रिसलाई मुस्कानले कन्ट्रोल गर्छु: सुदिना श्रेष्ठ, मिस नेवा २०६९

नेवारी संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यले नेप्लिज फेसन होमले हरेक वर्ष गर्दै आएको मिस नेवा प्रतिस्पर्धामा फर्पिङकी सुदिना श्रेष्ठले यसवर्षको ताज जितिन्। भविष्यमा सफल बिजनेसम्यान बन्ने सपना बोकेकी उनै श्रेष्ठसँगको जम्काभेट:
कसरी निर्णायकलाई प्रभावित पारेर ताज जित्न सफल भयौं?
सोधिएको प्रश्नमा अरुले लामो उत्तर दिए। मैले छोटो मिठो जवाफ दिएकाले म उपाधिका लागि छाएिको होला। अर्काे कुरा म स्माइली भएकाले पनि हो कि?
भनेपछि मुस्काइरहन्छौं, हो?
प्रायः सधैं मुस्कुराउन मन लाग्छ। रिस उठेको बेलामा पनि मुस्कुराउनै मन लाग्छ। रिसलाई मुस्कानले कन्ट्रोल गर्छु।
मिस नेवाः भइसकेपछिको अनुभूति?
पुरै फिलिङ नै चेन्ज भयो। बधाईको ओइरो लाग्यो। ननस्टप फोन आयो, धेरैले बधाई दिए। परिवारमा खुशी छाएको छ। परिवार मात्र होइन हाम्रो समुदाय नै खुशी भएको छ।
मिस नेवाः त भयौं, नेवारी संस्कृतिको बारेमा चाहिँ कत्तिको थाहा छ?
पहिला त धेरै थाहा थिएन। हाम्रो फर्पिङमा धेरै नेवारी बोलिन्न पनि । नेवारी संस्कृतिको बारेमा यो प्रतिस्पर्धामा भाग लिएपछि धेरै कुरा बुझ्ने मौका पाएँ।
के रहेछ नेवारी संस्कृतिको विशेषता?
अरु समुदायभन्दा संस्कृतिमा हामी धनी छौं। चाडवाडमा छुट्टिएका सात पुस्तादेखिका दाजुभाई एकै ठाउँमा जम्मा हुन्छौं। आफ्नै पूजा गर्ने म्हःपूजा हाम्रो संस्कृतिमा मात्र छ। गुठी पनि हामै्र संस्कृति हो। नेपाल भाषाको पनि त्यस्तै विशिष्ट पहिचान छ।
मिस नेवाःमा कसरी भाग लियौं?
साथीको दीदीले यस्तो प्रतियोगिता हँुदै छ भन्नुभयो। ममी ड्याडीसँग कुरा गरे, उहाँले पनि हुन्छ भन्नुभयो। सानैदेखि नाँच्न मन पर्थ्याे। यस्तो प्रतियोगितामा भाग लिने रहर पनि थियो। उपाधि जितिएला भन्ने लागेकै थिएन।
मिस नेपाललगायत प्रतियोगितामा पनि भाग लिने योजना छ कि?
अहिले कक्षा ११ मा कमर्स लिएर पढ्दै छु। तत्कालको सपना भनेको चाहिँ प्लस टु पूरा गर्नु हो। त्यसबारे पछि सोच्छु।
कमर्स लिएर पढेको रहिछौं, के बन्ने सपना छ?
सफल बिजनेसम्यान बन्ने उद्देश्य छ। नाफा कमाउने व्यापार भन्दा सेवामूलक व्यापार गर्न मन छ। अझ दुर्गम क्षेत्रका जनतालाई सेवा पुर्‍याउने काम गर्ने सकियोस् भन्ने मनमा लागेको छ।
राजनीतिमा कत्तिको रुचि छ?
राजनीतिमा पटक्कै रुचि छैन। राजनीतिमा त कहिल्यै लाग्दिन होला।
हाम्रो देश किन पछि परेको होला?
हाम्रो देशमा आपसी सहयोग नै छैन। पार्टीहरूमा पनि त्यस्तो को–अपरेशन छैन, जनतामा पनि छैन। कोही नेताले राम्रो काम गर्‍यो भने पनि त्यसलाई आन्दोलन गरेर हटाउने गरिन्छ। राम्रो काम गर्दा समेत सहयोग गरिँदैन। जनताको तहमा पनि त्यस्तो भावना छ। त्यही भएर हाम्रो देशको विकास नभएको जस्तो लाग्छ।
प्रेममा परेको छौं कि छैन?
कहाँ प्रेममा पर्नु। छैन।
के हो जस्तो लाग्छ प्रेम?
मुटुको कनेक्सन हो जस्तो छ। अर्का कुरा आकर्षण पनि हो।
कस्ता केटा मन पर्छ?
मुख्य कुरा आफ्नो भावना बुझ्न सक्नुपर्छ। केयर गर्ने, सहयोग गर्ने।

१६ माघ २०६९, मंगलवार ०६:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..