दश जना भारतीयलाई मोटो रकम लिएर नागरिकता वितरण

अम्बा दत्त तिवारी, कञ्चनपुर १४ चैत । दश जना भारतीय नागरिकहरुलाई मोटो रकम लिएर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नेपाली नागरिकता दिएको खुलासा भएको छ ।  २०६३ मा नगरपालीकाले सिफारिस गरेका ५६ जना मध्ये १० जना भारतीय नागरीकहरुलाई कुनै जाँबुझ नै नगरी झण्डै पाँच वर्षपछि प्रसाशनले नागरीकता वितरण गरेको हो ।
प्रसाशनले भारतीय नागरीकहरुबाट जनही तीनलाख रकम लिएर जन्मसिद्धको आधारमा भनदै नागरीकता वितरण गरेको स्रोतले जनाएको छ । प्रसाशनमा आवेदन दिएका भारतीय नागरीकहरुले पटक पटक नागरीकताका माग गर्दै आएका थिए । भीमदत्त नगरपालीका–४ का सचिव हिरासिंह ठकुराठिले पाँच वर्ष अघि सिफारिस गरिएकालाई कुन आधारमा नागरीकता दिएको हो त्यो आफुले पनि बुझ्न नसकेको बताए । सचिव ठकुराठीले भारतीय नागरीकहरुलाई नागरीकता कसरी दिईयो कुनै जानकारी नपाएको बताए ।
प्रसाशनले नागरीकता विधेयक ऐन २०६३ अनुसार २०६३ मंसिर दश देखि २०६५ मंसिर नौ सम्म प्रमाण पु¥याई आएकालाई नागरीकता दिएको भनेपनि सिफारिस भएको पाँच वर्षपछि एक्कासी नागरीकता वितण गरिएपछि आशंका उब्जेको छ । प्रसाशनले भारतीय नागरीकहरु हिमांशु लखेरा, अनिल हरिजन, विजय जैशवाल, सचिन लखेरा, दिपक गुप्ता, रुपकिसोर गुप्ता, विपिनकुमार देवल, रामेश्वरदयाल गुप्ता, कृष्ण अवतार देवल रअश्विनकुमार लखेरालाई नागरीकता वितरण गरेको हो ।
जिल्ला प्रसाशन कार्यालयले २०६३ मा नागरीकता वितरण गर्ने तयारी गरेपनि स्थानिय राजनीतिक दलको चर्काे विरोधका कारण त्यसबेला नागरीकता वितरण हुन सकेको थिएन ।
२०६३ पछि कञ्चनपुरमा हीमनाथ दवाडी, महेश्वर न्योपाने, बुद्धिबहादुर खडका लगायतका चार जना प्रमुख जिल्ला अधिकारी आएपनि उनीहरुले नागरीकता वितरण गर्न सकेका थिएनन् तर पटक पटक विवादमा देखिने प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले कञ्चनपुर आएको एक वर्ष नबित्दै अबैध रुपमा भारतीयहरुलाई नागरीकता दिएका छन् । प्रजिअ दहालले सिफारिस गरिएका अन्यलाई नागरिकता दिने प्रयास भईरहेको समेत बताए । प्रसाशनले अझै ४३ जनालाई नागरीकता दिने तयारी गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारीले जन्मसिद्धका आधारमा भारतीय नागरीकहरुलाई नागरीकता वितरण गर्न नसकिने भन्दै गृह मन्त्रालयको परिपत्र नमान्ने बरु राजिनामा समेत दिन तयार रहेको  भनेर सरुवा समेत खेप्नुपरेको झण्डै एक महिना पछि कञ्चनपुरमा भारतीय नागरीकहरुलाई नागरीकता वितरण गरिएको छ ।

१४ चैत्र २०६८, मंगलवार १७:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..