विनिताको ‘जुठोपुरो’ जियाको भागमा

पारिश्रमिकको त कुरै छाडौँ, सिनेमाको पर्दामा अनुहार देखाउन पाइयो भने मात्र पनि त्यसका लागि जे गर्न पनि तयार हुने नवआगन्तुकहरूको ठूलै भीड छ कलिवुडमा । ‘पहिले अवसर त दिनोस् न’ भनेर अवसरको खोजीमा भौँतारिरहेका नवप्रवेशी युवतीको सोचले बाहुल्य पाइरहेको सिनेमाको भीडमा चलचित्र ‘चपली हाइट’बाट नायिककाको रूपमा रामै् हाइट बनाएकी नायिका विनिता बरालले आफूलाई रामै्र पारिश्रमिकबाट अफर आउँदा पनि त्यो अफरलाई लत्याइन् । उनको यो इन्कारबाट के प्रस्ट भएको छ भने सिनेमा खेल्ने लोभ र लालच अनि अवसर पाइयो भन्दैमा जस्तो पायो त्यस्तो सिनेमामा विनिता उभिन तयार छैनन् ।
प्रसङ्ग चलचित्र ‘बर्बाद’को हो । यो चलचित्रमा श्रीमान्ले समय नदिँदा घरकी श्रीमती कसरी बिग्रिन्छे वा श्रीमतीकै कारण एउटा सुखमय परिवार कसरी बर्बाद हुन्छ भन्ने विषयलाई उठान गरिएको चलचित्र बर्बादमा केही बेडसिनहरू पनि राखिएका थिए । यही बेडसिन दिनका लागि विनिता बराल तयार भइन् भने उनले मागेजति पारिश्रमिक दिने सोचका साथ विनितासमक्ष पुगेका चलचित्र बर्बादका युनिट त्यतिबेला तीनछक परे जतिबेला विनिताले आफू पारिश्रमिक पाइने लोभमा ननाङ्गिने स्पष्ट पारिन् । उनले भनिन्, ‘म पैसाका लागि होइन कि नाम र इज्जतका साथ सिनेमा क्षेत्रमा आएकी हुँ । पैसा पायो भन्दैमा जस्तो पनि सिन दिन र जे पनि गर्ने युवती नठान्नुस् मलाई । रोल र कथा चित्त बुझ्यो भने म बिनापारिश्रमिक पनि काम गर्न सक्छु ।’ विनिताको यस्तो आत्मविश्वासी धारणा सुनेपछि उनीप्रति गलत सोच बनाएर गएको चलचित्र बर्बादको युनिट लुरुक्क फर्किएर आएको थियो । पछि उनीहरूले विनिताको तारिफ पनि गरे । बुझ्नमा आएअनुसार यदि विनिताले त्यो भूमिका खेलेकी भए उनलाई निर्माण समूह तीन लाख रुपैयाँ पारिश्रमिक दिन तयार भएको थियो । यतिबेला यो पारिश्रमिक नेपाली सिनेमाका नायिकाहरूमध्ये सर्वाधिक पारिश्रमिक पाउने नायिकामा पर्थिन् विनिता । तर, उनले पारिश्रमिकभन्दा नाम र क्यारियरलाई ठूलो ठानिन् । क्या बात्, विनिता ।
एकातिर विनिताको यस्तो सोच छ भने अर्कोतिर विनिताले नै छाडेको र लत्याएको भूमिका जानुकाबाट जानकी हुँदै जिया बनेकी जिया केसीले खेलिन् र उनलाई न त क्यारियरको मतलब न त पारिश्रमिकको नै, थोरै पैसामा जस्तो रोल हात परे पनि खेल्न तयार भएकी जियाले यो सिनेमामा ‘जिब्रो’ टोक्नुपर्ने अवस्थाको दृश्य दिएको चर्चाले पनि चलचित्र बजार गरम भइरहेको छ ।
नाम होस् बद्नाम होस् तर गुमनाम नहोस् भन्ने सोचकी झापाकी जियाको फिल्मी क्यारियर पनि यस्तै अश्लील र भल्गर चलचित्रहरूमा मात्र सीमित रहने भएको छ । चलचित्र एटीएमबाट निकै बद्नाम भएकी जिया अहिले पनि कुनै सार्वजनिक कार्यक्रमतिर हि“ड्न सक्दिनन् ।

११ माघ २०६९, बिहीबार ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..