ममाथि धोका भन्दापनि प्रचण्डको वास्तविक रुप उदाङ्गियो :: सुशील कोइराला

० प्रचण्डले त आफैँ प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्नुभयो नि ?

– प्रचण्डजीको असली नियत बल्ल खुल्यो । यसको छनक मैले पहिला नै पाएको थिएँ । यसको अर्थ एमाओवादी निर्वाचन चाहँदैन भन्ने प्रस्ट भएको छ । कहिले विघटित संविधानसभा पुनस्र्थापनाको नाममा त कहिले सत्ता गठबन्धनभित्रैबाट त कहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने पासा फालेर सत्ता लम्ब्याइरहे, अहिले आएर म आफैँ प्रधानमन्त्री बन्छु भन्नु कति उचित हुन्छ त्यसको मूल्याङ्कन नेपाली जनताले गर्छन् । अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने जुन कुरा आएको छ त्यो माओवादीको षड्यन्त्रमूलक योजना हो । उनीहरू सत्ता लम्ब्याउने र निर्वाचन नगराउने योजनामा छन् । नेपाली काङ्ग्रेसले सत्ताकब्जा गर्न दिँदैन, अब माओवादीसँग सम्झौता होइन आन्दोलनको भाषा बोल्छौँ ।

० प्रचण्डको नेतृत्वमा सहमतिको सरकार निर्माणमा काङ्ग्रेसले सहयोग गर्दैन ?
– हामी प्रचण्डलाई स्वीकार गर्दैनौँ र प्रचण्ड प्रधानमन्त्री बन्न पनि सक्दैनन् । प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना बाबुराम भट्टराईको नेतृत्वको सरकारको आयु लम्ब्याउने अर्को चालबाजी हो । काङ्ग्रेस यो चालबाजीमा अब फस्दैन । काङ्ग्रेसले त्यस्तो सरकार स्वीकार गर्दैन पनि ।
० प्रचण्ड प्रधानमन्त्री बने भने ?
– त्यस्तो कुरा नगर्नुस्, आकाश खस्यो भने के हुन्छ जस्तो प्रश्न नगर्नुस् । प्रचण्ड प्रधानमन्त्री बन्दैनन्, यो सत्ता लम्ब्याउने चालबाजी मात्रै हो । हामी अब कसैसँग सम्झौता गर्दैनौँ । आन्दोलनको बाटोबाट छिनोफानो गर्छौं ।
० तपार्इं प्रधानमन्त्री पनि हुन नसक्ने, अब प्रधानमन्त्रीको उम्मेदवारी पनि दिइरहने कि विकल्प दिने ?
– मैले किन विकल्प दिने ? तपाईं प्रधानमन्त्री बनिदिनुप¥यो, तपाईंमा सहमति जुट्छ भनेर घरमै आएर उम्मेदवारी दिन लगाउने अनि अहिले आएर विकल्प दिनुप¥यो भन्ने कुरा हुन्छ र ? पहिला प्रचण्डले नै तपार्इं उम्मेदवार बनिदिनुस् भनेर आग्रह गरेको होइन ? अनि अहिले किन फिर्ता लिएर विकल्प दिने ? हामी विकल्प दिँदैनाँै । अहिले विकल्पको कुरा कहाँबाट आयो ? अब काङ्ग्रेस पछि हट्दैन ।
० स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको छ नि ?
– स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जाने कुरा पनि स्वीकार्य हुँदैन । स्वतन्त्र व्यक्तिको नाममा आफ्नो मान्छेलाई प्रधानमन्त्री बनाएर सत्ताकब्जा गर्ने माओवादीको योजना हो । यसले मुलुकलाई अझै अनिश्चिततातिर लैजान्छ । यो षड्यन्त्रपूर्ण जालसाझी कुरालाई हामीले राम्ररी बुझेका छौँ । यो कुरा हामीलाई स्वीकार्य छैन । माओवादी सर्वसत्तावाद लाद्न उद्यत् छ, काङ्ग्रेसले यसमा कसैसँग सम्झौता गर्न सक्दैन ।
० आन्दोलनबाट सरकार ढाल्न सकिएला त ?
– किन नसक्नु ? काङ्ग्रेसले १०४ वर्षदेखि जरो गाडेर बसेको निरङ्कुश जहानियाँ राणाशासनलाई फाल्यो, ३० वर्षको निरङ्कुश पञ्चायती शासन व्यवस्था फाल्यो, २४० वर्षको राजसंस्थालाई त काङ्ग्रेसले फाल्यो भने अब आन्दोलनबाट बाबुराम भट्टराईलाई फाल्न कुनै अप्ठ्यारो छैन । हेर्दै जानुहोला, सहमतिमा आएनन् भने भट्टराई सरकार आन्दोलनबाटै फाल्छाँै ।
० अब वार्ता नगर्ने ?
– आन्दोलन गरे पनि हामी निषेधको राजनीति गर्दैनौँ । वार्ता र आन्दोलनलाई सँगसँगै अगाडि बढाउँछौँ । दुवै मोर्चाबाट निकासको प्रयत्न गर्छौं । काङ्ग्रेस सहमति, सहकार्य र एकताका लागि सधैँ तयार छ । काङ्ग्रेस जहिले पनि मेलमिलापको पक्षमा छ ।
० तपाईंलाई प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गर्न लगाएर प्रचण्डले आफैँ इच्छा व्यक्त गर्नुभयो, तपाईंलाई धोका भएजस्तो लागेको छैन ?
– प्रचण्डले मलाई धोका दिएको होइन, उनले आफ्नो असली रूप देखाए । उनको असली रूप यस्तै षड्यन्त्रमूलक हो भन्ने कुरा प्रस्ट भएको छ । यसले एमाओवादी आफैँ गलत सावित भएको छ ।
० अबको निकास के त ?
– अबको निकास भनेको आन्दोलन, आन्दोलन र फेरि पनि आन्दोलन नै हो । हामी आन्दोलनको मोर्चामा होमिइसक्यौँ । अब आन्दोलनबाटै मुलुकले निकास पाउँछ ।
० तपाईंहरूको आन्दोलनको स्वरूप कस्तो हुन्छ ?
– हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । शान्तिपूर्ण आन्दोलनबाटै सरकार फाल्छौँ । हामीले हाम्रा भ्रातृ सङ्गठनहरूलाई समेत त्यसका लागि स्पष्ट निर्देशन दिएर तयारीका लागि पठाएका छौँ । अहिले लोकतन्त्र सङ्कटमा छ यो अवस्थामा सबै तह तप्का र लोकतन्त्रप्रति आस्थावान्हरूलाई म सडकमा आउन आह्वान गर्छु ।

११ माघ २०६९, बिहीबार ०७:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..