दैलेखका प्रहरी र पाठोका माउ :: शिवजी श्रेष्ठ

नेपाली साहित्यमा एउटा नीति कथा बडो प्रसिद्ध छ । ‘ब्वाँसो र बाख्राको पाठो’सम्बन्धी यस कथामा ब्वाँसोले कुनै पनि निहुँ बनाएर बाख्राको पाठो मार्नैपर्छ । तब उसले पानी धमिल्याएको आरोप लगाउँछ, उसले म खोलामै पसेको होइन भन्दै बचाउ गर्दा त्यसो भए पोहोर होला भन्ने आरोप लगाउँछ । त्यसको पनि प्रतिवाद गर्दै ‘म पोहोर जन्मेकै थिइनँ’ भन्दा ‘त्यसो भए तेरो आमाले होला’ भन्दै अन्ततः ब्वाँसोले पाठो मारेरै छाड्छ । अहिले त्यही कथा सम्झाइदिएको छ– दैलेखको सीडीओ, डीएसपीलगायतका प्रहरी अधिकृतहरूको आकस्मिक सरुवाले ।
दैलेख जिल्ला अहिले केही दिनदेखि निरन्तर रूपमा चर्चाको शिखरमा छ । माओवादी जनयुद्धको क्रममा पत्रकार डेकेन्द्र थापालाई जिउँदै गाडेको मुद्दामा अब प्रहरीले केही माओवादीमाथि मुद्दा चलायो, तब त्यसप्रकारले सिङ्गो मुलुकलाई नै तताइदियो । घटनामा संलग्न एक अभियुक्तले पश्चात्तापपूर्ण साबिति बयान दिँदा पनि सो मुद्दाको अनुगमन नै अगाडि नबढाउन प्रधानमन्त्री, महान्यायाधिवक्ता एवम् उच्चपदस्थ अधिकारीको दबाब बाहिर परेको कुरा बाहिरियो । तर, त्यस दबाबलाई डीएसपीलगायत अनुसन्धानमा खटिएका इन्स्पेक्टर विनोद शर्माले अस्वीकार गरेपछि महान्यायाधिवक्तले लिखित आदेश नै दिए, जसलाई रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश नै जारी हुनुप¥यो । यतिसम्म कि कार्यपालिकाप्रमुख प्रधानमन्त्री एवम् महान्यायाधिवक्ता स्वयम् अदालतको मानहानिमा अदालत उपस्थित हुनुपर्ने स्थिति खडा भयो । यस घटनाले जनता एवम् विपक्षी पार्टीहरूको नजरमा त प्रहरी अधिकृत, अझ भनौँ सम्पूर्ण प्रहरीलाई नै सम्मानित बनायो, तर सरकार र त्यसमा संलग्न पार्टीको नजरमा भने ती प्रहरी अधिकृत खलनायक बने ।
यही घटनाक्रमको बीच प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नै पार्टीको अधिवेशनमा भाग लिन दैलेख पुगे । प्रधानमन्त्रीको सो मुद्दामा भएको हस्तक्षेपबाट आक्रोशित जनता एवम् विपक्षी उनलाई रोक्न अग्रसर भए । यही उत्तेजित वातवारणकै बीच स्थिति यस्तो भइदियो कि प्रहरीलाई स्थिति सम्हाल्न नै कठिन भयो । कार्यक्रममा ढुङ्गामुढा नै भयो । स्थिति नियन्त्रणमा लिनेक्रममा क्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) नै घाइते भएको समाचार आयो ।
त्यही प्रकरणमा दैलेख जिल्लाका प्रहरी प्रमुख एवम् सीडीओलगायत दुई इन्स्पेक्टर कोही गृह मन्त्रालय तानिए भने कोही क्षेत्रीय प्रहरी कार्यालय । गृहमन्त्रीले प्रस्टीकरण दिए, ‘सुरक्षामा लापरबाही देखिएकाले उनीहरूलाई फिर्ता बोलाइएकोले घटनाको दोषीलाई कारबाही हुन्छ ।’
नेपालको आधुनिक इतिहासमा यस्ता घटना धेरै नै घटेका छन् । प्रजातन्त्र स्थापनापछिका प्रथम प्रधानमन्त्री मोहनशमशेरलाई गौचरण (त्रिभुवन विमानस्थल) मा विरोध प्रदर्शन गर्दै आक्रमण भएको थियो । प्रजातन्त्र पुनस्र्थापनापश्चात्का प्रथम निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मध्यावधि निर्वाचनको सिलसिलामा झापाको केर्खामा आयोजित चुनावी आमसभामालाई सम्बोधन गर्न जाँदा एमालेका कार्यकर्ताले मञ्चमै आएर आक्रमण गर्दै मञ्च नै उखालेर फालिदिएको थिए । ०५१ असोजमा घटित सो घटनामा प्रधानमन्त्रीका अङ्गरक्षक नेपाली सेनाका क्याप्टेनको दाँत नै भा“चिएको थियो । त्यस निर्वाचनको लगत्तै पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी ०५१ माघमा पूर्व क्षेत्रको भ्रमणमा आउँदा नेपाली काङ्गे्रसका कार्यकर्ताले विराटनगर र धरानमा विरोध प्रदर्शनसँगै गाडीमा नै आक्रमण गरेका थिए । विराटनगरमा प्रधानमन्त्रीको गाडी भगाउनुपरेको थियो भने धरानमा त प्रधानमन्त्रीको गाडीको झन्डा नै निकालेर फालिदिएका थिए । तत्पश्चात् सुरक्षाको कारण धरानको एउटा कार्यक्रम नै रद्द गर्नुपरेको थियो ।
माथिका यी दुवै प्रधानमन्त्रीले सुरक्षा निकायको सुझावलाई मनन गरेर थप स्थिति अराजक नहोस् भन्नाका खातिर कार्यक्रम नै स्थगित गर्न तयार मात्र भएनन् कि प्रहरीको संयमताको प्रसंशा नै गरेका थिए । यसअघि पनि अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ०४७ चैतमा सोलुखुम्बु जाँदा त्यहाँ उनीमाथि पनि ढुङ्गामुढा भएको थियो । तर, यी माथि घटित तीनै ठाउँका कुनै पनि प्रहरी अधिकृत वा प्रशासनप्रमुखलाई मनोबल गिराउने गरी कार्यक्षेत्रबाट फिर्ता बोलाइएको थिएन ।
राजनीतिक उद्देश्यले पे्ररित कार्यक्रमहरूमा कहिलेकाहीँ विषम परिस्थितिको सिर्जना हुन्छ । विशिष्ट व्यक्ति सहभागी कार्यक्रमहरूमा कति परिस्थितिवश हुन्छ भने कति सुरक्षा थे्रटको पूर्वानुमानलाई विशिष्ट व्यक्तिले लत्याउँदा भएको छ वा हुन जान्छ । तत्कालीन शक्तिशाली युवराज पारस ०६२ मा एयरपोर्टबाट फर्कने क्रममा नयाँ बानेश्वरमा राजनीतिक दलहरूको उपस्थितिबाट हुनसक्ने थे्रटलाई लत्याएर त्यही रुटबाट सवारी चलाउँदा उनीमाथि आक्रमण भएको थियो । त्यस घटनापश्चात् अहिलेको जसरी नै काठमाडौं प्रहरी प्रमुख फिर्ता मात्र भएनन् कि पारसले प्रहरी प्रधान कार्यालयमा नै गएर ताण्डवनृत्य देखाएका थिए ।
यस्ता कारबाहीले समुच्च प्रहरी मनोबलमा कस्तो असर पार्दछ त ? घटना नहोस् भन्नु एउटा पक्ष हो भने घटना हुनु अर्को परिस्थिति हो । यस्तो अवस्थामा सुरक्षा संयन्त्र सम्पूर्ण रूपमा लागेको हुन्छ, तर कहिलेकाहीँ स्थिति उसको नियन्त्रणभन्दा बाहिर जान्छ । प्रजातान्त्रिक स्वतन्त्रताको परिवेशमा राजनीतिक तरलताबीच यस्ता घटनाहरू अप्रत्यासित रूपमा हुनसक्छन् । संसारको जुनसुकै कुनामा पनि यो सम्भावना रहन्छ । तर, नेपालमा यस्ता घटना घट्नेबित्तिकै सुरक्षा संयन्त्रलाई सम्पूर्ण रूपमा जिम्मेवार ठह¥याइन्छ र उसमाथि सबै कुरा थोपरिन्छन् अनि बलिको बोको बनाइन्छ । यसबीचमा कतिपय राजनीतिक वा प्रशासनिक शक्तिकेन्द्रले पूर्वाग्रहपूर्ण रिस साँध्ने मौकाको रूपमा पनि प्रयोग गर्दछन् । अहिलेको दैलेखको प्रकरणलाई पनि जनमानसमा त्यसनजिकै राखिएको पाइन्छ । उच्चपदस्थमार्फत आएको कार्यकारिणी प्रमुखको आदेशलाई नमानिरहेको प्रसङ्ग बाहिर आइरहेको सन्दर्भमा यो घटना घटेको छ । कुनै निहुँमा उनीहरूलाई हटाउन सक्ने सम्भावनाबीचमा यो घटना घट्यो, यसैलाई आधार बनाएर उनीहरू कार्यक्षेत्रबाट फिर्ता बोलाइए ।
किन हुन्छन् त नेपालमा यस्ता
कारबाही ? अर्थात्, कुनै घटना घट्यो कि त्यहाँका प्रहरी अधिकृत फिर्ता । यसअघि पनि दोस्रो जनआन्दोलनपछि तत्कालीन दुईवटै प्रहरी सङ्गठनका प्रमुखहरू निलम्बित भए । सँगसँगै दोस्रो नम्बरका भावी प्रहरी प्रमुखहरू पनि । यसमा पनि पूर्वाग्रहपूर्वक कारबाही गरिएको थियो । राजनीतिक शक्तिकेन्द्रले यस्ता घटनालाई अवसरको रूपमा प्रयोग गर्दछन् । यसअघि एसएसपी रमेश खरेललाई पर्सा एसपीबाट हटाउन खोजिएको थियो । भनिन्छ, तत्कालीन प्रहरीप्रमुख रवीन्द्रप्रताप शाहको बलियो अडानले त्यो सफल भएन । कतिसम्म भने स्थानीय नेताको स्वार्थमा प्रहार भएकाले ‘बरु बढुवा लिएर भए पनि’ उनलाई त्यहाँबाट हटाउनुपर्नेसम्मका आवाज उठेको बताइन्थ्यो । स्थानीय जनताबीच लोकप्रिय र तत्कालीन प्रहरीप्रमुखको अडानले गर्दा उनले त्यो नियति भोग्नुपरेन । तर, अहिले दैलेखका डीएसपी स्थानीयबीच लोकप्रिय भए तापनि यो नियतिबाट उनलाई कसैले बचाएनन् वा बचाउन सकेनन् ।
प्रहरी सेवा चुनौती नै चुनौतीले भरिएको हुँदा उसले काम गर्ने क्रममा विभिन्न आरोह–अवरोध भोग्दछ । यस्तो अवस्थामा उसलाई पनि संरक्षण चाहिन्छ । मेरोपछाडि मेरो मन्त्रालय छ, मेरो प्रहरी विभाग छ अनि मेरो प्रहरीप्रमुख छ भन्ने अनुभूतिले मात्र उसले निर्भीक भएर काम गर्न सक्छ । उसलाई पनि ढाडस चाहिन्छ, भरोसा चाहिन्छ, तब उसले जस्तै परिस्थितिमा पनि डटेर काम गर्न सक्छ अर्थात् गर्छ । कसैको सनकको भरमा उसको मूल्याङ्कन हुन्छ, उसको सरुवा हुन्छ, अनि उसमाथि कारबाही हुन्छ भने उसले किन र कसका लागि कसरी काम गर्छ ? यो कुरा प्रहरीप्रमुख र विभागीय मन्त्रीले गम्भीर भएर सोच्नुपर्छ । कार्यक्षेत्रमा खटिने कर्मचारीले माथिका प्रहरीका अनुहार हेरेर आफ्नो गति निर्धारण गर्दछ, त्यही गतिले प्रहरीको कार्य–प्रगति निर्धारण गर्दछ ।
कुनै पनि घटना घटेपछि छानबिन हुनु एउटा कुरा हो, त्यसमा पनि सस्ता राजनीतिक घटना जो मुठभेडको सम्भावित अवस्थाबीच परिस्थिति भएको छ । यसमा तत्कालै हटाउनेसम्मका कारबाहीले कुनै पनि कार्यक्षेत्रमा रहेका प्रहरीको मनोबल उच्च हु“दैन । अझ यस घटना एक्लै भएको छैन, जसको शृङ्खला छ, अनि जुन प्रहरी अधिकारीमाथि कारबाही भएको छ उससँग सरोकार अन्य परिपे्रक्ष्यहरू पनि सगोलमै भएकोले यो सबै चासोको विषय छ र सबैले महसुस गर्ने गरी नै पूर्वाग्रही पनि । यस्तो अवस्थामा निज प्रहरी अधिकृत एवम् प्रशासनप्रमुखलाई माथिका कथाका बाख्राको पाठोझैँ निरीह बन्न दिनुहुँदैन, त्यहाँ ती पाठोका बचाउ गर्ने आमाको अभावमा त्यो पाठोले जुन अवस्था भोग्नुप¥यो, त्यही अवस्था ती प्रहरी कर्मचारीको अवस्था दैखेलको प्रहरी जस्तै अर्थात् बाख्राको पाठोको झैँ हुनेछ, त्यसपछि कुनै पनि बाख्राको पाठोले स्वतन्त्र भएर खेल्न माउहरूले समयमै महसुस गर्नु जरुरी छ, जो हिजो यस्तै पाठोको अवस्था पार गरेर आज माउ भएका हुन् ।

१६ माघ २०६९, मंगलवार २२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..