महन्थ ठाकुरबाहेक मोर्चाका सबै नेता लुटखसोट गर्न मस्त रहेको बर्खास्त मन्त्री दत्तको आरोप


काठमाडौ, १४ चैत । प्रधानमन्त्रीले सोमबार राती अकस्मात बर्खास्त गरेका कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तले  मधेसी मोर्चामा तमलोपाका अध्यक्ष महन्थ ठाकुरबाहेक सबै नेताहरु कुनै न कुनै बहानामा सत्तामा टिकेर मुलुकलाई लुटखसोट गर्न लागिपरेको आरोप लगाएका छन् । उनले सत्तामा टासिरहने यस्ता नेताहरुको भण्डाफोर गर्ने चेतावनी दिए ।
दत्तले प्रधानमन्त्री सत्ता टिकाउन अनैतिक रुपमा जे पनि खेल खेल्न तयार रहेको आरोप लगाउँदै मधेसी मोर्चाका चार अध्यक्षलाई खुसी पारेर प्रधानमन्त्री आफ्नो सत्ता टिकाउने खेलमा लागेको दावी गरे ।
उनले बर्खास्ती पछि आफूलाई सार्वजनिक रुपमा नबोल्न पटक पटक धम्कि आईरहेको उल्लेख गर्दै जस्तो सुकै परिस्थितिमा पनि आफू अन्याय सहेर नबस्ने स्पष्ट पारे ।
उनले प्रधानमन्त्रीमा क्षमता, अनुभवको कमिका साथै निरिह रहेको भन्दै मधेसी नेताहरुको चरित्र हत्या गरेर समाप्त गर्ने षडयन्त्रमा लागेको आरोप समेत लगाए ।
उनले आफू बर्खास्तमा परे पनि शान्ति र संविधानकालागी दुई महिनामात्र रहेको अवस्थामा सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा दत्तले भने–शान्ति र संविधानको काम पुरा गर्न दुई महिनामात्र समय बाँकी रहेको अवस्थामा सरकार ढाल्न लागेर म बदनामीको भागिदारी बन्न चाहन्न ।
उनले आफूलाई सफाईको लागी एक मिनेट पनि समय नदिई बर्खास्त गरेको गुनासो गर्दै सफाईको मौका दिएको भए आफै राजिनामा दिने तयारीमा रहेको खुलासा गरे । उनले भने–प्रधानमन्त्रीले अबैधानिक रुपमा मलाई बर्खास्त गर्न लागेको थाहा पाएर मैले प्रधानमन्त्रीलाई सफाईको मौका दिनुस भनेको थिए तर मौका नै नदिई हटाउनुभयो । दत्तले आफूलले बार्खास्त भनिएकोमा राजिनामा दिएर त्यसलाई सच्याउन चाहेको भन्दै यति भईसकेपछि पदमा बसिरहने आफ्नो कुनै चाहना नभएको दावी गरे ।
उनले संसदीय दलको नेताको अनुपस्थितिमा उपनेताले संसदीय दलको बैठक बोलाउनु पर्नेमा अवैद्य रुपमा बैठक बसेर आफूलाई हटाएको भन्दै संसदीय दलको नेता चयन गर्न पार्टीले निर्वाचन मण्डल गठन गर्नु पर्नेमा त्यो समेत नगरी संसदीय दलको नेता चयन गरिएको समेत बताए ।
पार्टी भईरहेको षडयन्त्र र अबैद्य कामको विरुद्ध आफूहरु पार्टीको केन्द्रीय कमिटिको बैठक बोलाउने तयारीमा लागेको समेत साक्षात्कार बताएका थिए । पार्टी अध्यक्ष जेपी गुप्ता जेल गएको तीन दिनदेखिनै आफू विरुद्ध षडयन्त्र सुरु भएको दावी गर्दै अहिले मन्त्री पदको लागी पार्टी भित्र ठूलो सौदावाजी भईरहेकोले त्यसको गंभिर अनुसन्धान गर्न अख्तियारलाई आग्रह समेत उनले गरे ।
उनले बैद्यानिक ढंगले हटाएको भए उचित हुने तर्क गर्दै  टाउको गनेर गरिएको वर्खास्ती लोकतन्त्रको मान्यता विरुद्ध भएको टिप्पणी समेत गरे ।

१४ चैत्र २०६८, मंगलवार १६:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..