पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध यूवा, विद्यार्थीको आन्दोलन सुरु

काठमाडौ, १५ चैत ।  यसअघि भएका सहमति बेवास्ता गर्दै नेपाल आयल निगमले मंगलबारबाट गरेको पेट्रोलिय पदार्थको मुल्यबृद्धि विरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन सुरु गरेका छन् ।
१३ विद्यार्थी संगठनले औपचारिक रुपमा आन्दोलनको कुनै तयारी नगरे पनि प्रमुख विद्यार्थी संगठनहरु अनेरास्वीयू, नेविसंघ र यूवा संघ नेपालले आजबाट आन्दोलन सुरु गरेका छन् ।
यसक्रममा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्वीयू र यूवा संघ नेपालले आज अपरान्ह १ बजे राजधानीको प्रर्दशनीमार्गबाट विरोध सभा गरेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछ । अनेरास्वीयू अध्यक्ष माधव ढुङगेलले आज विरोध प्रर्दशन पछि चरणबद्ध आन्दोलनको कार्यक्रम त्यहीबाट घोषणा गर्ने र आगामि चैत १७ र १८ गते केन्द्रीय कमिटिको बैठक बसेर ब्यवस्थित रुपमा आन्दोलनको घोषणा गर्ने जानकारी दिए ।
नेपाल विद्यार्थी संघका नैनसिंह महरका अनुसार मूल्य बृद्धि फिर्ता लिन दबाब दिनका लागि पहिलो चरणका आन्दोलन अन्तर्गत मुलुक भरिका जिल्ला सदरमुकाम र क्याम्पसमा विरोध सभा र कालो झन्डा प्रदर्शन गरिने छ । साथै प्रमुख जिल्ला अधिकारी मार्फत मूल्यबृद्धि फिर्तालिन ज्ञापन पत्र बुझाइने पनि उनले बताए ।
यसअघि १३ विद्यार्थी संगठनसँग भएका सम्झौता कार्यान्वयन नगरेको, राज्य व्यापारिक योजना अनुसारमात्रै चलेको र जनताप्रति उत्तरदायी नरहेको भन्दै उनीहरु आन्दोलनमा जाने भएका हुन् ।

१५ चैत्र २०६८, बुधबार ०८:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..