिनाको अप्रिल १० तारेखदेखि जेल बसाइ शुरु हुनेछ ।

समाचार श्रोतहरुका अनुसार लामाले आफु गर्भवती भएको कुरा आफ्नो परिवार र केटासाथीलाई समेत नभनेको वताइएको छ । पारिवारीक स्रोतका अनुसार, उनीहरुले गर्भवती भएको बारेमा सोधखोज गर्दा मोटाएको हो भनेर ढाँट्ने गरेको थिइन नेपाली मुलकी दावा लामा न्युयोर्कमा व्युटिसियनको रुपमा कार्यरत रहेकी थिइन् । न्युयोर्कको संघिय कानुन अनुसार वच्चा जन्मिएको पाँच दिनसम्ममा नवजात शिशुलाई अस्पताल वा दमकलका कर्मचारीको जिम्मा लगाएर कानुनी रुपमा भने छोड्न सकिने ब्यबस्था रहेको छ ।

१६ चैत्र २०६८, बिहीबार ०२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..