राष्ट्रनिर्माताको जन्मजयन्तीमाथि उपहास नगर ! :: दीर्घराज प्रसाई

प्रातःस्मरणीय राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपाल र नेपाली जनताका विभूति हुन् । पृथ्वीनारायण शाहबाट विक्रम संवत् १८२५ अर्थात सन् १७६८ मा काठमाण्डौं उपत्यका विजय गरेर विशाल नेपालको सिर्जना गरिएको समय भन्दा १०० बर्षपछि सन् १८६८ मा टुक्रा–टक्रामा विभाजित जर्मन, इटाली एकीकरणमा जुटेका थिए । सन् १८६८ अगाडि जापान सोगुनहरुको जहानीया शासनबाट ग्रसित थियो । सन् १८६८मा मेजी रेष्टुरेसनको नाममा राजा र जनताको प्रयासमा जापानले खुला बाटो लियो । नेपालको एकीकरण भइसकेपछि पनि फ्रान्स निरंकुश राजतन्त्रबाट थिचिएको थियो । अमेरिका बेलायती उपनिषेदबाट जकडिएको थियो । यस्ता कैयौं देशहरु अन्धकारमा रहेकाबेला पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर यो क्षेत्रको अस्मिता बचाउने काम गरेका हुन् । अंग्रेजले यसक्षेत्रलाई आफ्नो कब्जामा लिएर यहाँका पहिचानहरु चकनाचुर पारी आफ्नो साम्राज्य स्थापना गर्न लागिरहेको अवस्थामा सूर्य र चन्द्रमाको झण्डा फहराएर हिमवत्खण्डको मौलिकतालाई जोगाउनु सामान्य कुरा थिएन । तर दुःखको कुरा २०६३ सालको जनआन्दोलनपछि सिंहदरबार अगाडि र नुवाकोटमा रहेका पृथ्वीनारायण शाहको शालीक फोरियो । पौष २७ गते मनाइदै आएको राष्ट्रिय एकता दिवस पृथ्वी जयन्ती खारिज गरियो । यो देशभक्त नेपालीहरुको लागि ठूलो अपमान हो । राष्ट्रिय एकता दिवस र पोष २७ गते मनाउँदे आएको पृथ्वी जयन्तीलाई सरकारबाट तुरुन्त निरन्तरता दिने काम गरोस् ।
वि.स.१८०० मा पृथ्वीनारायण शाहले बनारस भ्रमण गरेकाबेला अंगे्रजले भारतीय परम्परा र संस्कृति ध्वस्त पार्दै भारतीय जनतालाई कुट्ने मार्ने र जहीतहीं लुटपिटहरु मच्चाउने,अनेकौं प्रकारले सताउने काम गरेको जानकारी पाएकाले अंग्रेजहरुले यसक्षेत्रमा कब्जा जमाए भने यस क्षेत्रको के हाल होला भन्ने कुराले उनलाई सताएको थियो । पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्नु भन्दा अगाडि यसक्षेत्रमा भएका अनेकौं साना राज्यहरुका जनता अत्यन्त निरंकुस शासनमा जकडिएका थिए । राज्यमा केही कुरामा उच्नीच भयो भने, कुनै पहुचवालाले पोल लगाई दियो भने काटिनु पर्ने र कोही छिरिक्क बोल्न नपाउने स्थिति थियो । हिमवतखण्डका साना राज्यहरुमा कुशासनको पराकाष्ठा नाघेको थियो । किर्तिपुरको विजयपछि पृथ्वीनारायण शाहबाट अत्यन्त शशंकित भएर कान्तिपुरका जयप्रकाशमल्लले अंगे्रजी फौजको सहायता मागे । अंगे्रजहरुलाई पनि ‘के खोज्छस् कानो– ‘आँखो’ भनेको जस्तो कप्तान किनलकको नेतृत्वमा२४०० अंगे्रज सेना जयप्रकाशको सहायतार्थ पठाउने काम गरे ।
त्यसबेला पृथ्वीनारायण शाहले –‘गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् । फिरङ्गी भनेको ब्वासो हो । जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो । तर फिरङ्ग भिनेको अर्कै हो’ तर जयप्रकाशले बुझ्न नसकेको भन्दै अंगे्रज फौजलाई लखेट्न सारा शक्ति प्रोत्साहित गराइएको थियो ।  यसलडाईमा सेनापति रामकृष्ण कुवर, रामचन्द्र प्रसाई, बंश गुरुङ,काजी बंशराज पाण्डे,वीरभद्र, जयनरायण मगर आदिहरुको संयुक्त प्रयासमा १६०० अंगे्रज फौजहरु मारिए र ८०० सेना लिएर कप्तान् किल्लक भागे । यसरी अंगे्रजहरुलाई लखेटेपछि काठमाण्डौं उपत्यका कब्जा गर्न पृथ्वीनारायण शाहलाई सजिलो भयो र वि.स.१८२५ असोजमा इन्द्रजात्राको दिन झयागल गुरुङको प्रयासमा रक्तपात बीना काठमाण्डौंको पनि विजय हासिल भएको थियो । यसरी नेपालको एकीकरण चार जात छत्तिस् बर्णका जात जातिहरुको संयुक्त प्रयासको प्रतिफल थियो । पूर्वतर्फ हिन्दुपति सेनवंशी राजवंशको आपसी झगडाले विस्थापित हुनलागेको अवस्थामा राई, लिम्बु किरातीहरुले अंगे्रजको उपस्थिति भन्दा हिन्दु राजाकैं संरक्षणलाई स्वीकारेकाले नेपालको सीमाना पूर्व टीष्टासम्म पुग्यो । सबै जातका सपुतहरुको सहयोगमा पृथ्वीनारायण शाहबाट थालनी भएको महायक्ष हो ।  तर अहिले राष्ट्रिय एकीकरणलाई कसैकसैले होच्याउने काम गर्ने गरेकाले टिष्टा र  कांगडासम्मको भूभागले हामीलार्इृ धिकार्दैछ ।
पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यका विजय गरेपछि क्रिस्चियन धर्म प्रचारक केपुचीनलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही रीसले पृथ्वीनारायण शाहलाई वद्नाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटेका थिए भनेर केपुचीन पादरीका झुटा र कपोलकल्पित कुरा लेखेर पृथ्वीनारायण शाहलाई वदनाम गर्न कतिपय अंगे्रजहरुले लेखेका थिए । तर त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् । १७ धार्नी नाक काट्दा कति जनसंख्या चाहिन्छ ? पृथ्वीनारायण शाहको नीति थियो कि एकीकृत राज्यका जनताको संरक्षण गर्नु । नाक काटिएको झूठा कुरालाई तीललाई पहाड बनाउने काम गरियो, अंगे्रजले पुस्तकमा लेखे । ती झुठा कुराहरु अहिले आएर केही जातीय र वामपन्थी नेताहरु ब्यूँताउन खोज्दैछन् ।
पृथ्वीनारायण शाहले पनि हिमवतखण्डको अस्मिता कायम राख्न साम, दान, दण्ड,भेदको नीति अक्तियार गरेर विशाल नेपालको सिर्जना गरेका हुन् । “जग्गा माथि रैतीको अधिकार” भन्ने पृथ्वीनारायण शाहको नीतिले सबै राज्यहरुमा ठूलो प्रभाव परेको थियो । अर्कोतर्फ नेपालको एकीकरणपछि सबै राज्यका जातजातिहरुको रीतिथिति,संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिको रुपमा ग्रहण गराइयो । अनेकौं जातीय भाषाहरुको बीचमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझा भाषाको रुपमा राज्यको सरकारी भाषाकोरुपमा स्वतः रुपान्तरहुँदा नेपालको राष्ट्रिय एकतामा  थप बल पुग्नगयो । एकीकृत नेपालको पूर्व र पश्चिमका सबै सानाराज्यहरु हिन्दु र वौद्ध धर्मका अनुयाई भएकाले नेपालको एकीकरणमा थप सहयोग पुग्न गएको थियो । राजकुमार राई लेख्छन्–‘ जातीय र उैतिहासिक आधार भन्दै राज्यको कल्पना गर्न थालियो भने देश बरबादीमा जानेछ । पृथ्वीनारायण शाहको शासन गर्ने महत्वाकाँक्षाले नेपाल जन्म्यो तर उनले कसैलाई यो भाषा लेख्न, पढ्न या बोल्न बर्जित गरेनन् । कसेका साँस्कृतिक अधिकार माथि बन्देज लगाएनन् । राष्ट्रिय स्वाभिमान कति प्यारो हुँदोरहेछ भन्ने कुरा ईशा पूर्व ४६ बर्ष अगाडि मिश्रकी महान सुन्दरी ‘किलोप्याट्रा’जसलाई अझसम्म इतिहासमा बेस्याको रुपमा हेर्ने गरिन्छ । तर तिनै किलोप्यट्राले रोम सामाज्यको अधिनमा रहेको उसबेलाको मिश्रलाई स्वतन्त्र गराउन शक्तिशाली सम्राट जुलियस् सिजारसँग प्रेमको अभिनय गरी, जुलियस् सिजारको भित्रिनी भएर मिश्रलाई रोम सम्राज्यबाट पृथक राखेर सार्वभौमसत्तासम्पन्न मिश्र देशकी महारानी बनेर विश्वमा राष्ट्रिय स्वाभिमानको उदाहरण बनिन् । राष्ट्रिय सावैभौमसत्ताको कुरा यत्ति गहिरो हुन्छ ।
तर २०६३ सालको जनआन्दोलनपछि नेपालको राष्ट्रियतालाई कसरी सुदृढ बनाउने हो भन्नेतर्फ ध्यान नदिएर नेपालका स्थापित मान्यता समाप्त गर्ने, विश्वको एकमात्र हिन्दु राज्यलाई हटाएर हिन्दु तथा बौद्धको पहिचान समाप्तगर्दै इसाईकरण गर्ने, राष्ट्रिय एकता दिवस हटाउने, राष्ट्रनिर्माताको जन्मजयन्ती खारेज गर्ने जस्ता कार्यहरु विदेशीलाई खुस िपार्न दलका नेताहरु लागे । राष्ट्रियता र राष्ट्रिय एकताको भावना बीना कुनै पनि राजनीतिक पार्टी र नेताहरुको अस्तित्व कायम हुन सक्तैन । जातीयताको आधारित संकृर्ण राष्ट्रियताले नेपाल जोगिदैन । विदेशी हस्तक्षेप, जातीयता र क्षेत्रीयताका नाराले नेपाललाई अफगानिस्थानको हालतमा पु¥याउन खोज्नेहरुदेखि होसियार हुनुपर्ने अत्यावश्यक छ । देश सबैको साझा हो । यो देशको विखण्डनमा कस्ले उचालिरहेकोछ भन्ने कुरा यहाँका राजनीतिक दलका नेता खासगरेर माओवादीहरुले बुझुन् । यस्ता गल्ती गरेर हामी कसैले आत्मघाती काम नगरौं । हाम्रा मान्यताहरु सिद्धिएपछि भोलिको दिनमा हामी आफ्नै देशमा शरणार्थी बन्न सक्छौं । नेपालीहरुलाई राष्ट्रियताको डोरीले कस्नसक्ने आधार स्तम्भहर यथावत रहिरहनु पर्छ । अतः नेपालका स्थापित मान्यताहरुलाई निरन्तरता दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्यउपदेश मात्र एकपटक हेरौं अनि थाहा हुन्छ– विश्वका प्रसिद्ध नायकहरु भन्दा प्रातःस्मरणीय पृथ्वीनारायण शाहको प्रतिष्ठा कति माथि छ ।
dirgharajprasai@ gmail.com

२३ पुष २०६९, सोमबार ११:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका २८८ बिरामी थपिए, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौँ, २० जेठ । एकै दिन २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप २८८ जनामा संक्रमण..

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..