अब बैशाख–जेठमा कुनै हालतमा चुनाव हुँदैन :: शेखर कोइराला

० प्रधानमन्त्रीले यही सरकारमा काङ्ग्रेस आए सहमति गर्न सजिलो हुन्छ भन्नुभएको छ नि, के भन्नुहुन्छ ?
– उहाँले यो प्रस्ताव आज मात्रै ल्याएको होइन र नयाँ पनि होइन, यो प्रस्ताव उहाँले एमाओवादीभित्र र गठबन्धनभित्र पहिला नै राखिसक्नुभएको हो । यसमा नयाँ केही पनि छैन ।
० प्रधानमन्त्रीले नयाँ शिराबाट सहमतिको खोजी गर्न त्यस्तो प्रस्ताव राखेको दाबी गर्नुभएको छ नि त ?
– एउटा कुरा प्रस्ट हुनुपर्छ यहाँ, बाबुरामजीलाई ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन) चाहिने तर नेपाली काङ्ग्रेसलाई ग्रेसफुल इन्ट्री नचाहिने ? यस्तो पनि हुन्छ ?
० काङ्ग्रेस पहिला पनि एमाओवादीको नेतृत्वमा सरकारमा गएकै हो नि ?
– त्यसबेला संविधानसभा थियो । संविधान बनाएर नेपाली काङ्ग्रेसलाई सरकारको नेतृत्व दिने विषयमा उहाँहरूले हस्ताक्षरसहितको सहमति गर्नुभएको थियो । त्यो आधारमा हामी सरकारमा गएका थियौँ । अहिले त संविधान पनि बनेन, संविधानसभा पनि छैन, बाबुरामजी सर्वसत्तावादतिर हिँडिरहनुभएको छ । अनि कसरी जान सकिन्छ र ? बाबुरामजीले पछिल्लो समयमा लिखित प्रस्ताव काङ्ग्रेसलाई पठाउनुभएको छ । पत्र आइसकेपछि अब सभापतिले त्यस विषयमा पार्टीभित्र छलफल गराउनुहोला ।
० अब सम्भावना के छ ?
– प्रधानमन्त्रीले गल्ती गरिसक्नुभयो । मङ्सिर ७ गते नै उहाँले सत्ता हस्तान्तरण गर्नुपर्दथ्यो । उहाँ सत्ता छाड्ने मनस्थितिमा देखिनुहुन्न । नेपाली काङ्ग्रेस सधैं लड्दै आएको पार्टी हो । फेरि पनि लड्छ, अहिले मानिसलाई के प्रस्ट भइसकेको छ भने सत्ताका लागि काङ्ग्रेसले जे पनि मान्छ भन्ने कुरा सही होइन भनेर । सत्ताका लागि भए प्रधानमन्त्रीको प्रस्तावअनुसार अघि बढे भइहाल्यो ।
० त्यसो भए निर्वाचन हुन सक्दैन ?
– हो, वैशाख र जेठमा निर्वाचन अब हुन सक्दैन । आजै बाबुरामजीको सरकारमा गयौँ, केही पछि काङ्ग्रेसलाई नेतृत्व हस्तान्तरण गरे पनि निर्वाचनसम्बन्धी कानुन बनाउनुप¥यो । मतदाता परिचयपत्र चाहियो जुन अहिलेसम्म भएको छैन । यसमा मधेसी मोर्चाको अझै आपत्ति छ । स्वतन्त्र र भयरहित निर्वाचनका लागि नेपाली सेनाको आवश्यकता पर्छ । सेना परिचालनमा माओवादीले मान्दैन फेरि विवाद हुन्छ । त्यसैले अहिले जोसुकै प्रधानमन्त्री भए पनि निर्वाचन हुन सक्दैन ।
० संविधानसभाको निर्वाचन कहिले होला त ?
– अर्को वैशाख अर्थात् २०७१ सालको बैशाखमा मात्रै होला ।
० त्यसो भए अहिले किन प्रधानमन्त्री परिवर्तन गर्ने त ?
– मलाई लुकाएर गर्ने कुरा मन नै पर्दैन । पत्रकारहरू सहमति भयो भनेर सोध्नुहुन्छ त्यसमा नेताहरु ‘निकट छ, भयो’ भन्ने जवाफ दिन्छन्, तर फेरि पनि कहिल्यै सहमति हुँदैन । मलाई त लाज लागिसक्यो । अहिले देशमा निर्वाचन हुन्छ भनेर नभने पनि हुन्छ ।
० काङ्ग्रेसको नेतृत्वमा सरकार कहिलेसम्म बन्ला ?
– त्यो म भन्न सक्दिनँ । राष्ट्रपति फर्किनेबित्तिकै उहाँले केही कदम चाले त्यो भारतले गराएको भन्ने आरोप लाग्छ । त्यसपछि राष्ट्रपतिले प्रक्रियालाई सुस्त गर्नुहुन्छ । त्यसैले पनि चुनाव हुन सक्दैन । पहिला वैद्यजीहरूको अधिवेशन छ, त्यसपछि एमाओवादीको अधिवेशन छ, त्यो नसकिएसम्म बाबुरामजीले सरकार छाड्नुहुन्न । तर, पछि काङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार नबनी धरै छैन । स्वतन्त्र व्यक्तिको नेतृत्वमा हुने भए बेग्लै कुरा हो ।
० त्यसो भए अहिले सहमतिको सरकार बन्ने सम्भावना छैन ?
– म अहिले नै त्यो सम्भावना देख्दिनँ ।
० स्वतन्त्र व्यक्तित्वको नेतृत्वमा त सम्भव होला नि ?
– त्यो स्वीकार्न अब सम्भव छैन । एमाओवादी, एमाले र मधेसी मोर्चाले नेपाली काङ्ग्रेसले उमेदवार देऊ भने । त्यसपछि मात्रै हामीले उम्मेदवारी दिएका हौँ नि । हामीले त उम्मेदवारी रोकिरहेका थियौँ नि । अहिले आएर स्वतन्त्र व्यक्तिको नेतृत्व भनेर नेपाली काङ्ग्रेसको बेइज्जत गर्ने । त्यो मानिँदैन ।
० प्रचण्डजीले त प्रयास गरिरहेको छु भन्नुभएको छ नि ?
– उहाँका आफ्नै अप्ठ्याराहरू छन् त्यो हामीले बुझेका छौँ । यो निश्चित हो माओवादीको महाधिवेशनसम्म यो सरकार जाँदैन । अराजक सरकार अहिले चलिरहन्छ ।
० अब नेपाली काङ्ग्रेसको रणनीति के ?
– यो सरकारलाई असहयोग गर्नेबाहेक हामीसँग अर्को कुनै विकल्प छैन । वार्ता चलिरहन्छ, असहयोग पनि चलिरहन्छ ।

१० पुष २०६९, मंगलवार २२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..