हर्षिकाले देखाएको चलचित्रमा मात्र हेर्न पाइने

नेपाली सिनेमामा यतिबेला देखाउनेहरूको निकै चर्चा र हल्ला छ । कसले के देखाए ? कसरी देखाए वा कति देखाए ? यसको लेखाजोखा अहिले नगरौँ । तर, अर्की एउटी नयाँ नायिका पनि देखाउनतिर मरिहत्ते हाल्न खोजिरहेकी छिन् । उनी पनि भन्न थालेकी छिन्, ‘कसले के देखायो ? त्यो मलाई थाहा छैन, तर मैले भने गजवकै तरिकाले देखाएकी छु ।’ म्युजिक भिडियोमार्फत सिनेमा क्षेत्रमा आएकी यी देखाउने अभिनेत्री हुन्– हर्षिका श्रेष्ठ ।
त्यस्तो हल्लै हुने गरी के देखाइयो त ? जवाफमा हर्षिकाले थपिन्, ‘कुरा चलचित्र जंजिरको हो । ‘यो चलचित्रमा मैले के देखाएकी छु र मैले देखाएको त्यो कुरा हेर्न त चलचित्र नै हेर्न आउनुपर्छ नि । अहिलेलाई गोप्य नै राखौँ’, हर्षिकाले भनिन् ।
शोभित बस्नेतको निर्देशन र करण श्रेष्ठको निर्माण रहेको यो चलचित्रमा सुन्नमा आएअनुसार हर्षिकाले भल्गर दृश्य त देखाएकी छैनन् रे । तै पनि उनले देखाएको बारेमा बजार हल्ला निकै गरम भइरहेको छ । हामीले पनि यसको युनिटसँग बुझ्ने प्रयास ग¥यौं । ‘अश्लील र भल्गर होइन तर त्यो भन्दा पनि गजब देखाएकी छिन् हर्षिकाले । यस कारणले पनि हामी उनको फ्यान बन्न पुग्यौँ । उनले के देखाइन् ? त्योचाहिँ पछि नै भनौँला,’ निर्माता श्रेष्ठले भने ।

१ माघ २०६९, सोमबार १७:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..