कांग्रेस जाग्न र जगाउन थाल्यो–२ -केदार सुवेदी (चर्चित प्रंसग)

नेपाली कांग्रेसले करिब दुई हप्ताका बीचमा २५ जिल्लाका १०५ वटा निर्वाचन क्षेत्रसम्म आफ्नो गति विस्तार गर्न भ्यायो। नेपाली कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पूर्वी तराईको इटहरी र मध्यतराईको वीरगन्जमा गरी दु्रत–अभिमुखीकरण कार्यक्रमअन्तर्गत जिल्ला प्रवेशको यो क्रम चलेको हो। प्रतिष्ठानको यो कार्यक्रमलाई चार हप्ताभित्रको समयमा देशव्यापी बनाउने योजना थियो। पहिलो चरण इटहरीमा सम्पन्न भएपछि त्यसकै अनुभव र प्रेरणाका आधारमा जनकपुर र नारायणी अञ्चलका नौवटा जिल्ला र ४९ निर्वाचन क्षेत्र समेटिएको वीरगन्ज, सुदूरपश्चिमका सबै जिल्ला र निर्वाचन क्षेत्र समेटिएको धनगढी र मध्यमाञ्चलका जिल्ला र क्षेत्र समेटिएको मध्यपश्चिम नेपालगन्जमा चैत्र १३ सम्म यस्ता कार्यक्रम सम्पन्न गर्ने गरी तय भइसकेको थियो। तर यहीबीच वरिष्ठ नेता शेरबहादुर देउवा आफ्नो पिताको आशौचमा बस्न पर्योक र पश्चिमतर्फका कार्यक्रम उहाँको अनुपस्थितिमा गराउन प्रतिष्ठानले चाहेन र तत्कालका लागि यो गति रोकियो। देउवा आशौच मुक्त भएलगत्तै यी ठाउँमा पूर्व निर्धारित प्रक्रियाबमोजिम नै कार्यक्रम सम्पन्न हुनेछन्। प्रतिष्ठानले सो कुरा जनाएको हो।
कार्यक्रमको आकर्षण

इटहरीदेखि वीरगन्जसम्म आइपुग्दा करिब पाँच सयको हाराहारीमा प्रतिनिधिमूलक कार्यकर्ताको सहभागिता रह्यो। यो कार्यक्रममा केन्द्रभन्दा स्थानीय तहमा आफ्ना कार्यकर्ताहरूले पार्टीबाट के कुराको अपेक्षा गरेका छन्, उनीहरूले जानकारी लिन खोजेका विषय के के हुन् तिनलाई कसरी समेट्दा पार्टीको नीति निर्माणमा तल्लो तहसम्मको सहभागिता रहेको महसुस गराउन सकिन्छ भन्ने उद्देश्य यो कार्यक्रमको थियो। राज्यपुुुनर्संरचता र शान्तिप्रक्रियाको अवस्थाबारे जानकारी गराउने र कार्यकर्ताहरूको प्रशिक्षकको महत्व बुझाउने यो कार्यक्रममका प्रमुख विषय रहे। त्यसकारण पनि यसलाई दुवै ठाउँका सहभागीहरूले अत्यन्त रुचिका साथ लिए। सहभागीहरूले प्रकट गरेका जिज्ञासा, जिल्ला सभापतिहरूले मन्तव्यमार्फत व्यक्त गरेका अवधारणा र सामूहिक छलफलबाट निकालिएका निष्कर्षहरूले नेपाली कांग्रेसका कार्यकर्ता देशका जल्दाबल्दा विषयमा समान धारणा राख्दा रहेछन्् भन्ने कम्तीमा यी दुई कार्यक्रमले प्रष्ट पारे।

वीरगन्जको कार्यक्रममा रामेछाप जिल्लालाई सहभागी गराइएको थिएन। त्यसलाई मध्यमाञ्चलस्तरीय अर्को राजधानीमा हुने कार्यक्रममा सहभागी जनाउन छाडिएको थियो। तर त्यो जिल्ला मधेस क्षेत्रसँग बसेर छलफल गर्न चाहँदो रहेछ्। राज्यपुनर्संरचना मात्र होइन मधेस पहाडकाहरू एक ठाउँमा बस्दाको निष्कर्ष आउँदो रहेछ भन्ने जिज्ञासाले यसो गराएको बुझियो। वीरगन्जमा सम्पन्न यो भेलामा त्यसकारण रामेछाप आफ्नै सहभागी भयो र उसलाई आमन्त्रितका रूपमा ग्रहण गरियो। जिल्ला सभापतिले भनेपछि यहाँ नआएको भए एउटा अवसर गुम्ने रहेछ।

व्यक्तिगत पहिचानको फारम

प्रतिष्ठानले अभिमुखीकरण कार्यक्रम तर्जुमा गर्दा कार्यकर्ताहरूको व्यक्तिगत क्षमता बुझ्ने विशेष प्रकारको व्यवस्था गरेको थियो। एउटा कार्यकर्ताले आफूभित्र के कुरामा दक्षता प्राप्त छ भन्ने नेतृत्वले नबुझेको भन्ने महसुस गरिरहेको अवस्थामा यो अभिमुखीकरणले त्यसैलाई मुखरित हुने अवसर दिएको थियो। नेताहरूको सम्झनामाबाहेक कार्यकर्ताको क्षमता पहिचानसम्बन्धी सम्भवतः नेपाली कांग्रेसमा त्यसलाई एउटा अभिलेख नै बनाउने यो पहिलो घटना होला। यसमा कार्यकर्ताले के कुरामा प्रशिक्षण खोजिरहेका छन् र उनीहरू आफं पनि कुन कुरामा दक्षता राख्छन् भन्ने स्पष्ट हुन र त्यसलाई सधैंका लागि पार्टी केन्द्रीय कार्यालयमा अभिलेख राख्न खोजिएको भन्ने आफैं झल्किन्छ। त्यो फारमको नमुनाः

खण्ड १: पार्टी प्रशिक्षणसम्बन्धी

१. नेपाली कांग्रेसका कार्यकर्तालाई तत्काल प्रशिक्षण दिनुपर्ने स्थानीय महत्वका विषयहरू के–के हुन्? प्राथमिकताअनुसार राख्नुहोस्।

२. स्थानीय तहसम्मै प्रशिक्षणलाई प्रभावकारी बनाउन के–के गर्नुपर्ला?

३. पार्टी प्रशिक्षण सम्बन्धमा थप कुनै सुझाव छ? छ भने लेख्नुहोस्।

खण्ड २: प्रशिक्षार्थी एवं प्रशिक्षण विधिसम्बन्धी

१. नेपाली कांग्रेसका नेता/कार्यकर्तालाई क्षमता अभिवृद्धि कुन–कुन प्रकारको तालिमको आवश्यकता देख्नुहुन्छ?

(क) सहजीकरणसम्बन्धी (ख) पार्टी नीति तथा कार्यक्रम (ग) नेतृत्व विकास (घ) कार्यालय तथा अर्थ व्यवस्थापन (ङ) उद्घोषक तालिम (च) माथिका सबै (छ) अरू कुनै (उल्लेख गर्नुहोस््)

२. कस्तो प्रकारको तालिम विधि उपयुक्त हुन्छ?

(क) औपचारिक तालिम विधि (ख) दूर शिक्षा विधि (ग) स्वअध्ययन विधि (घ) कार्यमूलक सहभागिता विधि (ङ) अन्य कुनै (उल्लेख गर्नुहोस्)

३. निम्नानुसारको सीप वा विषयमा तपाईंमा कुन स्तरको व्यक्तिगत क्षमता छ? आफ्नो मूल्यांकन आफैं गर्नोस्। (क) तालिम सहजकर्तासम्बन्धी सीप (ख) नेपाली कांग्रेसको परिचय तथा आधारभूत सिद्धान्त (ग) पार्टी नीति तथा कार्यक्रम (घ) नेतृत्वकला (ङ) कार्यालय तथा अर्थ व्यवस्थापन सीप (च) उद्घोषण कला (छ) अन्य कुनै

ध्यान दिनुपर्ने केही कुरा

? मधेसवादी दलहरूले राज्यपुनर्संरचनामा मधेसबाहेक अन्य कतै पनि राज्य कस्तो हुनुपर्छ भन्ने खाका दिएका छैनन्।

? नेपाली कांग्रेसले संघीयताबारे २००९ मा नै सुरु गरेको थियो। त्यसमा राजाले बखेडा झिकेर बिथोल्न खोजे। कांग्रेसको यो प्रयास कार्यान्वयन हुने देखेर नै २०१७ को घटना रचाइयो।

? संविधानसभामा संघीयताका बारेमा सबैभन्दा पहिले लिखित सुझाव दिने दल नेपाली कांग्रेसमात्रै हो। अरू दलले मौखिक रूपमा भनेका थिए भने नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले लिखित रूपमा नै बुझाउनुभएको थियो।

नेपाली कांग्रेसका कार्यकर्ता जहाँ जो पुगेका छन्, अझ भेला सम्मेलन आदि कम्तीमा त्यो ठाउँमा नेपाली कांग्रेससँग जोडिएका ऐतिहासिक महत्वका कुराबारे न्यूनतम जानकारी राख्नैपर्छ।

? नेपाली कांग्रेसले विकास निर्माणका लागि खडा गरेको जग र त्यसले स्थापना गरेका कुरा नै आज उपभोगमा आइरहेका छन्। अतः कांग्रेसले आफूले गरेको काम निर्धक्कसाथ भन्न सक्नुपर्छ।

? मधेसका जनता लोकतन्त्रवादी छन्। तर उनीहरू कांग्रेस हुँ भन्न सकिरहेका छैनन्। यही ठाउँमा अरूले खेलेका छन्। अब अरूले खेलेको यो मैदान हटाएर मधेसमा लोकतन्त्रलाई स्थापित गर्नुपर्छ।

? मधेस जाति समुदाय नभएर एउटा सिंगो क्षेत्र हो। यसभित्र अन्यत्र जस्तै धेरै जातजाति वर्ग र समुदाय छन्।

नेपाली कांग्रेस संसद्मा जम्मा ११४ सिटमा छ तर यसले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ। राष्ट्रपति यसले नै बनायो। सेनामा आक्रमण गर्न खोज्दा यसले नै रोक्यो। आस्थाको केन्द्र पशुपतिमा प्रहार हुँदा यही अघि सरेर माओवादीलाई असफल तुल्यायो।

? नेपाली कांग्रेस शासनमा सबैको सहभागिता होस् भन्ने चाहन्छ। माओवादीसहितका दलहरू सबजनाको सर्वोच्चता हुनुपर्छ भनिरहेका छन्।

कांग्रेसमा प्रशिक्षणको आवश्यकता र महत्त्व

प्रशिक्षणको आवश्यकता र महत्व

रुरुवैचारिक धारलाई प्रखर बनाइ रहनुपर्ने,

रुरुविचारको राजनीति गर्ने पार्टीलाई नै वैचारिक स्पष्टता र एकरूपताको जरुरी,

रुरुनेपाली कांग्रेसको हतियार भनेकै स्पष्ट नीति, सिद्धान्त र रुविचार,

रुरुकेन्द्रदेखि गाउा तहका पार्टी सदस्यहरूलाई पार्टीको

रुरुऐतिहासिक गौरव र समय सान्दर्भिकताका बारे बोध गराउने प्रभावकारी माध्यम,

रुरुपार्टीले गरेका राम्रा कामको प्रचारप्रसारलाई नियमित र प्रभावकारी ढंगले सम्प्रेषण गरिरहनुपर्ने,

रुरुसंगठनभित्रका विविध कमजोरीहरूको निराकरणमा प्रशिक्षणको सकारात्मक भूमिका हुने,

रुरुव्यक्तिमा विद्यमान प्रवृत्तिगत समस्याहरू सुधार

गर्न/धारणा परिवर्तनमा सहयोग पुग्दछ।

रुरुराजनीतिलाई भोगवादी हैन त्यागवादी, विचार, सिद्धान्तरुर आदर्शमा आधारित बनाउन सहयोग पुग्दछ।

विभिन्न जिल्लामा सञ्चालित प्रशिक्षण कार्यक्रमहरूमा सहभागीहरूवाट प्रकट भएका कांग्रेस कमजोर देखिनुका कारणहरूः

रुरुप्रशिक्षण नहुनु,

रुरुगुटबन्दी हुनु,

रुरुव्यक्तिवादी राजनीति हुनु,

रुरुनियमित बैठक र कार्यक्रमहरू नहुनु,

रुरुमूल्यांकन नहुनु,

रुरुनेतृत्व वर्ग केन्द्रमुखी हुनु,

रुरुनेता, कार्यकर्ता र शुभेच्छुकका बीच समन्वय नहुनु,

रुरुपार्टी सदस्यहरूलाई सुरक्षाको प्रत्याभूति नगरिनुलगायत देखिन्छ। रुयी सवै समस्याहरूको समाधान प्रशिक्षणवाट सम्भव हुन सक्दछ।

नेपाली कांग्रेसमा प्रशिक्षणः

रुरुप्रतिरक्षात्मक स्थितिवाट कार्यकर्तामा तत्परता, तर्कशीलता र आक्रमकता उत्पन्न गर्छ।

रुरुविचार–स्पष्टता र एकरूपता प्रशिक्षणले कायम गर्न सक्दछ।

रुरुविधानको अक्षरशः पालना गर्दै संस्थागत विकास र पार्टीमा आन्तरिक लोकतन्त्रको समुन्नत अभ्यास प्रशिक्षणबाट सम्भव हुन्छ।

रुरुठीक समयमा ठीक काम गर्न प्रशिक्षणले उत्प्रेरित गर्छ।

रुरुसंगठनका सवै संरचनाहरूको विधानअनुसार समयमै पूर्णता दिने,

रुरुनियमित बैठक बस्ने, बैठकले निर्णय गर्ने, निर्णय कार्यान्वयन हुने,रुनिर्णय कार्यान्वयन भए नभएको अर्को नियमित बैठकले समीक्षा गर्ने रुसूचक्र संगठनभित्र सुचारु गर्न प्रशिक्षणले उत्पे्ररित गर्नेछ।

रुरुकार्यकर्ताहरूलाई उचित जिम्मेवारी वााडफााड गर्दै काम र कार्यकर्ताको संयोजन र व्यवस्थापन गर्नु, सबै तहका कार्यालयहरूलाई चुस्त र प्रभावकारी बनाउन तथा अर्थ संकलन व्यवस्थापन र परिचालनलाई पारदर्शी बनाउन प्रशिक्षणले योगदान गर्दछ।

प्रशिक्षणसम्बन्धी व्यवस्था

रुरुनेपाली कांग्रेसको पछिल्लो पटक २०६६ मा संशोधित र परिमार्जित विधानअनुसार केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको धारा २७ मा व्यवस्था गरिएको छ।

रु प्रतिष्ठानको मुख्य काम

रुरुनीति र प्रशिक्षण प्रतिष्ठानको स्वरूप

रुरुप्रतिष्ठानमा उपसभापति पदेन– प्रमुख

रुरुकेन्द्रीय सदस्य पार्टीको उपयुक्त व्यक्तिहरूमध्येवाट– उपप्रमुख (नियमावलीको परिच्छेद ४ दफा २७ मा व्यवस्था भएअनुसार)

रुरुसम्बन्धित विषय क्षेत्रका ज्ञाता पार्टीका क्रियाशील सदस्यहरूमध्येवाट– २५ जना सदस्य,

(नियमावलीको परिच्छेद ४ दफा २७ मा व्यवस्था भए अनुसार)

रुरुसम्बन्धित विषयक्षेत्रका ज्ञाता पार्टीका क्रियाशील सदस्यहरूमध्येवाट– कार्यकारी निर्देशक

(नियमावलीको परिच्छेद ४ दफा २७ मा व्यवस्था भए अनुसार)

लक्ष्य

रुरुराष्ट्रियता, प्रजातन्त्र र समाजवाद साकार पार्ने।

रुरुलोकतान्त्रिक समाजवादी कार्यकर्ता तयार पार्ने,

रुरुनेपाली कांग्रेसलाई सफलताको दिशामा अघि बढाउने।

उद्देश्य

विधान, नियमावली र बाह्रांै महाधिवेशनवाट पारित नीति र कार्यक्रम, संगठन सुदृढीकरणको कार्ययोजनाले दिशा निर्देश गरेबमोजीम मूलतः देहायका मुख्य तीन कामहरू प्रतिष्ठानले गर्नुपर्दछ।

१. अध्ययन, अनुसन्धानलाई सुचारु गर्दै पार्टीको नीति निर्माणमा सहयोग पुर्याढउने,

२. नियमित प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने,

३. नेतृत्व विकास, कार्यालय व्यवस्थापन र अर्थ व्यवस्थापनसाग सम्वन्धित तालिमहरू सञ्चालन गर्ने।

यी उद्देश्यहरू प्राप्त गर्न देहाएको कार्यक्रम, कार्ययोजना तोकिएको संरचनामार्फत सञ्चालन गर्नु उपयुक्त हुन सक्दछ–

१. प्रतिष्ठानले वर्षमा एकपटक केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने। तयार भएको प्रशिक्षकहरूलाई आवश्यकताअनुसार मातहतका निकायमा उपलब्ध गराउने,

२. विकास क्षेत्र स्तरमा प्रतिष्ठान आफैंले ६ महिनामा १ पटक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,

३. अञ्चल समन्वय समितिसाग समन्वय गरी वर्षमा कम्तीमा तीन पटक अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने,

४.जिल्ला प्रशिक्षण तथा समन्वय शाखाको व्यवस्थापनमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम तीन महिनामा एक पटक आयोजना गर्ने,

५. क्षेत्र, गाउा, नगर र वडा तहसम्म जिल्लामा रहेको प्रशिक्षण तथा समन्वय शाखाको जस्तै काम गर्ने गरी संरचना निर्माण गरी २ महिनामा १ पटक निर्वाचन क्षेत्रमा, १ महिनामा १ पटक गाउा र नगरमा र १५ दिनमा १ पटक वडाहरूमा प्रशिक्षण सञ्चालन गर्ने, विभिन्न निकायहरूको नियमित बैठक र कार्यक्रम प्रशिक्षण कार्यक्रमसाग तालमेल मिलाई गर्दा उपयुक्त हुन सक्दछ।

६. प्रतिष्ठानले आफ्नो उद्देश्य हासिल गर्नका लागि पार्टी केन्द्रीय समितिदेखि आवश्यक पर्ने अन्य निकायहरू, विभाग तथा समितिहरूमा आवश्यक समन्वय गर्नुपर्ने देखिन्छ।

७. सबै तहको आवश्यकता र अनुभवहरूलाई संश्लेषण गर्दै केन्द्रीय तहलाई नीति निर्माणमा सहयोग पुर्या उने, तय भइसकेको नीतिलाई मातहतका सबै तहमा सम्प्रेषण गर्दै आमजनमतलाई पार्टी प्रति आकर्षित गर्ने दायित्व पूरा गर्नुपर्दछ।

८. विज्ञ, शुभेच्छुकहरूको आवश्यकताअनुसार सहयोग लिनु पर्दछ।

अध्ययन, अनुसन्धान, तालिम र प्रशिक्षणका निम्ति सम्भावित विषयहरू

रुरुनेपाली कांग्रेसको इतिहास

रुरुनेपालको राजनीतिमा नेपाली कांग्रेस

रुरुकांग्रेससामु उपस्थित चुनौती

रुरुनेपालको आधुनिक राजनीतिको संस्थापक र सम्बाहक नेपाली कांग्रेस

रुरुसमसामयिक राजनीति र नेपाली कांग्रेस

रुरुसंघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र नेपाली कांग्रेस

रुरुसंविधान निर्माणमा नेपाली कांग्रेस

रुरुलोकतान्त्रिक संविधान र नेपाली कांग्रेस

रुरुशासकीय स्वरूप र संसदीय प्रणाली

रुरुराज्य पुनर्संरचना र संघीयता

रुरुलोकतान्त्रिक समाजवाद

संगठन सुदृढीकरण र व्यवस्थापन

कार्यालय व्यवस्थापन, बैठक सञ्चालन, माइन्युट लेखन, प्रभावकारी प्रेस विज्ञप्तिको लेखन, नेतृत्वमा आवश्यक पर्ने गुणहरू र नेतृत्व विकासका सूत्रहरू, कोष सञ्चालन र त्यसको पारदर्शिता प्रदर्शनमा अपनाउनुपर्ने तरिकाहरू आदि

स्थानीय निकायहरूमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन अपनाउनुपर्ने रणनीति

नेपालका अन्य राजनीतिक दलहरू र नेपाली कांग्रेस

कांग्रेसलाई लाग्ने गरेको आरोप र त्यसको वास्तविकता

सुन्दर, शान्त, समुन्नत र समृद्ध नेपालको खाका कोर्ने सन्दर्भमा नेपाली कांग्रेसको दृष्ट्रिकोण आदि।

(नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित पूर्वाञ्चलस्तरीय दु्रत अभिमुखीकरण कार्यक्रम इटहरी, सुनसरीमा बद्री पाण्डे, केन्द्रीय सदस्यद्वारा प्रस्तुत)

१३ चैत्र २०६८, सोमबार २०:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..