नांगिनुमा गर्व गर्ने नायिकाहरू

काठमाडौं । नेपाली चलचित्रले विस्तारै आफ्नो श्लीलता गुमाएको दर्शकको गुनासो छ। विगतमा सिनेमा नराम्रो भएका कारण नेपाली फिल्म हेर्न मन लाग्दैन भन्ने टिप्पणी दर्शकको हुन्थ्यो। आजकल नेपाली फिल्म अश्लील भएको कारण हेर्न नसकिने भयो भन्ने गुनासो सुनिन्छ ।
तथापि चलचित्रमा अभिनयभन्दा अंग प्रदर्शन गरेर सफल भइन्छ भन्ने भ्रमसहित नग्नताको परकाष्टासम्म पुग्ने नायिकाहरू यहाँ नभएका हैनन् । नग्नताकै प्रसंग उठाउूदा एकताका अभिनेत्री तुलसा सिलवालले कथाले मागे जति दिने क्रममा देखाउन कुनै कसर छाडिनन्। त्यसपछि उनलाई दर्शकले सधैंका लागि बाईबाई गरिदिए।
नांगिएर हिट हुन चाहेका तर असफल भएका थुप्रै नायिकाहरू नेपाली सिने उधोगमा छन्। अभिनेत्री रेखा थापा नेपाली चलचित्र वृत्तमा प्रवेश गर्दा उनले पनि अभिनयभन्दा नग्नतालाई महत्व दिएकी थिइन्। सोही कारण रेखा हैन ‘देखा थापा’को उपनामसमेत पाइन् उनले। तर रेखाले अंग प्रदर्शनसँगै अभिनयलाई महत्व दिइन्। आफ्नो अभिनयमा निखारता ल्याइन्। परिणामस्वरूप उनी लामो समयसम्म नेपाली चलचित्र वृत्तमा शीर्ष स्थानमा रहिरहिन्।
तर पछिल्लो समय केही नायिकाहरू भने अभिनय भन्दा नग्नताले टिक्ने कोसिसमा छन्। यस्तै अभिनेत्री हुन् सुष्मा कार्की। आफ्नो प्रेमी सुदर्शन थापाको सहयोगले मेरो लभ स्टोरी र मेरो एउटा साथी छ मा उनले अभिनय क्षमता उजागर गरिन्। प्रेमीको साथ टुटेपछि भने उनी सी ग्रेडका सिनेमातर्फ आकर्षित भइन्। चलचित्र लुटको उद्रेको चोली…गीतबाट आइटम डान्सरको रूपमा परिचित उनी पछिल्लो समय एकपछि अर्को गर्दै आइटम डान्समा सीमित भएकी छिन्।
स्तनमा सूर्यको टाटु बनाएर चर्चा पाएकी सुष्मा चलचित्र बिन्दास मा अंग प्रदर्शन गर्न कत्ति पनि कन्जुस्याइू गरिनन्। बिन्दासले सुष्मालाई प्रगतिको साटो अवगतितर्फ डोर्‍यायो। नग्नता पस्केर फिल्ममा सफल भइन्छ भन्ने मान्यता बोकेकी यी अभिनेत्रीले राम्रो फिल्म पाउन सकेकी छैनन्।
अर्की अभिनेत्री पूजना प्रधान एक दशकअघि चलचित्र हिरोबाट नग्नतालाई नै अूगालेर नेपाली फिल्ममा प्रवेश गरेकी हुन्। यसपछि एकपछि अर्को गर्दै थुप्रै सिनेमामा उनले नग्नताकै सहारा लिइन्। जय संगत भन्ने आध्यात्मिक संस्थामा आबद्ध भएपछि पूजना स्त्री बनेर जपतप ध्यानमा लागेकी उनको त्यो दिनचर्या पछिल्लो समयमा नाटक सावित भएको छ। जय संगत अभियानमा लाग्दा नग्नताको विरोधी नायिका पूजना प्रधान अहिले नेपाली फिल्ममा खुलेर नांगिन थालेकी छिन्।
बिन्दासकै निर्देशक राजु गिरीसँग अर्को फिल्म रक्षा मा अभिनय गरेकी पूजनाले सो फिल्ममा आफूलाई नंग्याउन कत्ति पनि कन्जुस्याइू गरेकी छैनन्। ‘दर्शकले पूजनाको शरीर हेर्न चाहन्छ भने मैले किन त्यसो नगर्ने।’ यस्तो प्रकारको प्रतिक्रिया सञ्चारमाध्यममा दिएकी यी अभिनेत्रीलाई फिल्म रक्षा मा आफू नांगिएकोमा कुनै पछुतो थिएन। तर उनको नग्न शैलीको फोटो फिल्म रक्षाको पोस्टरमा राखेपछि भने उनले आपत्ति जनाएको खबर सञ्चारमाध्यममा आयो। चलचित्र रक्षा लाई चर्चामा ल्याउन निर्देशक राजु गिरी र नायिका पूजना प्रधानले योजनाबद्ध रूपमा पोस्टरमा नग्न तस्बिर राखेर विवादको नाटक गरेको भन्ने समाचार पनि बाहिर आउन थालेका छन्।
नायिकालाई नंग्याएर सिनेमा चलाउने निर्देशक मानिएका राजु गिरीकै फिल्म खेलेको कारण नायिका सुष्मा कार्की आजकल राम्रा फिल्मविहीन भएकी छिन्। लामो समयपछि फिल्ममा फर्किएकी नायिका पूजनाले पनि राम्रो फिल्म नपाएपछि चर्चामा आउन नग्नताको बाटो अंगालेकी छिन्। उनले अंगालेको यो नग्नताले पूजनालाई पनि सुष्माजस्तै पतन नबनाउला भन्न सकिन्न।
आफूलाई हट गर्ल भन्न रुचाउने अर्की नायिका जिया केसी पनि सिनेमामा नांगिन रुचाउने युवती हुन्। चलचित्रमा कथाले माग जति दिन पछि नपर्ने यी अभिनेत्रीले अंग प्रदर्शनमा कन्जुस्यार्इं नगरेकै कारण फिल्म एटीएम प्रदर्शनमा रोक लाग्यो। यस फिल्ममा उनले आफ्नो स्तनसमेत नायक दिनेश थापालाई समात्ने छुट दिएकी थिइन्, जुन दृश्य नेपाली सिनेमाकै अहिलेसम्मकै घृणित दृश्य मानिन्छ। कहिले महिला समलिंगी हुँ त कहिले भुवन केसीलाई प्रेम गर्छु भनेर सस्तो चर्चा कमाउने यी नायिकाले पनि एटीएमकै कारण गतिलो फिल्ममा काम पाउन छाडेकी छिन्। नग्नतामा विश्वास गर्ने यी नायिकाले रीम विश्वकर्मा निर्देशित एक नयाँ फिल्ममा त एटीएमलाई पछि पार्ने गरी अंग प्रदर्शन गरेको बताएकी छिन्। अंग प्रदर्शनकै कारण एटीएम बन्देज भएको अवस्थामा त्यसलाई पनि ओझेलमा पार्ने गरी आफूले अर्को फिल्ममा अंग प्रदर्शन गरेको बताउने यी नायिका अभिनय क्षमतामा भने जिरो छिन्। उनको अहिलेसम्म एउटा पनि गतिलो सिनेमा दर्शक माझ आएको छैन। अंग प्रदर्शन गरेर उनले कहिलेसम्म फिल्म पाउूछिन्, त्यो भने हेर्न बाँकी छ।
नेपाली सिनेमालाई सी ग्रेडको फिल्ममा रूपान्तर गर्न उद्धत अरू पनि केही नायिका नभएका होइनन्। अंग प्रदर्शन गर्दै अश्लील हाउभाउ देखाएर सफल भइन्छ भन्ने सोच भएका नायिकाको कारण निर्देशकले फिल्ममा कलाकारिताको ठाउूमा प्रशस्त नग्नता प्रस्तुत गर्न पाएका छन्। जसका कारण दर्शक परिवारसँग हलमा जान छाडेका छन्। तुलसा सिलवालजस्तै नग्नतामा विश्वास गर्ने पूजना प्रधान, जिया केसीहरूलाई पनि भोलि दर्शकले नै बहिष्कार गरेको खण्डमा अचम्म मान्नु नपर्ला।

१७ पुष २०६९, मंगलवार ००:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..